विधिको शासन विपरितका कार्य रोक्न आंफु प्रतिबद्ध रहने–प्रजिअ नेपाल

485 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ–विधिको शासन विपरित हुने कुनै पनि कार्य नियन्त्रण गर्न स्थानीय प्रशासनले कोही संग सम्झौता नगर्ने धादिङका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले वताउनु भएको छ ।
SAM_1754देशका ६७ जिल्लालाई जोड्ने दुईवटा मुख्य राजमार्ग र जिल्लाका अन्य भागमा हुन सक्ने अपराधिक कृयाकलाप तथा गैर कानूनी कार्य नियन्त्रण गर्न स्थानीय प्रशासनले राजनैतिक दल, नागरिक समाज र अन्य सरोकारवाला निकायसंग समन्वय गरि अघि बढ्ने प्रजिअ नेपालले वताउनुभयो । पांच दिन अघि खोटाङवाट सरुवा भएर धादिङ आउनु भएका प्रजिअ नेपालल शुक्रवार आफ्नै कार्यकक्षमा धादिङ जिल्लाका संचारकर्मीहरुसंगको सामुहिक भेटघाट कार्यक्रमको आयोजना गरीे शान्ति सुरक्षा, सेवाग्राहीको सम्मान,कानूनको पालना एवम शुसासनका लागि आंफु जहिले पनि प्रतिबद्ध रहिरहने वताउनु भएको हो ।
राजमार्ग क्षेत्रमा संचालित होटल तथा भोजनालयका कारण देशभरीनै धादिङ जिल्लाको वदनाम भईरहेको,वजार अनुगमन नियमित नहुंदा उपभोक्ताले ठगिनुपरेको, सरकारी कार्यालयवाट प्रवाह हुने सेवा सुविधालाई पारदर्शी वनाउंदै छिटो छरितो वनाउन र नियमित कार्यलाई व्यवस्थित गर्न आंफुले समन्वय गर्ने प्रजिअ नेपालले बताउनु भएको छ । नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष नवराज छत्कुलीको नेत्तृत्वमा गएको संचारकर्मीहरुको टोलीमा जिल्लामा रहेर राष्ट्रिय संचारमाध्यममा कार्यरत तथा स्थानीय संचारमाध्यमा काम गरिरहेका संचारकर्मीहरुको सहभागिता रहेको थियो ।