शशस्त्र द्धन्द्धका वेला भत्काइएका संरचना पुर्ननिर्माण गरिंदै

496 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ–मुलुक यतिबेला दशवर्ष सम्म चलेको शशस्त्र द्धन्द्धवाट पार लागिसकेको छ । नयां राज्यसत्ता स्थापना गर्ने लक्ष्यका साथ मुलुकमा शुरु भएको शशस्त्र युद्धमा सरकार र विद्रोही दुवैपक्षले धेरै क्षती व्यहोर्नु प¥यो । जनधनको क्षती मात्र भएन धेरैलाई कहिल्यै विर्सन नसक्ने चोटहरु दियो दश वर्षे शशस्त्र द्धन्द्धले । त्यतिवेला विद्रोही र सरकारी पक्षदुवै आफ्नो अस्तित्व जोगाउने नाममा लागेका कारण जनधनको निकै क्षती भएको थियो ।
द्धन्द्धले मुलुकका सबै भागमा निकै प्रभाव पारेको कारण अहिले पनि विगतलाई सम्झंदा धेरैको आङग सिरिङ हुनसक्छ । मृत्युको मुखवाट बचेका क्षणहरुको याद आउन पनि सक्छ । द्धन्द्धका क्रममा मानविय क्षती मात्र भएन भौतिक संरचनामा पनि त्यतिकै क्षती पु¥याईएको थियो ।सरकारी स्वामित्वमा रहेकै कारण शहरी क्षेत्रमा भन्दा ग्रामीण भेगमा धेरैजसो भवनहरु त्यतिवेला निशानामा पारिएको थियो ।
सरकारले विद्रोहीलाई दमन गरेको नाममा होस या ग्रामीण भुभाग कव्जा गरिएको नाममा पनि विद्रोहीको निशानमा परेका थिए गाविस,प्रहरी, बैक, साना किसान तथा अन्य सरकारी कार्यालयका भवनहरु । देशैभरी एकै साथ धेरैवाट घर भवनहरु सरकारी भएका कारण क्षती पु¥याईएका थिए,जस्मा धादिङ जिल्ला अछुतो रहनै सकेन । उत्तरमा चिनको स्वाशासित क्षेत्र तिव्वत देखि दक्षिणमा महाभारत पहाड श्रृङखला सम्म फैलिएर रहेको धादिङ जिल्ला राजधानीको काखमा रहेको कारण पनि शशस्त्र द्धन्द्धका बेला धेरै निशानामा पर्ने गरेको थियो । ढाडमा टेकेर टाउकोमा प्रहार गर्ने विद्रोहीको रणनितीको प्रयोग स्थल धादिङ जिल्ला पर्ने गरेको थियो । धादिङ जिल्लामा शशस्त्र गतिविधी तिव्र पारेर राजधानीलाई चेतावनी दिन विद्रोहीहरु लागिपरेका थिए भने विद्रोहीको उपस्थितीलाई कमजोर वनाउन सरकारी पक्षवाट दमनका कार्यहरु गरिंदा त्यस्को प्रतिकारमा विद्रोहीले ग्रामीण भेगका धेरैवटा सरकारी भवनहरु आगजनी गर्ने, बम विष्फोट गराएर ध्वस्त पार्ने काम गरेको थिए । विगतमा ध्वस्त पारिएका कति भवन अहिले पनि पुर्ननिर्माण हुन सकेको छैन केही भवनहरु भने अहिले शान्ति तथा पुर्न निर्माण मन्त्रालय मार्फत बनाउन त्यस्ता भौतीक संरचनाहरुको पुन निमार्ण कार्य तिब्र गतीमा भई रहेको छ ।
शशस्त्र विद्रोहमा रहेका दल र संसदीय राजनितीमा क्रियाशिल प्रमुख राजनितिक दलहरु बीच सहमति जुटेका कारण मुलुकमा बाट शान्ती प्रक्रिया अगाडि बढको थियो । शान्ति प्रकृया अघि बढेसंगै सरकारी स्वामित्वमा रहेका द्धन्द्ध बाट क्षतीग्रस्त गाउँ बिकास समितिको कार्यालयहरु,प्रहरी चौकीहरु,हुलाक एबं बिद्यालय भवनहरुको निमार्ण गर्ने कार्यको थालनी हुन थालेको हो ।
पचास गाउँ बिकास समिति रहेको धादिङ जिल्लामा शशस्त्र द्धन्द्धका वेला चालिस भन्दा बढि गाउं बिकास समितिको कार्यालय भवनमा क्षती पु¥याईएको थियो । त्यसैगरी गाउं गाउंमा रहेका प्रहरी चौकी,अन्य सरकारी सेवा केन्द्रहरुको भवनमा पनि क्षती भएका थिए । ति मध्ये अहिले धेरैको निमार्ण शान्ती तथा पुन निर्माण मन्त्रालयले शुरु गरि सकेको छ ।
यसरी पुर्ननिर्माण गरिएका संरचनाहरुमा मैदी प्रहरी चौकी, इलाका प्रहरी कार्यालय सुनौलावजार लगायत रहेको छ । मन्त्रालयकै सहयोगमा जिल्ला प्रशासन कार्यालयको सुविधा सम्पन्न भवनको निमार्ण कार्य पुरा भई संन्चालनमा समेत आई सकेको छ ।
कार्यालय भवन भत्किएपछि गाउंमा रहेर सेवा दिन गाविस कार्यालयलाई परेको समस्या अव विस्तारै समाधान हुने भएको छ । त्यसैगरी स्थानीय स्तरमा शान्ति सुरक्षाको प्रवन्ध मिलाउनुपर्ने प्रहरीलाई पनि भवनको समस्या नहुने भएको छ ।