धादिङबेसी सहित देशका ७२ स्थानलाई नगरपालिका घोषणा

629 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङबेसी-पटक पटक नगरपालिकाको लागि सिफारिश भएर पनि कार्यान्यवन हुन नसकेको धादिङ जिल्लाको सदरमुकाम धादिङबेसी सहित देशका ७२ स्थानलाई नगरपालिका घोषणा गरिएको छ । ‘सरकारले नयाँ ७२ वटा नगरपालिका बनाउने प्रस्ताव अनुमोदन गरेको छ,’ । योसँगै प्रस्तावित नगरपालिका कार्यान्वयनमा आए नेपालमा नगरपालिकाको संख्या १ सय ३० पुग्नेछ। यसअघि ५८ वटा नगरपालिका, एउटा महानगरपालिका र चार वटा उपमहानगरपालिका छन्।

137dhading_map_nepal एक दशकयता विभिन्न समितिले ७८ नयाँ नगरपालिका घोषणाको सिफारिस गरे पनि सरकारले कार्यान्वयन नगर्दा वेवारिसे बन्दै आएको थियो । २०५९ सालमा देवेन्द्रबहादुर लामिछाने र गत बर्ष प्रा.डा. पद्मचन्द्र देवकोटाको संयोजकत्वमा गठित ‘नगरक्षेत्र निर्धारण सिफारिस समिति’ ले सिफारिस गरेका नगरपालिकाहरु अहिलेै कार्यान्वयनमा आउन लागको हो । लामिछाने कार्यदलले ४१ र देवकोटको कार्यदलले ३७ नयाँ नगरपालिका घोषणा गर्न सिफारिस गरेको थियो ।
लामिछानेको कार्यदलले सिफारिस गरेको ४१ नगरपालिकालाई आथिर्क वर्ष ६८÷६९ को बजेट वक्तव्यले कार्यान्वयन गर्ने घोषणा गरेको थियो । घोषणा पश्चात तत्कालिन सरकारले नगरपालिकाभित्र वडा विभाजन, केन्द्र निर्धारण, चार किल्ला तोक्न अर्को नयाँ कार्यदल बनाई अध्ययन गरेको थियो । नयाँ कार्यदलले अध्ययन गर्दा–गर्दै परिर्वतन भएका पछिल्ला सरकारहरुले कार्यान्वयनमा बेवास्ता गर्दा अहिलेसम्म पनि कार्यान्वयन हुन सकेको थिएन । यस पटकको घोषणा पनि कार्यान्यवनमा नआउने हो कि भन्ने जनमानसमा शंका रहेको छ ।

देवकोटाका समितिले सिफारिस नगरपालिका/लामिछाने समितिले सिफारिस गरेका नगरपालिका
जिल्ला     नगरपालिका     जिल्ला     नगरपालिका
इलाम    सूर्योदय    ताप्लेजुङ    ताप्लेजुङ
झापा    शनि–अर्जुन    पाँचथर    फिदिम
झापा    कन्काई    झापा    अनारमनी
संखुवासभा    चैनपुर    मोरङ    उर्लाबारी
मोरङ    बेलवारी    तेह«थुम    म्याङलुङ
मोरङ    शनिश्चरे    भोजपुर    भोजपुर
मोरङ    सुन्दर–दुलारी    खोटाङ    दिक्तेल
मोरङ    कोसी–हरैंचा    उदयपुर    कटारी
मोरङ    रंगेली    सप्तरी    मोहनपुर
सुनसरी    दुहवी–भालुवा    सप्तरी     रूपनगर
ओखलढुङ्गा    सिद्धिचरण    सिराह    रामनगर मिर्चैया
उदयपुर    बेल्टार–वसाह    धनुषा    यज्ञभूमि
सर्लाही    लालबन्दी    धनुषा    सखुवा महेन्द्रनगर

सर्लाही    ईश्वरपुर    महोत्तरी     निगौल गौशाला
मकवानपुर    थाह     रामेछाप    मन्थली
बारा    निजगढ    सर्लाही     हरिवन
चितवन    खैरहनी    रौतहट     चन्द्रनिगाहपुर
चितवन    चित्रवन    बारा    जितपुर सिमारा
स्याङ्जा    चापाकोट    सिन्धुपाल्चोक     चौतारा
पाल्पा    रामपुर    काभ्रे     पाँचखाल
नवलपरासी    कावासोती    काठमाडौं    शंखरापुर
नवलपरासी    देवचुली    ललितपुर    कार्यविनायक
नवलपरासी    बर्दघाट    ललितपुर     चम्पापुर
रूपन्देही    सैनामैना    धादिङ     नीलकण्ठ
रूपन्देही    लुम्बिनी सांस्कृतिक    तनहुँ     दुलेगौंडा
रूपन्देही    देवदह    लमजुङ    लमजुङ
रूपन्देही    तिलोत्तमा    पर्वत     कुश्मा
कपिलवस्तु    कृष्णनगर    म्याग्दी     बेनी

कपिलवस्तु    शिवराज    गुल्मी    तम्घास
दैलेख    दुल्लु    अर्घाखाँची    सन्धिखर्क
कैलाली    लम्की–चुहा    नवलपरासी     गैंडाकोट
कैलाली    अत्तरिया    नवलपरासी    सुनवल
दार्चुला    अपि    तनहुँ     बन्दिीपुर
कञ्चनपुर    पुनर्वास    प्युठान     प्युठान
कञ्चनपुर    बेलौरी     सल्यान    सल्यान
झापा    बिर्तामोड    बाँके     कोहलपुर
म्याग्दी    बेनी    बार्दिया     राजापुर
बझाङ    चैनपुर
आछाम    मंगलसेन
अछाम     साँफेबगर
जुम्ला     चन्दननाथ

सरकारले एकैचोटि ७२ वटा नगरपालिका थपेपछि अब ६२ वटा जिल्लामा एक वा सोभन्दा बढी नगरपालिका स्थापना भएका छन् । यसअघि ४३ जिल्लामा नगरपालिकाहरु रहेकोमा अब १९ वटा नयाँ जिल्लाहरु नगरपालिकामा समेटिएका छन् । भोजपुर, खोटाङ, ताप्लेजुङ, अछाम, म्याग्दी, दैलेख, जुम्ला, बझाङ दार्चुला, ओखलढुंगा जस्ता जिल्लाहरुमा पनि नगरपालिका स्थापना भएका छन् । देशभरि नगरपालिकाको संख्या १३० वटा बनाउँदा पनि १३ वटा जिल्ला अझै नगरपालिकाविहीन बनेका छन् ।

स्थानीय विकास मन्त्रालयका अनुसार अझै नगरपालिकाविहीन रहेका जिल्लाहरुमा मनाङ, मुस्ताङ, रुकुम, रोल्पा, जाजरकोट, हुम्ला, कालीकोट, मुुगु, रामेछाप, डोल्पा, सोलुखुम्बु, रसुवा र बाजुरा रहेका छन् ।