सिर्जना उत्सवमा ममताको “मनका कुरा”

707 पटक पढिएको

सम्पादक: Dhadingnews.com

बोस्टन/ अमेरिका – सिर्जना उत्सव, बोष्टनको मासिक साहित्यिक कार्यक्रम  “ सिर्जना उत्सब” को २२ औ शृंखलामा ममता कर्माचार्यको कविताको  चर्चा गरिएको छ/ हालै नेपाल भ्रमणका क्रममा कर्माचार्यले “ मनका कुरा “ र “अझै दुख्दै छ मन” गरि दुईवटा कविता कृति प्रकाशित गर्नु भएको छ / “मनका कुरा”मा आफूले खिचेको आफ्नै चित्रका बारेमा लेखिएको कविता संग्रहित छन्, जसलाई सिर्जना उत्सवले प्रकाशित गरेको हो/  यसैगरी “अझै दुख्दै छ मन”मा समसामयिक कविता संकलित छन्/ जसलाई ज्योति साहित्य प्रतिष्ठानले प्रकाशित गरेको हो/

sirjana utsav 068कार्यक्रममा कवि कार्मचार्यले आफ्नो कविता लेखन र सिर्जना उत्सवको प्रेरणा दायी भूमिकाका बारेमा जानकारी गराउनु भयो भने ज्ञानप्रकाश शर्मा, कुशल श्रेष्ठ, आजाद प्रधान, राम थापा, सुलोचना सिंह, आँशुलक्ष्मी राजभण्डारीलगायतले उहाका कृतिबाट कविता वाचन तथा मन्तव्य व्यक्त गरेका थिए/

वर्षमा १२ जना संयोजक रहने सिर्जना उत्सव यसपटक दीपा राई पुनको संयोजनमा आयोजना भएको थियो/ कार्यक्रममा हरि थापा, दिनेश राजभण्डारी, गोवर्धन पूजा, महेश्वर पन्त, अनु शाह, दीपा राई पुन , ममता कर्माचार्यलगायतले सिर्जना वाचन गरेका थिए/ आगामी शृंखला अनु शाहको संयोजनमा हुने जानकारी पनि कार्यक्रममा गराइयो/