पत्रकार महासंघको अध्यक्षमा महेन्द्र बिष्ट विजयी

788 पटक पढिएको

सम्पादक: Dhadingnews.com

उपाध्यक्षमा युनियनकी अनिता बिन्दु, बाँकी पदाधिकारीमा प्रगतिशील

Mahendra Bista-Ujir Magar-Khilbahadur Bhandari काठमाडौं । नेपाल पत्रकार महासंघको अध्यक्षमा महेन्द्र विष्ट विजयी भएका छन् । विजयी भएका बिष्टले ८ सय ८ मत ल्याए भने उनका प्रतिद्वन्द्वी पोषण केसीले ७ सय ४ मत ल्याए । उपाध्यक्षमा युनियनकी अनिता बिन्दू बिजयी भएकी छन् । सम्पूर्ण पदाधिकारी भने प्रगतिशील पत्रकारहरूको प्यानलका उम्मेद्वारहरू विजयी  भएका छन् । अर्का उपाध्यक्षमा प्रगतिशीलका उम्मेदवार खिलबहादुर भण्डारीले प्रतिद्दन्द्वी रामजी दाहाललार्इ १० मतको  अन्तरले पराजित गरेका छन् । भण्डारीले ६ सय २६ मत ल्याए भने दाहालले ७ सय १६ मत ल्याएका थिए ।

त्यस्तै प्रगतिशीलका सचिव प्रभात चलाउने पनि ९ मतको अन्तरले मात्र विजयी भएका छन् । अध्यक्षको मतान्तर भने झण्डै सयको हाराहारीमा छ । महासचिवमा प्रगतिशीलकै उजीर विजयी भएका छन् । सचिवमा प्रगतिशीलकी संगीता खड्का विजयी भइन् ।  पदाधिकारीमा विन्दुबाहेक सबैमा प्रगितशील पक्षले जितेका छन् ।

प्राप्त नतिजाअनुसार उपत्यकामा संयुक्त प्यानलका ईश्वरी वाग्ले र रामहरी सिलवालले जितेका छन् । वाग्लेकाे ८७ र सिलवालकाे ७७ मत अाएकाे छ । उनीहरूका प्रतिद्वन्दीले ५३ र ५१ मत पाएका छन् ।

पूर्वाञ्चलमा संयुक्त प्यानलका गणेश पोखरेल र गणेश लम्साल विजयी भएका छन् । पोखरेलकाे १०१ र लम्सालकाे ८४ मत अाएकाे छ ।

मध्यमाञ्चलमा प्रगतिशील समूहका चीरञ्जीवी मास्के र युनियनका शीतल महतो विजयी बनेका छन् । मास्केले ९२ र महताेले १०३ मत पाएका छन् ।

पश्चिमाञ्चलबाट संयुक्त प्यानलका हरिनारयण गौतम र रुद्र भट्टले जितेका छन् । प्रतिष्ठानतर्फ संयुक्त प्यानलकै सुरज आचार्य र रोशन पुरी विजयी बनेका छन् । गाैतमले ११९ र भट्टले १०८ मत पाएका छन् ।

कर्णालीमा  प्रगतिशील प्यानलका नवराज महताराले २७ मत ल्याएर जितेका छन् भने सुदुरपश्चिममा पनि प्रगतिशील प्यानलकै प्रकाश शाह र खगेन्द्र पन्त विजयी बनेका छन् । शाहकाे ५४ र पन्तकाे ५२ मत अाएकाे छ ।

एशोसिएटतर्फ युनियनका उम्मे्वार प्रदीप न्यौपाने र प्रकाश तिम्सिनाले जितेका छन् । प्रतिष्ठानतर्फ संयुक्त प्यानलबाट सुरज अाचार्य र राेशन पुरी विजयी भएका छन् । अाचार्यको १४२ र पुरीकाे ११४ मत अाएकाे छ । प्रतिद्वन्दी युनियनका भूपेन्द्र अाचार्यकाे ५८ र नारायण अर्यालकाे १ सय मत मात्र अाएकाे छ अनलाईन खवरले लेखेको छ ।

FNj winneer