कभर फोटो

यसरी वितरण गरे धमलाले राहत वितरण

काठमाडौ, - सरकारले महाभुकम्पबाट पीडित जिल्ला घोषणा गरेको धादिङ्ग जिल्लाको १६ बटा गाविसमा रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले आफ्नै पहलमा विभिन्न सहयोगी सस्थाहरुसँग संकलन गरेको राहत प्याकेज वितरण गरेका छन । उनले बैशाख १४ गतेदेखि निरन्त आफ्नो जन्म जिल्ला पनि रहेको धादिङ्गमा अहिलेसम्म छ ट्रक कम्बल, त्रिपाल र खाद्यान्न वितरण..

आगिन्चोक गाविस वडा नं. १, २ र ३ मा राहत वितरण

एस.ओ. एस. बालग्राम छोरेपाटनका शिक्षक–शिक्षिका छेतिन ढाक्पा तथा छिरिङ लामाको सक्रियतामा धादिङ जिल्लाको आगिन्चोक गाविस वडा नं. ३ र २ का भुकम्प पीडितहरुलाई राहत वितरण गरेको छ । उक्त स्थानको २४ घर परिवारलाई करिब १ लाख ५० हजार रुपैयाँ बराबरको राहत वितरण गरिएको छिरिङ लामाले गोल्डेन न्यूजकलाई जानकारी दिनुभयो । राहत सामाग्रीहरुमा त्रिपाल,..

उपचारका लागि हेलिकप्टर मार्फत काठमाण्डौ लगिएकी तिप्लिङकी छिमा बेखबर

बैशाख - महाभूकम्पबाट घाइते भएपछि हेलिकप्टर मार्फत काठमाण्डौ पु¥याइएकी धादिङ तिप्लिङ गाविस वडा नम्बर १ सिम्पल्याकी ६३ वर्षिय छिमा तामाङ बेखबर हुनुभएको छ । हेलिकप्टेरबाट १३ गते साँझ गाउँबाट जिल्ला अस्पताल धादिङमा ल्याइ सामान्य उपचार पछि छिमालाई थप उपचारको लागि हेलिकप्टेरबाट नै काठमाडौँ लगिएको उहाँकी छोरी गर्पु माया तामाङले जानकारी..

धादिङका ८० प्रतिशत घर ध्वस्त, राहत अझै पुगेन

धादिङ–७ सय २  जनाको ज्यान लिनेगरी दश दिन अघिको विनाशकारी महाभूकम्पले धादिङको ग्रामीण वस्ती पुर्ण रुपमा खण्डहरमा परिणत भएको छ। जिल्लाका समग्र घर मध्ये ८० प्रतिशत घर पुर्ण रुपमा ध्वस्त भएका छन्। ढुंगा माटोको जोडाईबाट बनाइएका घर सबै ध्वस्त भएका हुन्। बारपाक केन्द्र विन्दु बनाएको भूकम्पको तरङ्गले नजिकै रहेको उत्तरी वस्तीका कुनै घर..

मसानघाटजस्तै भयो महन्त गाउँ

फोटो :भूकम्पले ध्वस्त घर / तस्बिर : दिनेश विक्रम शाह छत्रे देउराली : 'आठ दिनअघिको गाउँ अब ध्रुवराज भारतीका लागि सपनाजस्तै लाग्छ। त्यस्तो रमाइलो गाउँ मसानघाटजस्तै भयो, बारीको छेउमा बसेर भत्किएको घर हेर्दै टोलाइरहेका ६९ वर्षीय ध्रुवराजले भने, 'हाम्रो गाउँ सखापै भयो। सबै छिन्नभिन्न भयो। धु्रवराजको आँखामा अझै पनि नभत्क ेको त्यही सुन्दर..

अहिलेसम्म न राहत, न उद्दार टोली

, धादिङ । जिल्लाको उत्तरी भेगमा पर्ने सेर्तुङ लगायत आधा दर्जन गाविसमा भूकम्प गएको हप्ता दिन पुग्दा पनि यहाँ उद्धारका कुनै कार्य हुन सकेको छैन । यस भेगमा विशेषगरी तामाङ जातीको बाक्लो बसोबास छ । उत्तरी भेगमा पर्ने सेर्तुङ, तिप्लिङ, लापा, झार्लाङ र दार्खामा पूर्णरुपमा घर, गोठ, छाप्रा भत्किएर कति मानिस पुरिए भन्ने यकिन जानकारी समेत प्राप्त..

पोखरेलीको सहयोगले धादिङबासीलाई राहत

रन्जन अधिकारी  पोखरा, २० वैशाख - महाभुकम्पले प्रभावित मध्येको धादिङ जिल्लाका उत्तरी भेगका अधिकांश गाउँहरुमा नौ दिन बितिसक्दा समेत आवश्यक राहत पुग्न सकेको छैन । सडकले छोएका गाउँहरुमा सरकारले प्रत्येक घरधुरी एक बोरा चामल बाहेक अन्य सहयोग गर्न नसकिरहेको स्थानीयले गुनासो गरेका छन् । यद्यपी, केहि गाउँहरुमा तत्कालका लागि आवश्यकताहरु..

खण्डहर बनेको छ छत्रे देउराली

चन्द्रशेखर अधिकारी भूकम्पपछि क्षतिग्रस्त धादिङको छत्रे देउराली । तस्बिर : कान्तिपुर काठमाडौ,- राजधानीको सीतापाइला चौकबाट छत्रे देउराली र मज्वासम्म पुग्दा त्यसबीचमा गाउँ तथा सडक छेउछाउमा सयौं घरहरू भत्किएको देख्न सकिन्छ । स्थानीयबासी खुला स्थानमा पाल टाँगेर र कोही पाल पर्खेर बाँसको ‘फ्रेम’ बनाएर ठिक्क पारेको बसिरहेका..

धादिङमा भुुकम्पमा परेर मर्नेको संख्या ६ सय ५५ पुग्यो

धादिङ–प्रलयकारी महाभुकम्पमा परेर ज्यान गुमाउनेको संख्या धादिङमा ६ सय ५५ जना पुगेको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार अहिले सम्म जिल्लाको उत्तरी क्षेत्रमा पर्ने लापा गाविसमा २०,तिप्लिङमा ११,सेर्तुङमा १३,रिमा ६५,सत्यदेवीमा४१,झार्लाङमा २३,दार्खामा ६४,बुढाथुममा १७,बसेरीमा ७,फुलखर्कमा २७,गुम्दीमा १७,मुलपानीमा १५,सल्यानटारमा२२..

कोइलीखर्कका चालिस परिवारलाई युवाहरुको सहयोग

बैरेनी–प्रलयकारी महाभुकम्पबाट तहस नहस वनेको गाउंवस्तिका वासिन्दाले भुकम्प आएको आठ दिन बितिसक्दा पनि राहत पाउन नसकेर खुल्ला आकाशमुनी भोकभोक वसिरहनु परेको वेला सहयोगीहातहरु गउं तर्फ लाग्न थालेका छन । दक्षिणी धादिङको बैरेनी गाविस वडा नम्बर ४ कोईलीखर्कका अति विपन्न तामाङ समुदायले भोग्नु परेको भुकम्पको पिडा कम गर्न युवाहरुको प्रयासमा..

भूकम्पले उजाडेको धादिङ

काजी श्रेष्ठकाठमाडौं, १९ वैशाख । दुई दिनअघि धादिङ जाँदा जुन अवस्था थियो, दुई दिनपछि त्यहाँ पुग्दा त्यो दृश्य पटक्कै थिएन । वैशाख १० गते काम विशेषले धादिङको रामकोटमा रहेको मेरो घर पुग्दा अवस्था सामान्य थियो । गाउँघरमा उस्तै चहलपहल थियो । मान्छे दैनिक जीवनचर्यामा थिए । १२ वैशाखमा गएको शक्तिशाली भूकम्पले अवस्था पूरै परिवर्तन गरिदियो..

महादेवस्थान गाविसका भुकम्प पीडितलाई राहत

चितवन, १९ बैशाख । गाउँ विकास युवा क्लब,भरतपुर १८, पश्चिम रामपुरका युवाहरुले भुकम्प पीडितका लागि संकलन गरेको राहत धादिड जिल्लाको महादेवस्थान गाविसका भुकम्प पीडितलाई दिएका छन् । महादेवस्थान गाविस वडा नम्वर ३, ब्रुसबाड र लाइपुर गाउँका ५० परिवारलाईलाई १५ क्वीन्टल चामल, दाल, नुन तेल र ब्ल्याड्केट सहयोग गरेको क्लबका अध्यक्ष राजेन्द्र पौडेलले..

धादिङको धुवांकोट गाविसका सबै घरलाई राहत

धादिङ,१९ बैशाख - भुकम्पमा परेर घरवार विहिन भई बिचल्लीमा परेका परिवारलाई एक साता सम्म केही सहयोग दिन नसकेर सरकारी निकाय आलोचित बनिरहेको बेला धादिङको उत्तरी भेगमा पर्ने धुवांकोट गाविसका सबै घर परिवारले समान सहयोग पाएका छन । जिल्ला दैवि प्रकोप उद्धार समिति, धुवांकोट गाविसको कार्यालय, सैनिक श्रीमती संघ नेपाल र गैर सरकारी संस्था इम्प्याक्ट..

त्रिपुरेश्वरका भुकम्प पिडितलाई न्युयोर्कमा रहेका नेपालीबाट सहयोग

न्यूयोर्क - भुकम्प को महामारी ले देश शोक मा डुबिरहेको अवस्था मा प्रबास मा रहेका धादिङ त्रिपुरेश्वर गाबिस का युबा हरु ले बिदेश बाट क रिब ८ लाख सहयोग गरेका छन । आफ्नो गाउ ठाउ को लागी आफु ले नगरे कस्ले गर्ने  भन्ने मन्यता राख्ने युबा हरु आफ्नो गाउ को लागी जस्तो सुकै त्याग गर्न पनि तैयार छन । प्रबास मा बसे पनि देश को माया ले सधै सताइ रहने, आज देश लाई..

खानेकुरामा महंगो मुल्य लिएर ठगेको आरोपमा तीन होटल संचालक पक्राउ

धादिङ, १८ बैशाख-आपतकालिन अवस्थामा मनोमानी मुल्य लिएर यात्रुहरुलाई ठगिगरेको आरोपमा धादिङ होटल संघका अध्यक्ष राजकुमार प्याकुरेल सहित धादिङको राजमार्ग क्षेत्रका तीन जना होटल संचालक पक्राउ परेका छन । जिल्ला अनुगमन समितिले तीन दिन देखि धादिङको राजमार्ग क्षेत्रमा बिशेष अनुगमन गर्दा होटलमा भएको खानेकुराको मुल्यसुचि लुकाएर मनोमानी मुल्य..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad