सम्झना र तस्वीरमा मदन भण्डारी (उज्यालो अनलाईनवाट जस्ताको तस्तै साभार)

747 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाडौं, जेठ ३ – मरेर गएको दुई दशक बितिसक्दा समेत मदन भण्डारीको चर्चा सेलाएको छैन ।

उहाँको सिद्धान्त पछ्याएर हिँडेको एमाले मात्र होइन, अरु राजनीतिक दलका नेताहरुले पनि भण्डारीको खुलेर प्रशंसा गर्छन् ।

दूरदर्शी नेताको रुपमा उनको सम्झना गर्छन् । रहस्यमय दुर्घटनामा सहयात्री जीवराज आश्रितसँगै स्वर्गीय भएका भण्डारीका विचार र सिद्धान्तलाई सबैले सम्मान गर्छन् ।

विक्रम संवत २००९ साल असार १४ गते ताप्लेजुङ्गको ढुंगेसाँघुमा जन्मिएका भण्डारीको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको रहस्यमय जीप दुर्घटनामा निधन भयो ।

कुशल नेता र प्रखर बक्ताको रुपमा परिचित भण्डारीले तत्कालीन समयमा भाषण र ब्यक्त गरेका विचारको अझैसम्म चर्चा हुने गरेको छ । कम्युनिष्ट आन्दोलनलाई प्रजातान्त्रिकण गरेर अगाडि बढाउन सफल भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद नै अहिले नेकपा एमालेको मार्गदर्शक सिद्धान्त बनेको छ । मदन भण्डारीको रहस्यमय निधन भएको धेरै वर्षपछि उहाँको जीवनीलाई अझै गहिरोबाट नियाल्न कवि अनिल पौडेल गाउँ पस्नुभयो । भण्डारीको जन्मघर, हुर्केबढेको र खेलेको गाउँ, भूमिगत बेला लुक्ने र पार्टी काममा लागि हिँड्ने सबै ठाउँ चाहार्नुभयो । १६ महिना लगाएर ‘तस्बिरमा मदन भण्डारी’ नामको पुस्तक प्रकाशित भयो । पुस्तकका लागि मोरङका गाउँगाउँ पुग्दा पौडेलले भण्डारीलाई माया गर्ने धेरैजना भेट्नुभयो । उनीहरुका गुनासा र दुखेसो पनि प्रशस्तै थिए । जसलाई पौडेलले पुस्तकमा यसरी उल्लेख गर्नुभएको छ :

· एमाले सत्ताबाट फ्याँकिएछ कि क्या हो, मदन भण्डारी पो खोज्दै आयौ त ।
· हैन, हत्यारो चैं पत्ता नलाग्ने नै भो ?
· मदनजस्ता नेता भए पो पार्टीमा लाग्नु, अहिलेका त खै खै ?
· खै, सत्तामा पुगेपछि बिर्सिहाल्छन्, फ्याँकिएपछि दासढुंगाका कुरा गर्छन् । यो दासढुंगा पनि कहिल्यै नबिर्सिने गीत हुने भो ।
· विद्याको के छ खबर ? चिन्छौ ? ज्यान मार्ने रोग लाग्यो भन्थे । निकी भइन् पनि भन्थे । यसो गाउँतिर पनि जाऊ अरे भनिदेऊ न है ?
· पार्टीले सुरक्षा गरेको भए त्यत्रो घटनै हुने थिएन । अरुतिर चोरीऔंले तिखारेर के गर्नु ?

‘के साँच्चै तिमी हाम्रो नेतालाई किताबमा लेखेर फर्काइदिन सक्छौ ? भन्ने प्रश्नमा आफूले मौन सम्मति जनाएर टाउको हल्लाएपछि उनीहरुले काठको दराज खोले, टिनको बाकस उघारे र भएभरका सामग्रीहरु थुपारिदिए’ पौडेलले पुस्तकमा उल्लेख गर्नुभएको छ ।

पौडेलको पुस्तक ‘तस्बिरमा मदन भण्डारी’  मा समावेश केही तस्बिर यस्ता छन् :

सम्झना र तस्वीरमा मदन भण्डारी

सम्झना र तस्वीरमा मदन भण्डारी

सम्झना र तस्वीरमा मदन भण्डारी

सम्झना र तस्वीरमा मदन भण्डारी

सम्झना र तस्वीरमा मदन भण्डारी

सम्झना र तस्वीरमा मदन भण्डारी

सम्झना र तस्वीरमा मदन भण्डारी

सम्झना र तस्वीरमा मदन भण्डारी

सम्झना र तस्वीरमा मदन भण्डारी

सम्झना र तस्वीरमा मदन भण्डारी

सम्झना र तस्वीरमा मदन भण्डारी

सम्झना र तस्वीरमा मदन भण्डारी

सम्झना र तस्वीरमा मदन भण्डारी

सम्झना र तस्वीरमा मदन भण्डारी

सम्झना र तस्वीरमा मदन भण्डारी

सम्झना र तस्वीरमा मदन भण्डारी

सम्झना र तस्वीरमा मदन भण्डारी

सम्झना र तस्वीरमा मदन भण्डारी

सम्झना र तस्वीरमा मदन भण्डारी

सम्झना र तस्वीरमा मदन भण्डारी

सम्झना र तस्वीरमा मदन भण्डारी

सम्झना र तस्वीरमा मदन भण्डारी

सम्झना र तस्वीरमा मदन भण्डारी