बेनिघाट रोराङ गाउँपालिका

नेपाल भ्रमण वर्ष औपचारिक रुपमा स्थगित

काठमाडौं । सरकारले नेपाल भ्रमण वर्ष २०२० कार्यक्रम औपचारिक रुपमा स्थगित गरेको छ । मन्त्रिपरिषद्को गत चैत ९ गते भएको निर्णयबाट भ्रमण वर्ष स्थगित भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले जानकारी दिए । यसअघि अप्रिलसम्मका लागि भ्रमण वर्ष स्थगन गर्ने निर्णय भएको थियो । भ्रमण वर्ष स्थगन भएसँगै..

कोरोना नियन्त्रण तथा उपचार कोषमा बागमती प्रदेश सरकारको ५० करोड

हेटौंडा - बागमती प्रदेश सरकारले प्रदेशको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रकम थप गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा सोमबार बसेको बैठकले कोषमा ४० करोड थप्ने निर्णय गरेको हो । सरकारले १० करोड रकममा शुरु भएको कोषलाई बढाएर रु ५० करोड पु¥याएको हो । मुख्यमन्त्री निवास चैकीटोल हाइटमा बसेको..

मन्त्रीपरिषदको निर्णय- ८ दिन थपियो लकडाउन

सरकारले पहिलो चरणमा घोषणा गरेको लकडाउन अवधि सकिन एक दिन बाँकी हुँदा थप ८ दिन लकडाउन गर्ने निर्णय गरेको छ । अब चैत २६ गते सम्म देश लकडाउनमा जानेछ । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण रोकथामका लागि नेपालमा थप आठ दिन ‘लकडाउन’ गर्न ‘कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले सरकारलाई सिफारिस गरेअनुसार मन्त्रीपरिषद्ले..

१२६ गाउँपालिका र नगरपालिकालाई चीन सरकारको ३ अर्ब रुपैयाँ अनुदान

संघीय सरकारले चीनसँग सीमा जोडिएका गाउँपालिका र नगरपालिकामा पूर्वाधार तथा जिविकोपार्जन सुधार कार्यक्रम सुरू गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार ‘उत्तरीक्षेत्र पूर्वाधार विकास तथा जिवनस्तर सुधार कार्यक्रम’ का लागी चीन सरकारले ३ अर्ब रुपैयाँ अनुदान दिएको छ । मन्त्रालयका वैदेशिक सहायता समन्वय शाखाका प्रमुख..

धादिङमा परीक्षा केन्द्र टाढा भएपछि विद्यार्थीले पढाइ छाडे

पढ्न पाउनु हरेक बालवालिकाको नैसर्गिक अधिकार हो । संविधानले प्रदत्त गरेको यो अधिकार कार्यान्वयन गर्ने जिम्मेवारी पाएको स्थानीय तह वालमैत्री नहुंदा कक्षा ८ को परीक्षा दिनबाट ग्रामीण भेगका वालवालिका बञ्चित भएका छन् । परीक्षा केन्द्र धेरै टाढा राखेपछि दक्षिणी धादिङको बाँसखर्क आधारभुत विद्यालयबाटका पाँच विद्यार्थीले पढाइ छाडेका छन्..

सदरमुकाम र वजार क्षेत्रमा बैंकका शाखा खुल्नेक्रम बढ्दै

धादिङ, - धादिङ जिल्लाको सदरमुकाम र मुख्य वजार क्षेत्रमा बैंक तथा वित्तीय संस्था खुल्नेक्रम बढ्दै गएको छ । सदरमुकाम धादिङबेसीमा अहिले बैकको संख्या १८ पुगिसकेको छ । नेपाल बैक, राष्ट्रिय वाणिज्य बैक, कृषि विकास बैंकका साथै एनआईसि एसिया,प्रभु, एभरेष्ट, हिमालयन, मेघा,सानिमा, सिद्धार्थ, सिभिल समेत गरि १२ वटा वाणिज्य बैंक सञ्चालनमा रहेका छन ।..

शुक्रवार देखि धादिङबेसीमा सातौं धादिङ महोत्सव

धादिङबेसी- सातौं धादिङ महोत्सव फागुन २ गते शुक्रवार देखि धादिङबेसीमा शुरु हुंदैछ । धादिङ उद्योग वाणिज्य संघको आयोजनामा नीलकण्ठ नगरपालिका वडा नम्बर ३ खुल्लामञ्चमा आयोजना गरिएको महोत्सवको पूर्व प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष पुष्पकमल दहालबाट उद्घाटन हुने भएको छ । महोत्सवको उदघाटन हुनुअघि शुक्रवार सदरमुकाम धादिङबेसीका विभिन्न..

सातौँ धादिङ महोत्सव फागुन २ गते देखि

धादिङ–‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि जलस्रोत, पर्यटन र उद्योगको पूर्वाधार’ भन्ने मूल नाराका साथ ‘सातौँ धादिङ महोत्सव २०७६’ आयोजना गरिने भएको छ । आगामी फागुन २ गतेदेखि १३ गतेसम्म नीलकण्ठ नगरपालिका वडा नम्बर ३ खुल्लामञ्चमा महोत्सवको आयोजना गर्न लागिएको हो । धादिङ उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सव जिल्लाको नीलकण्ठ..

साना कुरामै रमाउँदै स्थानीय तह-अलमलमै बित्यो ३३ महिना

स्थानीय तहको सम्भावनालाई समृद्धिमा रूपान्तरण गर्न व्यवस्थित योजना बनाउनुपर्ने कानुनी व्यवस्था भए पनि त्यसतर्फ स्थानीय तहका सरकारको ध्यान जान सकेको छैन । स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय तहले वार्षिक, आवधिक र रणनीतिक योजना बनाउनुपर्ने कानुनी व्यवस्था गरेको छ । स्थानीय तहको वार्षिक, आवधिक र रणनीतिक योजनाको अभावमा संघीय सरकारको दिगो..

धादिङ जिल्लामा शनिवार दिउँसो ११ वजे देखि २ वजे सम्म बिजुली नहुने

धादिङ– धादिङ जिल्लाको अधिकांश स्थानमा शनिवार दिउँसो ११ वजे देखि २ वजे सम्म बिजुली नहुने भएको छ । नेपाल बिद्युत्त प्राधिकरण धादिङ वितरण केन्द्रले एक सूचना जारी गर्दै धादिङबेसी, जहरे, र सल्यानटार सव स्टेशनबाट वितरण गरिएको बिद्युत्त सेवा अवरुद्ध हुने जानकारी गराएको हो । शुक्रवार दिउँसो १ वज देखि ४ वजे सम्म पनि जिल्लाभरको बिद्यु्त्त सेवा..

धादिङका स्थानीय तहको प्रशासनिक वर्गीकरण तीन वर्गमा

धादिङ – सरकारले देशभरका ७ सय ५३ वटै स्थानीय तहलाई वर्गीकरण गर्ने काम अन्तिम चरणमा पुर्‍याएको छ । राज्य पुनर्संरचनापछि पहिलो पटक स्थानीय तहको प्रशासनिक वर्गीकरण हुन लागेको हो । देशभरका स्थानीय तहलाई चार वर्गमा बाँडिएको भएपनि धादिङमा भने घ वर्गमा कुनै पनि स्थानीय तह परेका छैनन । अति नै दुर्गमलाई क, दुर्गमलाई ख, मध्यम ग र सुगमलाई घ वर्गमा..

चीनमा भएको ट्रेलरेसमा धादिङकी रसिलाले जितिन स्वर्ण

धादिङ, ८ पुस - पछिल्लो समयमा धादिङका खेलाडीहरुले राष्ट्रिय स्तरमा मात्रै होइन विदेशमा पुगेर समेत पदक जितेर किर्तिमानी राख्न थालेका छन । गएको शुक्रवार चिनमा सम्पन्न भएको ट्रेल रेस जितेर धादिङकी रसिला तामाङले नेपालको लागि स्वर्ण जितेकी छिन् । जियाओजी माउन्टेन क्रसिङ कम्पिटिसनमा तामाङले स्वर्ण जितेकी हुन् । २० वर्षीया रसिलाले निर्धारित..

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग निर्माणको तयारी शुरु

 काठमाडौँ। काठमाडौँ भित्रने सहज मार्गका रुपमा हेरिएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणको तयारी शुरु भएको छ । सुरुङमार्ग निर्माणको जिम्मेवारी पाएका जापानी निर्माण संस्था हाजमा आङ्दो कर्पोरेशनले निर्माणस्थल नजिकै कार्यालय स्थापना गर्ने, प्रविधि र जनशक्तिको व्यवस्थापनलगायतका काम अघि बढाएको हो । सडक विभागको समन्वयमा त्यस..

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गमा जग्गा अधिग्रहण हुन सकेन

धादिङ- नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणको तयारी भइरहँदा आवश्यक जग्गा अधिग्रहण हुन सकेको छैन । निर्माणाधीन सुरुङमार्गको धादिङतर्फको जग्गामा व्यक्तिको स्वामित्व पत्र नहुँदा अधिग्रहण गर्न नसकिएको हो । धादिङको धुनिबेँशी नगरपालिकामा झण्डै २५ रोपनी जग्गा अधिग्रहण गर्न समस्या रहेको सडक विभाग, विकास समन्वय कार्यन्वयन महाशाका..

स्कुटर चोरेर बिक्री गर्ने चार जना धादिङबाट पक्राउ

धादिङ,२९ कात्तिक । स्कुटर चोरी  गरि बिक्री गर्ने कार्यमा संलग्न रहेका चार जना लाई धादिङ प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ । स्कुटर चोरी गर्ने तथा चोरीका स्कुटर किन्ने कार्यमा संलग्न रहेको अभियोगमा धादिङको धुनिबेशी नगरपालिका-५ बाट बिहीबार उनिहरु पक्राउ परेका हुन् ।  पक्राउ परेका सबैलाई शुक्रबार जिल्ला प्रहरी कार्यालय धादिङमा..

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad