नीलकण्ठ नगरपालिकाको कार्यकारी अधिकृतको जिम्मेवारी शर्मालाई

525 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ–भर्खरै नगरपालिका वनेको नीलकण्ठ नगरपालिकाको कार्यकारी अधिकृतको जिम्मेवारी हालका लागि जिल्ला विकास समिति धादिङका योजना तथा प्रशासकिय अधिकृत जनकराज शर्माले सम्हाल्नु हुने भएको छ । 946994_699528420057262_80139832_n
संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयले बैशाख २८ गते जारी गरेको परिपत्र अनुसार अर्को व्यवस्था नभए सम्मको लागि शर्मालाई नीलकण्ठ नगरपालिकाको कार्यकारी अधिकृतको जिम्मेवारी दिईएको हो । नगरपालिकाको संरचना निर्माणका लागि आवश्यक पर्ने दैनिक प्रशासकिय कार्य सञ्चालनका लागि शर्मालाई मन्त्रालयले कार्यकारी अधिकृतको जिम्मेवारी समेत दिएको हो । सरकारले नयां घोषणा गरेका नगरपालिकाहरु साउन १ गतेवाट कार्यान्यवनमा आउने भएका छन । साउन १ गते भन्दा अगावै कार्यालयको स्थापना, कर्मचारी व्यवस्थापन,करको दायरा निर्धारण लगायतका कार्यहरु सम्पन्न गरिने वताईएको छ ।
धादिङ जिल्लाको पहिलो नगरपालिका वनेको नीलकण्ठ नगरपालिकामा नीलकण्ठ, सुनौलावजार,साङकोष र मुरलीभञ्ज्याङ गाविसलाई समेटिएको छ । नगरपालिका वनेका चारवटै गाविसवाट पारित भएको गाउं परिषदका योजनाहरुलाई एकीकृत गर्दै नगरपरिषद गरेर आगामी बर्षको योजना र वजेटको तर्जुमा गरिने शर्माले धादिङ न्युजलाई जानकारी दिनुभयो ।