पुस्तकालयको कारण पढ्ने बानिको विकास

774 पटक पढिएको

सम्पादक: Dhadingnews.com

 
मलेखु –बिद्यालयहरुमा स्थापित पुस्तकालयको कारण बालबालिकाहरुमा पढ्ने बानिको विकास भएको छ । धादिङ दक्षिणी भेगमा पुस्तकालय स्थापना भएका बिद्यालय प्रधानाध्यपकहरुको सोमबार सम्पन्न भएको IMG_1345२ दिने कार्यशालाका सहभागीले यस्तो बताउनु भएको हो । रुम टु रिडको आर्थिक तथा प्राविधिक सहयोग र प्रयास नेपाल धादिङको आयोजनामा भएको कार्यशालामा ६२ बिद्यालयका प्रधानाध्यपकहरु सहित ७१ जनाको उपस्थिति रहेको कार्यक्रममा कार्यशालामा जिल्ला शिक्षा अधिकारी दिपेन्द्र सुवेदीले बिद्यालयमा पुस्तकालयको व्यवस्थापन,महत्वका र प्रयोग साथै कक्षा शिक्षण गर्दा पाठ्य पुस्तक मात्रै भन्दा पनि पाठ्यक्रमले तोकेको सिकाई हाँसिल गर्न ध्यान दिनु पर्ने र बालबालिकाहरुको शिक्षण सिकाईलाई केन्द्रित गरी बिद्यालयका क्रियाकलापहरु संचालन गर्न शिक्षकहरुलाई निर्देशन दिनु भएको थियो । कार्यशालामा सहभागी प्रधानाध्यपकहरुले बिद्यालयमा पुस्तकालय स्थापना पछि बिद्यार्थीहरुमा आएको सकारात्मक परिर्वतनले शैक्षिक उपलब्धी बृद्धि गर्न सहयोग पुगेको बताउनु भएको छ ।
कार्यशालामा पुस्तकालयको व्यवस्थापन प्रयोग र बालबालिकाहरुको पहूँच बढाउन तथा दिगोपनाका बिषयमा रुम टु रिडका सहायक कार्यक्रम अधिकृत हरिराम भण्डारी,प्रयास नेपालका कार्यक्रम संयोजक प्रबिण तिमल्सेना र कार्यकारी निर्देशक दामोदर अर्याल,कार्यसमिति सदस्य रेष्टन कडेल,दिपकबिक्रम बस्नेत लगायतले सजिकरण गर्नु भएको थियो । यस अघि उत्तरी भेगका प्रधानाध्यपकहरुको २ दिने कार्यशाला सल्यानटारमा सम्पन्न गरी सकिएको र प्रयास नेपाल धादिङ र रुम टु रिड नेपालको साझेदारीमा संचालित पुस्तकालय कार्यक्रम अन्र्तगत बिद्यालयमा १६ सय भन्दा बढी पुस्तकहरु सहित शैक्षिक सामाग्री र आवश्यक फर्निचर उपलब्ध गराईने प्रयास नेपाल धादिङ कार्यकारी निर्देशक दामोदर अर्यालले बताउनु भयो । हालसम्म संस्थाको सहयोगमा यस बर्ष थप हुने समेत गरी जिल्लामा २९३ सामुदायिक बिद्यालयहरुमा पुस्तकालय स्थापना हुने संस्थाका कार्यक्रम संयोजक प्रबिण तिमल्सेनाले जानकारी दिनु भयो ।