धादिङमा मदन आश्रितको स्मृतिमा बिचार गोष्ठि
564 पटक पढिएको
धादिङ, मदन –आश्रित स्मृति दिवसको अवसर पारेर नेकपा एमाले जिल्ला कमिटी धादिङ र मदनभण्डारी फाउण्डेशन धादिङले शनिवार संयुक्त रुपमा जनताको बहुदलिय जनवाद र वर्तमान सन्दर्भ बिषयक बिचार गोष्ठि सम्पन्न गरेको छ ।
नेकपा एमालेका केन्द्रिय सदस्य एवम फाउण्डेशनका केन्द्रिय सदस्य गणेश तिमिल्सिनाको प्रमुख आतिथ्यमा धादिङबेसी स्थित मदन आश्रित स्मृति भवनमा आयोजित बिचार गोष्ठिको अध्यक्षता एमाले धादिङका अध्यक्ष खेम लोहनीले गर्नु भएको थियो । कार्यक्रममा धादिङ क्षेत्र नम्बर २ का सभासद एवम नेकपा एमाले वागमती अंचल कमिटी सदस्य गुरुप्रसाद वुर्लाकोटी,अखिल नेपाल महिला संघका केन्द्रिय सदस्य एवम एमाले वागमती अंचल सदस्य जानुका सिम्खडा,एमाले राष्ट्रिय प्रतिनिधि परिषद सदस्य नेत्रराज पौडेलको आतिथ्य रहेको थियो ।
यसैगरी प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य केशव अधिकारी,नेपाल राष्ट्रिय शिक्षक संगठनका महासचिव लक्ष्मण शर्मा,नेपाली कांग्रेसका सचिव भक्त लामा,विपि चिन्तन प्रतिष्ठानका अध्यक्ष बद्रिप्रसाद दहाल,मदन भण्डारी फाउण्डेशनका वागमती अंचल सदस्य रमेश आचार्य लगायतको आतिथ्य रहेको थियो । एमाले निकट रहेका विभिन्न जनवर्गिय संगठनका प्रतिनिधि एवम तथा पार्टीका जिल्ला सदस्यहरु, पार्टी सदस्य एवम कार्यकर्ताहरुको उपस्थिती रहेको कार्यक्रममा मदन भण्डारी र जिवराज आश्रितको रहस्मय हत्यापछि पार्टीले भोग्नु परेको अवस्था, मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलिय जनवादको सार्थकता, नेपाली कम्युनिष्ट आन्दोलनमा जनताको वहुदलिय जनवादको महत्वका बिषयमा छलफल गरिएको थियो ।