कभर फोटो

सैनिक हवल्दार भरत गुरुङको हत्या आरोपमा उनकै साथी पक्राउ

धादिङ। साथी संग रहेको ९ लाख रुपैयाँ लुट्ने नियत राखी नेपाली सेनाको दि फेमस महिन्द्र दल गण शिवपुरीमा कार्यरत रहेका गंगाधर ढकालले सोही गणमा कार्यरत हवल्दार भरत गुरुङको हत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । बिहीबार बिहान भरतको शव भरतपुर महानगरपालिका वडा नम्बर १७ सिमलडाडा नहरमा फेला..

सैनिक हवल्दार गुरुङको हत्याको आरोपमा चितवनबाट एकजना पक्राउ

धादिङ । गोली लागेको अवस्थामा मृत भेटिएका सैनिक हवल्दार धादिङ नीलकण्ठ नगरपालिका–१३ का भरत गुरुङको हत्यामा संलग्न भएको आरोपमा चितवन प्रहरीले एकजनालाई पक्राउ गरेको छ । अनुसन्धानको क्रममा रहेको भन्दै प्रहरीले पक्राउ परेका व्यक्ति तथा थप विवरण भने खुलाएको छैन । महेन्द्र दल गण राष्ट्रिय निकुञ्ज टोखा काठमाडौंमा कार्यरत ३६ वर्षीय भरत गुरुङ..

कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै साउन ३१ गतेदेखि

धादिङ– कोभिड १९ को उच्च जोखिमका कारण रोकिन पुगेको कक्षा १२ को परीक्षा यही साउन ३१ गतेदेखि भौतिक उपस्थितिमै हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको मंगलबार बसेको बैठकले परीक्षा साउन ३१ गतेदेखि भदौं ९ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको बोर्डका प्रवक्ता जंगबहादुर अर्यालले बताउनुभयो । परीक्षालाई स्वास्थ्य सुरक्षाको हिसाबले सुरक्षित..

मेघगर्जन सहित देशभर भारी वर्षाको सम्भावना,सतर्क रहन आग्रह

  काठमाडौं । सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती, प्रदेश २ तथा प्रदेश १ का थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभाग अन्तर्गतको महाशाखाका अनुसार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम,..

महादेवबेशीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिदा २ जनाको ज्यान गयो

धादिङ, २९ असार – धादिङको थाक्रे गाउँपालिका ६, महादेवबेशी स्थित पृथ्वीराजमार्गमा ट्रकले मोटरसाइकललाई ठक्कर दिदा २ जनाको ज्यान गएको छ । काठमाण्डौंबाट नारायणगढतर्फ जाँदै गरेको ना ४ ख ९४४ नम्बरको ट्रकले मंगलबार दिउँसो १२ वजे तिर बा ७३ प २१७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार नुवाकोटको बिदुर नगरपालिका १३ का ३५ वर्षिय नारायण..

महादेबबेसिमा दुर्घटना एक बालकको मृत्यु , दुईजना घाइते

धादिङ २९, असार । धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ६ महादेवबेशीमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । नौबिसेदेखि मलेखुतर्फ जाँदै गरेको ना ४ ख ९४४ नम्बरको ट्रकले बा ७३ प २१७६ नम्बरको मोटर साइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एकजना बालकको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा २ जना गम्भीर घाईते भएका छन् । घाईतेलाई उपचारका लागि..

‘लालबहादुरले लुटे,कारवाही होस ‘ भन्दै जिल्ला प्रहरीमा उजुरी

धादिङ, २३ असार  - धादिङको ज्वालामूखी गाउँपालिका वडा नम्बर २ का मजदुरहरुले आंफुहरु ठगिमा परेको भन्दै दोषि माथि कारवाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय धादिङमा उजुरी दिएका छन् । प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्र्तगत काम गरेर पाएको ज्याला लुटिएको भन्दै २७ जना मजदुरले न्यायका लागि जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेका हुन्..

महादेबबेसीबाट चोरी भएर हराएको कार दाङको तुलसीपुरमा भेटियो

धादिङ न्यूज संवाददाता धादिङ-  एक साता अघि धादिङको महादेबबेसीमा रोकिराखेको ठाउँबाट हराएको बा १६ च ८७३५ नम्बरको कार दाङको तुलसीपुरमा भेटिएको छ । चोरी भएको कारसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका–५ न्युरोड बस्ने १७ वर्षीय नवीन सार्की रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। एक साता..

चार्जिङ सेन्टर राख्नै दिन्न भन्छ्न शालिकराम जमकट्टेल

धादिङ- बागमती प्रदेश सरकारले अघि सारेको विद्युतीय सवारी साधन सञ्चालनका लागि धादिङको बेल्खुमा निर्माण गर्न लागिएको चार्जिङ सेन्टरका बिषयमा प्रदेश सभाका नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता समेत रहेका पूर्वमन्त्री शालिकराम जमकट्टेलले गम्भिर आपत्ति जनाउँदै विवादास्पद अभिव्यक्ति दिएका छन् । धादिङ जिल्लाबाट प्रदेश सभामा..

राजधानीमा सार्वजनिक सवारी साधन चल्ने

काठमाडौँ । गएको बैशाख १६ गते देखि बन्द हुन पुगेको राजधानीमा सार्वजनिक सवारी साधन अब चल्ने भएको छ । काठमाडौँ उपत्यकाभित्र चल्ने सार्वजनिक तथा निजी सवारी साधनमा जोर(बिजोर प्रणाली हटाउँदै निषेधाज्ञालाई जारी राखिएपछि सार्वजनिक सवारी साधन चल्ने बाटो खुलेको हो । काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको असार २० गते..

यूनाइटेड सिमेन्ट्स गुणस्तरमा नेपालकै सर्वोत्कृष्ट

धादिङ ।धादिङको धुनिबेशी नगरपालिकामा उद्योग रहेको यूनाइटेड सिमेन्ट्स प्रालिद्वारा उत्पादित यूनाइटेड सिमेन्ट्स ब्रान्डले नेपाल गुणस्तरबाट ५३ ग्रेडको गुणस्तर प्रमाणपत्र प्राप्त गरेको छ। ५३ ग्रेड भनेको नेपालमै उत्पादन हुने सिमेन्टहरु मध्य सबै भन्दा उत्कृष्ट ग्रेड हो। यो दर्जा प्राप्त गरेसँगै यूनाइटेड सिमेन्ट्सले गुणस्तरमा ठुलो..

देशभर बाढीपहिरोमा परी ३८ को मृत्यु, ५१ घाइते तथा २४ बेपत्ता

काठमाडौंः अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि शनिबार दिउँसोसम्म ३८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा २० जना पुरुष, ११ जना महिला, ४ जना बालक र ३ जना बालिका रहेका छन् । तीमध्ये सिन्धुपाल्चोकमा ५ जना, डोटीमा ४ जना, रोल्पा र गोरखामा ३/३ जना, चितवन, तनहुँ, प्युठान र रौतहटमा २/२ जना, ललितपुर,..

धादिङमा बाढी पहिरोले पु¥यायो नोक्सानी , दुई जनाको मृत्यु ,छ जना घाईते, पक्की पुल भाँचीयो,

धादिङ । तीन दिन सम्मको अविरल वर्षापछि शनिवार दिउँसोबाट धादिङमा मौसममा केही सुधार देखिन थालेको छ । दिउँसो बर्षा रोकिएर घाम चर्किएको छ । थालेको छ । अविरल बर्षाले जिल्लाका विभिन्न स्थानमा बाढी पहिरो जाँदा भौतिक नोक्सानी मात्रै होइन जनधनको पनि क्षती भएको छ । धादिङमा पहिरो खसेर ट्रक पुरिँदा दुई जनाको मृत्यु भएको छ । ३ जनाको पोखरा स्थित गण्डकी..

नेपाल टेलिकमले शुरु ग¥यो धादिङबेसीमा आईपी टीभी सेवा

धादिङं । नेपाल टेलिकम धादिङंले सदरमुकाम धादिङबेसीमा एनटिटिभी ब्राण्डमा फाइबर टू दि होममार्फत आईपी टिभीसेवा सञ्चालनमा ल्याएको छ । एनटीटीभी ब्रान्डको यो सेवा सदरमुकाम स्थित टेलिकम कार्यालयमा परिक्षण गरी संचालनमा ल्याईएको हो । नेपाल टेलिकम धादिङका कार्यालय प्रमुख श्याममणी अर्यालका अनुसार एफटीटीएच नेटवर्कको पहुँच भएका  जिल्लाका सबै..

मुग्लिन–नारायणगढ सडकखण्डमा ट्रक माथि नै पहिरो खस्यो

  धादिङ न्यूज   मुग्लिन, १८ असार । अविरल बर्षा पछि गएको पहिरोका कारण बिहिवार बेलुकी देखि अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडकखण्डको जाममा फसेको ट्रक माथि नै पहिरो खसेको छ। उक्त सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका ६ जलविरे नजिकै जाममा रोकिराखेको ट्रक माथि शुक्रवार बिहान करिब ७ बजेतिर पहिरो खसेको हो। पहिरोमा नारायणढबाट..

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad