कभर फोटो

गजुरीमा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम

धादिङ(गजुरी) । नबिल बैंकले धादिङको गजुरीमा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रममा नबिल बैंकले गजुरी गाउँपालिकासँग दिगो बैंकिङअन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचका लागि समझदारीसमेत गरेको छ। बैंककी सञ्चालक आशा राणा अधिकारीको उपस्थितिमा गजुरी गाउँपालिकामा बिहीबार आयोजित एक कार्यक्रमबिच..

नेपाली कांग्रेस धादिङका पूर्वजिल्ला सदस्य जोमसाइ घलेको निधन

नेपाली कांग्रेस धादिङका पूर्वजिल्ला सदस्य जोमसाइ घलेको सोमबार बिहान निधन भएको छ । आईतबार बेलुका ८ बजे उच्च रक्तचापले घलेलाई निकै असहज बनाएपछि तिप्लिङ स्वास्थ्यचौकीमा लगिएको र थप उपचारका लागि काठमाडौं लैजाने तयारी हुँदा हुंदै सोमबार बिहान निधन भएको परिवारका सदस्यहरुले वताएका छन् । हृदयघातका कारण ६५ वर्षिय घलेको निधन भएको हो ।..

धादिङको गजुरीमा गुडिरहेको बसमा एक्कासी आगजनी

धादिङ, ७ कार्तिक -धादिङको गजुरी गाउँपालिका वडा नम्बर १ गजुरीबजार स्थित पृथ्वीराजमार्गमा गुडिरहेको बसमा अचानक आगलागी भएको छ । सुर्खेतबाट काठमाँडाका लागि छुटेको ना ६ ख १४७१ नम्बरको यात्रु बसमा आइतबार बिहान २ बजे तिर एक्कासी आगलागी भएको इलाका प्रहरी कार्यालय गजुरी धादिङले जनाएको छ । ३६ जना यात्रु रहेको बस आगजनीबाट पूर्णरुपमा क्षति..

काँग्रेसको पहिलो प्राथमिकता महाधिवेशन-रामचन्द्र पौडेल

धादिङ, २ कात्तिक - नेपाली कांग्रेसको महाधिवेशन समयमै सम्पन्न गरी पार्टीलाई वैधानिक संकटबाट जोगाउनु काँग्रेसको पहिलो प्राथमिकता रहेको नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन् । पार्टीको महाधिवेशन अघि निर्वाचन सम्भव नभएकोले अब तुरुन्तै निर्वाचन हुन्छ भनेरकोहि दुविधामा नपर्न उनले आग्रह गरेका छन् । वैधानिकता..

नेकपा एकीकृत समाजवादीको केन्द्रिय नेत्तृत्वमा धादिङका ९ जना

धादिङ -नेकपा एमालेबाट अलग्गिएको समूहले गठन गरेको नेकपा एकीकृत समाजवादीको केन्द्रिय नेत्तृत्वमा धादिङ जिल्लाका ९ जना पुगेका छन् । धादिङ जिल्लाबाट एकीकृत समाजवादीको केन्द्रिय नेत्तृत्वमा पुगेकाहरुमा राजेन्द्र पाण्डे उपाध्यक्ष, डाक्टर गंगालाल तुलाधर उप महासचिव, गुरुप्रसाद वुर्लाकोटी केन्द्रिय सदस्य तथा धादिङ इन्चार्ज, बलराम..

काँग्रेसका नेता एवम पूर्व सांसद रामनाथ अधिकारीलाई मात्तृशोक

धादिङ ,२९ असोज - नेपाली काँग्रेस धादिङका पूर्व सभापति एवम धादिङ क्षेत्र नमबर २ का पूर्व सांसद रामनाथ अधिकारीलाई मात्तृ शोक परेको छ । पूर्व सांसद अधिकारीको ८१ बर्षिया आमा टिकादेवी अधिकारीको असोज २८ गते विहिबार सांझ घरमै निधन भएको हो । स्वर्गिय टिकादेवीको हिन्दु संस्कार अनुसार विहिवार रातीनै दाहसंस्कार गरिएको छ । टिकादेवीको निधन प्रति..

प्रेममा धोका पाएपछि ‘पीउने बानी भो ‘

मिठो भाकाको सेन्टीमेन्टल गीत 'पीउने बानी भो 'म्युजिक भिडियोसहित सार्वजनिक गरिएको छ। निर्देशक तथा कलाकार विनोद केसीको शब्द रचना, निर्देशन र कथा तथा विदुर गिरीको क्रियटिभ डाईरेक्शनमा तयार भएको पीउने बानी भो बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक भएको हो। गीतमा लक्की सिटौलाको स्वर तथा संगीत रहेको छ। प्रेममा धोका पाएको एक प्रेमीले..

नेपाल तामाङ कलाकार संघको ७ औं अधिवेशन सम्पन्न

नेपाल तामाङ कलाकार संघको १४ औं वार्षिकत्सव तथा ७ औं अधिवेशन सम्पन्न भएको छ । “सम्पुर्ण तामाङ कलाकारहरुको एकता, तामाङ कला र संस्कृतिको विकास, संरक्षण तथा प्रबर्द्धन हाम्रो प्रतिबद्धता ” भन्ने नाराका साथ  अधिवेशन सम्पन्न भएको हो । २१ सदस्यीय कार्यसमितिमा अध्यक्ष सहित १३ जना सर्वसम्मत र बाँकी ८ खुल्ला सदस्यका लागि मतदान भएको हो । जसमा विश्व..

जनआकांक्षा महिला सहकारीको अध्यक्षमा दुवाडी

गजुरी - जनआकाँक्षा महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड गजुरीको  अध्यक्षमा सीता दुवाडी पुन:निर्वाचितहुनु भएको छ । असोज १६ गतेसम्पन्न संस्थाको १३ औं साधारण सभाले १५ सदस्य सञ्चालक समितिको वरिष्ठ उपाध्यक्षमा जयन्ती रेग्मी ,उपाध्यक्षमा सिद्धलेक गाँउपालिकाकी उपाध्यक्ष समेत रहेकी कमला शर्मा अधिकारीलाई उपाध्यक्षमा निर्वाचित गरेको छ ।..

एनआरएनए चुनावः बद्री केसीको टिमद्वारा उम्मेदवारी घोषणा

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष बद्री केसीको टिमले उम्मेदवारी घोषणा गरेको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर केसीको टिमले संघको १०औं विश्व सम्मेलनका लागि उम्मेदवारी घोषणा गरेको हो । एनआरएनए अध्यक्षका प्रत्यासी केसीले उम्मेदवारी घोषणा गर्दै विभिन्न प्रतिवद्धता पनि सार्वजनिक गरेका छन् । केसीले वैदेशिक..

नेकपा एमाले वागमती प्रदेश कमिटीमा धादिङका ३१ जना, सचिवमा खेम लोहनी

धादिङ। नेकपा एमालेले वागमती प्रदेश कमिटीलाई पूर्णता दिएको छ । पहिलो पटक हुन गईरहेको पार्टीको विधान महाधिवेशनको पूर्वसन्ध्यामा एमालेले वागमती प्रदेश कमिटीमा पदाधिकारी तथा सदस्यहरु चयन गरेको हो । दोलखाका आनन्द पोखरेल अध्यक्ष र धादिङका खेम लोहनी सचिव रहेको ४ सय ७७ सदस्यीय प्रदेश महाधिवेशन आयोजक कमिटीमा धादिङ जिल्लाका ३१ जना समेटिएका..

धादिङमा नेपाली कांग्रेसको दुई पालिकाको अधिवेशन असोज १७ गते

धादिङ न्यूज डेस्क धादिङ १३ असोज । मतदान प्रकृयामा दुई खेमाबीच शुरु भएको विवाद समाधान हुन नसकेपछि अनिश्चिकालका लागि रोकिन पुगेको नेपाली कांग्रेस धादिङको नीलकण्ठ नगरपालिका समितिको अधिवेशन असोज १७ गते हुने भएको छ । यस अघि निर्वाचन सम्पन्न हुन नसकेको रुवभ्यिाली गाउँपालिकाको अधिबेशन पनि सोही दिन हुने भएको छ । नेपाली कांग्रेस धादिङको १४औं..

नागढुंगा नौबीसे सुरुङमार्ग डेढ किलोमिटर सम्पन्न

धादिङ- बहुचर्चित नागढुंगा नौबीसे सुरुङमार्ग डेढ किलोमिटर निर्माण सम्पन्न भएको छ । सुरुङमार्ग निर्माण आयोजनाका अनुसार १ हजार ५ सय ५२ मिटर खन्ने काम सकिएको छ । सुरुङ निर्माणको काम गतबर्षको पुस महिनाबाट शुरु गरिएको थियो । २०७६ कात्तिक ५ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीबाट शिलान्यास भएको १४ महिनापछि मात्रै सुरुङ निर्माणको काम..

ह्वासिन सिमेण्ट उद्योग तिहारपछि सञ्चालनमा आउने

धादिङ,७ असोज - धादिङको ताल्तीमा निर्माणाधीन ह्वासिन सिमेन्ट उद्योग यस बर्षको तिहारलगत्तै सञ्चालनमा आउने भएको छ । उद्योगले सुरुको २ महिना परीक्षण उत्पादन गर्ने र त्यसपछि व्यावसायिक उत्पादन थाल्ने जनाएको छ । ह्वासिन सिमेन्टले वार्षिक पाँच लाख ६० हजार टन ओपीसी सिमेन्ट, दुई लाख ४० हजार टन पीपीसी सिमेन्ट, चार लाख टन पीएससी सिमेन्ट र १० लाख..

धादिङ लगायतका १२ जिल्लाका सीडीओको काज सरुवा

धादिङ । गृहमन्त्रालयले धादिङ लगायतका विभिन्न १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को काज सरुवा गरेको छ । मन्त्रीस्तरीय निर्णयबाट १२ जनालाई जिल्लामा सरुवा गरिएको छ भने ३ जनालाई गृह मन्त्रालयमा तानेको छ । गृह मन्त्रालयका सहसचिव केष्णप्रसाद लम्साललाई धादिङको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ । धादिङका सिडियो ज्ञानप्रसाद..

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad