बेनिघाट रोराङ गाउँपालिका

समाचार प्रभाव – सहयोग जुट्न थाल्यो संरक्षक गुमाएका बालबालिकाका लागि

वेनिघाटरोराङ- संरक्षक गुमाएपछि बिचल्लीमा परेका खानीगाउँका ८ बालबालिका शिर्षकको समाचार पढेर ति बालवालिकालाई सहयोग गर्न दाताहरु इच्छुक देखिएका छन । धादिङको वेनिघाटरोराङ गाउँपालिका वडा नम्बर ३ खानीगाउँ स्थित तीनकन्या वागेश्वरी आधारभूत बिद्यालयमा अध्ययनरत ८ जना बालवालिकाले भोगिरहेको कष्टकर अवस्थाका वारेमा २०७७ माघ १४ गते धादिङ..

भूमिसम्बन्धी समस्या समाधान आयोगको धादिङ जिल्ला अध्यक्षमा रामहरी अधिकारी बिज्ञ सदस्यमा सन्जय दुवाडी र सदस्यमा गंगादेवी श्रेष्ठ नियुक्त

धादिङ – भूमिसम्बन्धी समस्या समाधान आयोगको धादिङ लगायत देशका सबै जिल्लामा भूमिसम्बन्धी समस्या समाधानका लागि सरकारले  जिल्ला अध्यक्ष र अन्य सदस्यको मनोनयन गरेको छ । आयोगको धादिङ जिल्ला अध्यक्षमा रामहरी अधिकारी (मुलपानी) बिज्ञ सदस्यमा सन्जय दुवाडी ( ढोला) र सदस्यमा गंगादेवी श्रेष्ठ ( नीलकण्ठ) लाई नियुक्त गरिएको राजपत्रमा प्रकाशित..

संरक्षक गुमाएपछि बिचल्ली परे खानीगाउँका ८ बालबालिका

केशव अधिकारी खानीगाउँ (धादिङ) । मलिन अनुहार र मैलो देखिने एकसरो पातलो विद्यालय पोशाकमा हुन्छन् संधैभरी उनीहरू । साथीभाइसँग पनि धेरै बोल्दैनन्, पढाईमा भने ध्यान दिने गर्दछन् । माघको ठण्डीले कक्षा कोठामा चिसो महसुस गरिरहेका बालबालिका टिफिनको घण्टी बज्नासाथ कोठाबाट बाहिर निस्कन दौडधुप गर्दै थिए । सक्नेहरु दौडेर अरुलाई उछिन्दै आए,..

वाग्मती प्रदेश लोकसेवा आयोगले माग्यो १७४ अधिकृत स्तरका कर्मचारी

धादिङ-वाग्मती प्रदेशमा रहेका १३ जिल्लाका विभिन्न स्थानीय तहका लागि वागमती प्रदेश लोक सेवा आयोगले १७४ अधिकृतस्तरका कर्मचारी माग गरेको छ ।प्रदेश लोक सेवा आयोगले पहिलो पटक स्थानीय तहका लागि अधिकृत स्तरका कर्मचारीको बिज्ञापन खुलाएको हो ।   स्थानीय तहले माग गरेका आधारमा बिज्ञापन खुलाएको प्रदेश लोकसेवा आयोगका निमित्त सचिव भोला दाहालले..

प्रहरीबाट वेनिघाटरोराङमा अफिम खेती फँडानी

धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिकाको वडा नं १ स्थित विभिन्न गाउँमा लगाईएको प्रतिवन्धित अफिम खेती प्रहरीले फडानी गरेको छ । गाउँपालिकाको जरुङ, सिमटार र जयावा लगायतका स्थानमा अन्दाजी ३ सय ५० रोपनी जग्गामा लगाएको अफिम खेती प्रहरी टोलीले फडानी गरेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । अफिम फडानीको लागि जिल्ला प्रहरी कार्यालय..

सहुलियत कर्जाका लागि बेनिघाटरोराङ र मेगा बैंक बिच सम्झौता

बेनिघाटरोराङ- मेगा बैंक नेपाल लिमिटेडले वेनिघाटरोराङ गाउँपालिकाका विपन्नवर्ग, लघु, घरेलु, साना तथा मझौला उद्यमीहरुद्वारा संचालित उद्यम तथा व्यवसायलाई प्रवद्र्धन गर्न सहयोग गर्ने भएको छ । सहुलियत दरमा कर्जा लगानी गर्ने कार्यक्रमका लागि बेनीघाटरोराङ्ग गाउँपालिका, धादिङ उद्योग वाणिज्य संघ र मेगा क्यापिटल मार्केटससँग सम्झौता गरेको छ..

राजमार्गको छेउमा बस्ती, अनुमानमा तिर्छन विजुलीको विल

बेनिघाटरोराङ, २१ पुस -  घरघरमा पुगेर विजुलीकोमिटर रिडिङ गर्ने जिम्मेवारी पाएका कर्मचारीले लापरवाही गरिदिंदा धादिङको बेनीघाट–रोराङ गाउँपालिका–३ का वासिन्दा मनोमानी बिद्युत्त महसुल तिर्न वाध्य भएका छन् । ओर्बाङकी चमेली चेपाङले घरमा बिजुलीको मिटर जोडेको तीन वर्ष भयो । तर, अहिलेसम्म एकपटक पनि मिटररिडर घरमा आएका छैनन् । बरु..

सांसद भूमी त्रिपाठीद्वारा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम सार्वजनिक

धादिङ । धादिङ जिल्ला निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य भूमी त्रिपाठीले आर्थिक वर्ष २०७७/७८को स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत छनोट भएका योजना र बिनियोजित बजेट सार्वजनिक गर्नु भएको छ । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम ( सञ्चालन कार्यविधि) नियमावली २०७७ अनुसार कार्यक्रम परामर्श समिति र कार्यक्रम..

धादिङका पाँच स्थानीय तहमा अस्पताल शिलान्यास

धादिङ, १५ मंसिर । धादिङको पाँच वटा स्थानीय तहमा एकैदिन ५ वटा अस्पतालको शिलान्यास भएको छ । गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा नागरिकको पहुँच सुनिश्चित गर्ने उद्देश्यका साथ  धादिङ जिल्लाका पाँच वटा स्थानीय तहका साथै देशभरका विभिन्न ३ सय ९६ स्थानीय तहमा अस्पताल निर्माण गर्न लागिएको हो ।  चालू आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा..

धादिङमा एकै दिन ७१ जनामा कोरोना संक्रमण

धादिङ,२२ असोज । धादिङ जिल्लामा समुदाय स्तरमा कोरोना संक्रमण फैलिएको आशंका गरिएको छ । लक्षणनै नदेखिएका र कुनै ट्राभल हिस्ट्रि नभएका व्यक्तिहरु समेत धमाधम कोरोना संक्रमित देखिन थालेका छन् । विहीवार मात्रै धादिङ जिल्लाका ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नीलकण्ठ नगरपालिका भित्रका ३९ जना रहेका छन् । बाँकी खनियावास,ज्वालामुखी,..

सामुदायिक विद्यालयहरुको साझा प्रयास, सामुहिक अनलाइन कक्षा प्रारम्भ

धादिङ न्यूज, १६ असोज कोरोना भाइरसका को कारण विद्यार्थीहरुमा पर्नगएको शैक्षिक क्षतिलाई कमगर्न नेपाल राष्ट्रिय शिक्षक संगठनका राष्ट्रिय अध्यक्ष तथा सत्यवती मा.वि का प्रधानाध्यापक लक्ष्मण शर्माको परिकल्पनामा धादिङका विशेषगरी राजमार्ग क्षेत्रका सामुदायिक माध्यमिक विद्यालयहरुले सामुहिकरुपमा जुम एप मार्फत सामुहिक अनलाईन कक्षाको..

रावलडाँडाका अभिभावक र बिद्यार्थीलाई मास्क बितरण

कोरोना संक्रमणबाट बचाउन सचेतना जगाउने उद्धेश्यले वेनिघाट रोराङ गाउँपालिकाकोे रावलडाँडा आधारभूत बिद्यालयका अभिभावक बिद्यार्थी र शिक्षकलाई मास्क र हाईजिनिक किट बितरण गरिएको छ । लायन्स क्लब अफ नेपाल हाईलाईटको आयोजनामा रुमाहेदी फाउण्डेशन नेपाल र स्ट्रिचिङ प्रोजेक्शन नेपालले बिद्यालयका ७३ जना अभिभावक र बिद्यार्थीलाई संयुक्त रुपमा..

धादिङमा निषेधाज्ञा भदाै ९ गतेसम्म थप

 धादिङ ।  कोरोना संक्रमणको महामारी थप फैलन नदिन धादिङमा निषेधाज्ञालाई कडाई गरिने भएको छ । जिल्ला सुरक्षा समितिकाे बैठकले धादिङमा लगाईएकाे निषेधाज्ञा भदाै ९ गतेसम्मका लागि थप गरेको छ । साउन २८ गते जिल्ला प्रशासन कार्यालयले भदाै ३ गतेसम्म धादिङमा  निषेधाज्ञा जारी गरेको थियो । जिल्लामा कोभिड–१९ को महामारी समुदाय स्तरमा जान सक्ने..

धादिङमा सवारी दुर्घटना : पाँच वर्षमा ४१४ जनाले ज्यान गुमाए

 धादिङ : संघीय राजधानी काठमाडौंसँग देशका ६७ जिल्ला जोड्ने राष्ट्रिय राजमार्गको ८८ किलोमिटर खण्ड धादिङ जिल्लामा पर्दछ। धादिङ र चितवन जिल्लाको सीमा मौवा खोलादेखि नौबिसेसम्म ६७ किलोमिटर पृथ्वी राजमार्ग र नौबिसेदेखि झ्याप्ले खोलासम्म १२ किलोमिटर त्रिभुवन राजपथले काठमाडौं जोड्छ। त्रिभुवन राजपथकै नौबिसेदेखि हाप्सेचौरसम्म २० किलोमिटर..

गल्छीमा रहेको कर कार्यालय वन्द नहुने

गल्छीमा रहेको करदाता सेवा कार्यालय एक साताका लागि बन्द गर्न संकट व्यवस्थापन समितिले गरेको निर्णयलाई जिल्ला प्रशासन कार्यालयले सच्याएको छ । करदाताहरुले साउन मसान्त भित्रमा बुझाउनु पर्ने कर नबुझाएमा करदातालाई थप २५ प्रतिशत जरिवाना लाग्नुका साथै आन्तरिक राजस्व संकलनमा समेत प्रभाव पर्ने भन्दै जिल्ला प्रशासन कार्यालयले कर कार्यालय..

 

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad