कभर फोटो

कुम्पुर १, २ र ८ नम्बर वडाका भूकम्प पीडितलाई झुल

 धादिङ - कुम्पुर  गाविसका १, २ र ८ नम्बर वडाका भूकम्प पीडितलाई मंगलबार झुल वितरण गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय धादिङले पालमुनि बस्दै आएका २ सय ५० घर धुरीलाई प्रतिघर एउटाको दरले झुल वितरण गरिएको हो । पर्वतका कैलाश तिमिल्सीना र रुकुमको बाँफीकोट ८ घर भइ हाल अमेरिकाको टेक्सासमा बस्दै आएका भुपेन्द्र केसीको संयुक्त पहलबाट संकलन गरिएको..

अस्थायी घर र बिद्यालय बनाउंदै एमालेका नेता कार्यकर्ता

धादिङ–बैशाख १२ गतेको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त हुन पुगेका घर तथा बिद्यालयको पुर्न निर्माण यति बेला निकै चुनौतिको बिषय बनेको छ । गाउँमा सबैको घर भत्किएकाले साथ दिने मान्छे पाउन समेत मुस्किल छ । दुई चार पैसा हुनेले ज्याला दिएर पनि घर निर्माण गरिरहेका छन । विहान बेलुका छाक टार्न मुस्किल भएकाहरुको लागि भने महाभुकम्पले सर्वस्वनै हरण..

किसानलाई बिऊमा राहत, कुहिएको धान

धादिङ, १९ जेठ ः जिल्ला कृषि बिकास कार्यालय धादिङले भुकम्प पिडित किसानलाई बितरण धानको बिऊ प्याकेटमै उम्रनुका साथै कुहिएको पाईएको छ । विश्व खाद्य्य संगठनको सहयोगमा धादिङका किसानहरुको लागि आएको ५० टन धानको बिऊ जिल्लाभरका किसानलाई कार्यालयले बितरण गरेको छ । भुकम्प पिडित किसानलाई प्रतिपरिवार ५ किलोका दरले वितरण गरिएको बिउ धानमा मकवानपुर..

ज्यामरुङ गाविसका १२ विद्यालयलाई जस्तापाता सहयोग

ज्यामरुङ -गैरआवासीय नेपाली संघ दक्षिण कोरियाले धादिङको ज्यामरुङ गाविसमा रहेका ११ सहित १२ विद्यालयलाई जस्तापाता उपलब्ध गराएको छ । संघले भूकम्पबाट अति प्रभावित जिल्ला धादिङका दुईवटा गाउँ विकास समितिका विद्यालयहरुलाई जस्तापाता उपलब्ध गराएको हो ।  एनआरएन दक्षिण कोरियाको सहयोगमा प्राप्त भएको ६५ वण्डल जस्तापाता बिहीबार जिल्ला शिक्षा..

अनेरास्ववियुका स्वंयसेवकबाट धादिङका १० विद्यालयमा अस्थायी टहरा निर्माण

धादिङ- महाभुकम्पमा क्षति भएका बिद्यालय भवनहरुको निर्माणका लागि स्वयमसेवी अभियान संचालन गरिरहेको नेकपा एमालेको बिद्यार्थी संगठन अनेरास्ववियुका स्वंयसेवक टोलीले धादिङ जिल्लाका १० विद्यालयमा अस्थायी टहरा निर्माण कार्य सम्पन्न गरेका छन् । बैशाख १२ गते गएको महाभूकम्प र त्यसपछिको पटक पटकको पराकम्पनले विद्यालयका भवनहरुमा क्षति..

बिद्यालय भवन भत्किएपछि चौतारामा स्कुल

धादिङ-महाभुकम्पले त्रसित पारेको जन जिवनलाई सामान्य अवस्थामा फर्काउन शिक्षा क्षेत्रको ठुलो योगदान पुग्ने भन्दै भत्किएका भवनको छेउछाउमा बिद्यार्थी राखेर आईतबार देखि बिद्यालयहरु खुलाईएका छन । धादिङ जिल्लाका अधिकांश बिद्यालय भवन भुकम्पबाट प्रभावित भई क्षतिग्रस्त भएपनि लामोसमय सम्म रोकिन पुगेको पठनपाठनलाई नियमित गर्न जेठ १७ गते..

बाहिरबाट आएका स्वयंसेवक विद्यालय बनाउँदै, गाउँले तास खेल्दै

धादिङ, कैलाली जिल्लाबाट भूकम्पले क्षति पुर्याएको बिद्यालय बनाउन अरु स्वयँसेवकसँगै  आएकी सुशीला बुढाथोकी धादिङको पाल्पा सामरी भञ्ज्याङ माविको भत्केको संरचना मिलाउँदै थिइन् ।१५ जनाको टोलीमा रहेकी उनले सकी ससकी ठूला ठूला ढुंगा उचालेर पन्छाउँदै गर्दा उनले विद्यालयको कुनै शिक्षक र अभिभावको साथ पाइनन् । नजिकै भएको एउटा घरमा तास..

धादिङमा अस्थाई घर निर्माण अभियान चलाउंदै एमालेका स्वयमसेवकहरु

रामचन्द्र रुपाखेती थाक्रे - बैसाख १२ गते आएको महाभुकम्पबाट घरवारविहिन भएको जनताको घर पुर्ननिर्माण गर्ने तथा सार्वजनिक संरचनाको पुर्ननिर्माण गर्ने नेकपा एमालेको एक महिने नयाँ अस्थाई घर निर्माण अभियान अन्तर्गत धादिङको क्षेत्र नं. ३ मा अभियान उत्साहजनक रुपमा सञ्चालन भइरहेको छ । नेकपा एमाले कोशी अञ्चल कमिटि बाट ६५ जना टोली ले विभिन्न..

कतै खुल्ला चौरमा कतै टेण्ट भित्र नाच्दै गाउंदै रमाउन थाले बिद्यार्थी

धादिङ,- जिल्ला शिक्षा कार्यालय धादिङको परिपत्र अनुसार आईतबार देखि बिद्यालय खुलाउने निर्णयमा पुगेका धादिङका अधिकांश बिद्यालय संकटमा परेका छन । भएको भवन भत्किएको र नयाँ संरचना वनाउन नसकेकाले बिद्यालयहरु कसरि संचालन गर्ने भन्ने द्धिविधामा परेका हुन । बैशाख १२ को महाभुकम्प र त्यस पछिको निरन्तरको पराकम्पनले धादिङका ९० प्रतिशत बिद्यालय..

भुकम्पबाट प्रभावित विद्यालयलाई सभासद राजेन्द्र पाण्डेले जस्तापाता दिने

धादिङ,  – नेकपा एमाले धादिङ क्षेत्र न. ३ का सभासद तथा पूर्व स्थानिय बिकास मन्त्री राजेन्द्र प्रसाद पाण्डेले भुकम्पबाट प्रभावित धादिङ क्षेत्र न. ३ को विद्यालयमा क्षतिग्रस्त सम्पुर्ण विद्यालयमा अबको केहि दिन  भित्र जस्तापाता उपलब्ध गराउने बताउनुभएको छ ।धादिङको बैरेनी ९ मा रहेको बागेश्वरी उच्च माध्यमिक विद्यालयमा शुक्रबार भएको..

मन्त्रीसंग जनताको एउटै माग “खाना होइन छाना लेउ”

धादिङ - वैशाख १२ गते गएको भूकम्पले पुर्याएको जनधनको क्षति स्थानीय स्तरमै बुझ्न गाँउबस्ती पुगेकी नेपाल सरकारको प्रतिनिधि एंव उर्जा मन्त्री राधा ज्ञवाली समक्ष भूकम्पपीडितले खाना होइन छाना लेउ भनेका छन् कारोबार डेलि डट कमले खबर लेखेको छ । धादिङ जिल्लाको छत्रेदेराली पुगेकी मन्त्री ज्ञवालीसँग छत्रेदेउराली गाविसका पूर्व अध्यक्ष..

भूकम्पले भत्काउन नसकेको बुद्धिमानको जाँगर

 सिम्ले धादिङ ,  - वैशाख १२ गते भूकम्प जाँदा धादिङ भुमेस्थान गाविस ८ सिम्ले गाउँका बुद्धिमान विश्वकर्मा गाविस कार्यालयले बोलाएको बैठकमा जाँदै हुनुहुन्थ्यो । बैठकमा गाविसभरका जनजाति र दलितहरुको हीत गर्ने कामहरु कसरी गर्न सकिएला भन्नेबारे छलफल हुने भएकाले उहाँलाई जसरी पनि त्यहाँ पुग्नु थियो । ‘बैठकमा सुधारिएको आरान चाहियो भन्ने..

अखिलले बनाई सक्यो १८ वटा घर टहरा र २ वटा स्कुल टहरा

धादिङबेसी -एक महिने अभियान लिएर धादिङ आएको एमाले निकट  अखिलको स्वयम्सेवक टोलीले १८ वटा घर तथा टहराहरु निर्माण गरेको छ । नेकपा एमालेको निर्णय अनुसार धादिङमा खटिएको अनेरास्ववियूको टोलीले आज सम्ममा जिल्लाको तीनवटै निर्वाचन क्षेत्रका विभिन्न स्थानमा १८ वटा घर तथा टहरा निर्माण गरेको हो । अनेरास्ववियूकी केन्द्रिय सचिवालय सदस्य राधिका..

“भगवान् खोज्न कहीँ जानु पर्दोरहेनछ”

(रमेश लम्साल) मुरलीभन्ज्याङ (धादिङ), -उमेरले नौ दशक पूरा गर्दा समेत ‘विष्ट’का थोत्रा कपडा सिउने कामबाट मुक्ति नपाउनुभएका मोतीलाल दमार्इंलाई जीवनको उत्तराद्र्धमा भैँचालाले दिएको भयानक पीडालाई सहन गर्नुपर्ला भन्ने लागेको थिएन । गत वैशाख १२ गतेको गोरखा भूकम्प र त्यसपछिका पराकम्पनले थोत्रो घर ढल्यो, विष्टका कपडा र जिन्दगीभर चलाइएको कल..

ब्यक्तिगत पहलमा पुरै गाविस लाइ सहयोग – प्रति मृतक १५ हजार प्रदान

दार्खा (धादिङ) ः गत वैशाख १२ र २९ गते आएको विनाशकारी भुकम्पमा परेर धादिङमा मात्रै अहिलेसम्म ७ सय ३२ जनाले ज्यान गुमाइसकेका छन भने अझैपनि सयौ घाइतेहरु राजधानी र जिल्लाका विभिन्न अस्प्तालहरुमा उपचार गराइरहेका छन । भुकम्पमा पिडित भएकाहरुलाइ सरकारी संयन्त्र र विभिन्न संघसस्थाहरुको पहलमा राहत वितरण कार्य पनि भइरहेको छ । यसैक्रममा धादिङको..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad