बेनिघाट रोराङ गाउँपालिका

धादिङका स्थानीय तहको प्रशासनिक वर्गीकरण तीन वर्गमा

धादिङ – सरकारले देशभरका ७ सय ५३ वटै स्थानीय तहलाई वर्गीकरण गर्ने काम अन्तिम चरणमा पुर्‍याएको छ । राज्य पुनर्संरचनापछि पहिलो पटक स्थानीय तहको प्रशासनिक वर्गीकरण हुन लागेको हो । देशभरका स्थानीय तहलाई चार वर्गमा बाँडिएको भएपनि धादिङमा भने घ वर्गमा कुनै पनि स्थानीय तह परेका छैनन । अति नै दुर्गमलाई क, दुर्गमलाई ख, मध्यम ग र सुगमलाई घ वर्गमा..

चीनमा भएको ट्रेलरेसमा धादिङकी रसिलाले जितिन स्वर्ण

धादिङ, ८ पुस - पछिल्लो समयमा धादिङका खेलाडीहरुले राष्ट्रिय स्तरमा मात्रै होइन विदेशमा पुगेर समेत पदक जितेर किर्तिमानी राख्न थालेका छन । गएको शुक्रवार चिनमा सम्पन्न भएको ट्रेल रेस जितेर धादिङकी रसिला तामाङले नेपालको लागि स्वर्ण जितेकी छिन् । जियाओजी माउन्टेन क्रसिङ कम्पिटिसनमा तामाङले स्वर्ण जितेकी हुन् । २० वर्षीया रसिलाले निर्धारित..

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग निर्माणको तयारी शुरु

 काठमाडौँ। काठमाडौँ भित्रने सहज मार्गका रुपमा हेरिएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणको तयारी शुरु भएको छ । सुरुङमार्ग निर्माणको जिम्मेवारी पाएका जापानी निर्माण संस्था हाजमा आङ्दो कर्पोरेशनले निर्माणस्थल नजिकै कार्यालय स्थापना गर्ने, प्रविधि र जनशक्तिको व्यवस्थापनलगायतका काम अघि बढाएको हो । सडक विभागको समन्वयमा त्यस..

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गमा जग्गा अधिग्रहण हुन सकेन

धादिङ- नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणको तयारी भइरहँदा आवश्यक जग्गा अधिग्रहण हुन सकेको छैन । निर्माणाधीन सुरुङमार्गको धादिङतर्फको जग्गामा व्यक्तिको स्वामित्व पत्र नहुँदा अधिग्रहण गर्न नसकिएको हो । धादिङको धुनिबेँशी नगरपालिकामा झण्डै २५ रोपनी जग्गा अधिग्रहण गर्न समस्या रहेको सडक विभाग, विकास समन्वय कार्यन्वयन महाशाका..

स्कुटर चोरेर बिक्री गर्ने चार जना धादिङबाट पक्राउ

धादिङ,२९ कात्तिक । स्कुटर चोरी  गरि बिक्री गर्ने कार्यमा संलग्न रहेका चार जना लाई धादिङ प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ । स्कुटर चोरी गर्ने तथा चोरीका स्कुटर किन्ने कार्यमा संलग्न रहेको अभियोगमा धादिङको धुनिबेशी नगरपालिका-५ बाट बिहीबार उनिहरु पक्राउ परेका हुन् ।  पक्राउ परेका सबैलाई शुक्रबार जिल्ला प्रहरी कार्यालय धादिङमा..

सातौं धादिङ महोत्सव पुस ११ देखि २१ गते सम्म

धादिङबेसी -धादिङ उद्योग वाणिज्य संघले २०७६ पुस ११ देखि २१ गते सम्म सदरमुकाम धादिङबेसीमा ७ औं धादिङ महोत्सव–२०७६ को आयोजना गर्ने भएको छ ।कात्तिक १६ गते धादिङबेसीमा सम्पन्न भएको धादिङ उद्योग वाणिज्य संघको कार्य समिति बैठकले सातौं धादिङ महोत्सव आयोजना गर्ने निर्णय गरेको हो । कृषि, उद्योग, व्यापार, पर्यटन तथा जिल्लाको आर्थिक एवम सामाजिक..

धादिङमा छुट्टाछुट्टै दुर्घटना परि तीन जनाको मृत्यु

धादिङ, ९ कात्तिक - धादिङ जिल्लाको छुट्टाछुट्टै स्थानमा भएको दुर्घटनामा परि ३ जनाको ज्यान गएको छ । शनिवार बिहान जिल्लाको वेनिघाट रोराङ गाउँपालिकाको वडा नम्बर ३ मलेखु स्थित राजमार्ग सामुदायिक अस्पताल अगाडी मिनिट्रकले ठक्कर दिंदा एक जनाको ज्यान गएको छ । श्निवार विहान ७ वजे तिर राजमार्ग अस्पताल अगाडी पार्किङ गरेको स्थान बाट मुल सडकमा..

भुकम्प पिडितले घर वनाउन सहुलियत कर्जा पाउने

धादिङ । तपाईको नाम भुकम्प पिडितको अनुदान पाउने सूचीमा निस्किएको छ र पहिलो किस्ता बापतको ५० हजार रुपैयाँ लिएर पनि आर्थिक अभावका कारण घर बनाउन नसकेका भुकम्प पिडितले घर वनाउन सहुलियत कर्जा पाउने भएका छन । तर यो सहुलियत कर्जा पाउन तपाई धादिङको नीलकण्ठ र धुनिबेसीका साथै गोरखाको गोरखा नगरपालिकाको वासिन्दा हुनु पर्नेछ । राष्ट्रिय वाणिज्य बैंक..

धादिङमा राती ९ बजेपछि देउसीभैलो खेल्न नपाइने

धादिङ,७ कात्तिक - तिहारको अवसरमा रमाइलोका लागि खेलिने देउसीभैलोलाई व्यवस्थित र मर्यादत बनाउन राति ९ बजेसम्म मात्र खेल्न पाइने जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ । ९ बजेपछि देउसीभैलो खेलेमा वा पैसा तोकेर मागेमा कानुन अनुसार कानून वमोजिम कारबाही हुने प्रशासनले जानकारी दिएको छ । तिहारलाई मर्यादित र सांस्कृतिक पर्वको रुपमा मनाउन..

४३ हजार बेरोजगारलाई अल्पकालिन रोजगारी खुल्दै

काठमाडौं । के तपाई बेरोजगार हुनुुहुन्छ ? शिक्षित पनि हुनुहुन्छ, अबसर खोज्दा खोज्दै थाकिसक्नु भएको छ भने अब छिट्टै तपाईका लागि अल्पकालीन रोजगारी प्राप्त हुने भएको छ । सरकारले हरेक १० वर्षमा राष्ट्रिय जनगणना गर्दै आएको छ । विगतमा जनगणनाका लागि शिक्षक परिचालन गर्ने गरेको भएपनि यस पटक बेरोजगार युवालाई प्राथमकिता दिएर जनगणना गर्न लागिएकाले..

नागढुङ्गा–मुग्लिन सडक ६ लेनको बनाईदै

काठमाडौं । देशका ६७ जिल्लाबाट राजधानी प्रवेश गर्ने र राजधानीबाट वाहिरिने यात्रुले प्रयोग गर्ने नागढुंगा–मुग्लिन सडक खण्डको अव विस्तार गरिने भएको छ । अहिले दुई लेनमा रहेको सडकलाई अब ६ लेनसम्म विस्तार गरिने भएको हो । सडक विभागका अनुसार सो सडकखण्ड विस्तारका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र ‘ड्रोइङ डिजाइन’ तयार भइसकेको छ भने..

नागढुंगा सुरुङमार्गको प्रधानमन्त्रीबाट आज शिलान्यास हुने

काठमाडौं - बहुचर्चित नागढुंगा सुरुङमार्गको शिलान्यास हुने भएको छ । राजधानी प्रवेश गर्ने मुख्य सडक मार्ग नौविसे नागढुंगा सडक खण्डमा बढ्दै गएको सवारी चापलाई ध्यानमा राखी नागढुंगा सिक्रेखोला सुरुङ मार्ग निर्माण हुन लागेको हो । मुलुकको पहिलो सडक सुरुङमार्गको चन्द्रागिरि नगरपालिका–१ टोटेपाखामा प्रधानमन्त्री केपीशर्मा ओलीले सोमबार..

नौविसे सडकबोर्डको ढाँटमा कुकर बम, सेनाद्धारा निष्क्रिय

धादिङ, ३ कात्तिक - धादिङको धुनिबेसी नगरपालिकामा पर्ने पृथ्वीराजमार्गको चालिसे स्थित सडक बोर्डको ढाँटमा आईतबार विहान शंकास्पद बस्तु भेटिएको छ । सडक बोर्डले राजमार्गमा सडक कर उठाउने ढाँट छेउ नजिकै जेब्रा झोलाभित्र शंकास्पद वस्तु देखिएपछि बम भएको आशंकामा स्थानीयले प्रहरीलाई खबर गरेका थिए । नेपाली सेना, शशस्त्र प्रहरी र नेपाल प्रहरीको..

स्थानीयतहका जनप्रतिनिधिले लिँदै आएको तलब सुविधा कानून विपरित

काठमाडौं । जनताको मत बाट निर्वाचित भएका स्थानीय तहका जनप्रतिनिधिहरु जनताको आधारभूत सेवाका लागि चाहिने निति निर्माण र कार्यान्वयनका लागि भन्दा आफ्नै सेवा सुविधा बढाउन तिर लाग्न थालेपछि उनिहरुले पाउँदै आएको सेवा सुविधा दिने कानुन सर्वोच्च अदालतले बदर गरिदिएको छ । स्थानीय तहका पदाधिकारीलाई सेवा सुविधा दिने भनेर प्रदेश १ बाहेक अरु ६ वटा..

नौबिसे-कलंकी सडक एकतर्फी गराएर मर्मत शुरु

धादिङ । सर्वाधिक सवारी चाप रहने गरेको देशका करिव ७० जिल्लाबाट काठमाडौं उपत्यका भित्रिने मुख्य सडक मार्गको नौविसे नागढुंगा सडक खण्डमा केही समय सवारी आवतजावतमा फेरि समस्या हुने भएको छ । धादिङको नौबिस देखि काठमाण्डौंको कलंकी सम्मको सडकखण्डमा एकतर्फी रूपमा सवारी आवतजावत गराएर मर्मत गर्न थालिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad