भानु द्धिशत बार्षिकी समारोह- धादिङबेसीमा साहित्यिक कार्यक्रम
636 पटक पढिएको
धादिङ,- भानुभक्त आचार्यको जन्म भएको दुई सय बर्ष पुगेको अवसरमा भानु द्धिशत बार्षिकी समारोह अन्र्तगत सोमवार धादिङबेसीमा साहित्यिक कार्यक्रम सम्पन्न भएको छ ।
भानु प्रतिष्ठान धादिङको आयोजना एवम चिल्ड्रेनपार्क आवासीय उच्च मावि सहयोगमा सम्पन्न भएको साहित्यिक कार्यक्रममा भानुभक्त आचार्यको महिमाका बिषयमा छलफल गरिनुका साथै आचार्यद्धारा लिखित रामायण लगायतका कृतिका काव्यहरुको वाचन गरिएको थियो । त्यसैगरी नवोदित एवम अग्रज साहित्यकारहरुले पनि विभिन्न रचना मार्फत भानुलाई सम्झिएका थिए ।
कार्यक्रममा भानु प्रतिष्ठानका केन्द्रीय अध्यक्ष व्रतराज आचार्य,महासचिव डि.पि अर्याल, कवि एवम प्राध्यापक वलराम दहाल,कवि एवम समालोचक प्राध्यापक तुलसीमान श्रेष्ठ,कवि सीताराम अधिकारी लगायतले भानुको महिमाका बिषयमा तयार पारिएको रचना बाचन गर्नुका साथै आफ्नो धारणा राख्नु भएको थियो ।
यसैगरी जिल्लाका साहित्यकारहरु गोविन्द बुढाथोकी,मुरारी अधिकारी,रामप्रसाद सापकोटा,प्रकाश सापकोटा,सविना रेग्मी लगायतले पनि रचना बाचन गर्नुभएको थियो । कार्यक्रम धादिङका जिल्ला शिक्षा अधिकारी दिपेन्द्र सुवेदीको प्रमुख आतिथ्य एवम भानु प्रतिष्ठानका जिल्ला अध्यक्ष नविनवन्धु पहाडीको अध्यक्षतामा सम्पन्न भएको हो ।
धादिङन्युजमा प्रकाशित भएका समाचार,लेख,रचना तथा अन्य कुनै पनि सामाग्री साभार गरेर कुनै पनि मिडियामा प्रयोग गर्न पाईनेछैन । यदि कुनै कारणवश साभार गर्नुपरेमा सामाजिक संजाल ( फेसबुक, टुविटर,व्लग तथा वेभसाईटमा ) प्रयोग गर्नुपरेमा अनिवार्य रुपमा हाम्रो श्रोत खुलाउनु पर्नेछ । सहयोगको अपेक्षा सहित धन्यवाद ।