हिमाली गाउंमा खडेरीले आलु मर्न थाल्यो

743 पटक पढिएको

सम्पादक: Dhadingnews.com

केशव अधिकारी
तिप्लिङ ( धादिङ),

 धादिङ जिल्लाको उच्च हिमाली भेग तिप्लिङ र सेर्तुङमा महिनौं दिन देखि खडेरी परेका कारण खेतवारीमा लगाएको आलु मर्न थालेको छ ।
डेढ महिनादेखि जिल्लाको हिमाली बस्तीमा पानी परेको छैन । अत्याधिक घामले माटो सुख्खा हुंदै गएपछि आलुका बोट पात झरेर मर्न थालेको तिप्लिङ गाविस वडा नम्बर ९ लिङजोका कृषक ढालबहादुर तामाङले बताए । गत बर्ष मौसम राम्रो भएका कारण १२ मुरी आलु फलाएकोमा यो बर्ष भने बिउ पनि मासिने अवस्थामा पुगेको ढालवहादुर बताउंछन ।
DSC04793तिप्लिङ गाविसमा समुद्री सतहवाट २४ सय देखि २८ सय मिटर उचाई सम्मका गाउंवस्तीमा आलु खेती हुने गरेको छ । लगातारको खडेरीका कारण यो वर्ष आलु धेरै कम फल्ने गाउंवासीको अनुमान छ । गएको वर्ष आलु राम्रै फलेको थियो यो बर्ष बिउ रोपेको दुई मुरी पनि फल्लाजस्तो छैन स्थानीइ चन्द्र तामाङले वताए ।
धादिङ जिल्लाको बिकटमा रहेको बस्ती भएका कारण समयमै मल विउ तथा कृषि प्राविधिकहरु गाउंमा नपाउने समस्या एकातिर छ भने अर्को तिर समयमै पानी नपरेका कारण तिप्लिङ गाविसको मुख्य वाली आलु खेती निकै संकटमा परेको चन्द्रको भनाई छ । गरिवि निवारण कोषद्धारा तिप्लिङ गाविसमा संचालित गरिवि निवारण कार्यक्रमका सामाजिक परिचालक समेत रहेका चन्द्रका अनुसार गाविसको अधिकांश वस्तीमा पानी परेको छैन, आलुको वोटसुक्दै गएको छ । आलुको बोटमा यतिबेला दाना लाग्ने बेला हो । यति बेला आलुलाई चिस्यान चाहिन्थ्यो,” चन्द्रले भने, – अवको साता दश दिनसम्म पनि पानी नपरे आलु खेतीले तिीप्लङवासीलाई डुवाएर छाड्नेछ ।
जिल्लाको तिप्लिङ गाविसका गाउंवस्तिमा उत्पादित आलु छिमेकी गाविस सेर्तुङ,झार्लाङ,लापा सम्म डोकोमा वोकेर बिक्री गरी आएको नगदले चामल किन्नुका साथै घर खर्च धान्ने गरेको गाउंवासी वताउंछन ।
जिल्लाको १ हजार ६ सय ४३ हेक्टर क्षेत्रमा आलु खेती हुने गरेको छ । अघिल्लो वर्ष २३ हजार ५ सय १३ मेट्रिक टन आलु उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयका कृषि प्राविधिक ध्रुव आचार्यले जानकारी दिए । जिल्लाको हिमाली भेगमा मुख्य वालीका रुपमा आलुखेती हुने गरेपनि अन्य भागमा समेत मौसमी आलु खेती हुंदै आईरहेको आचार्यले वताए ।
हिमाली भेगमा यही अवस्था रहे यो बर्ष निकै कम परिणाममा आलु फल्ने र यसवाट स्थानीयवासीको खाद्यसुरक्षामा संकट आउने खाद्यअधिकार जिल्ला संजाल धादिङका अध्यक्ष गोकर्ण रुपाखेती बताउंछन । रुपाखेतीको नेत्तृत्वमा चार दिन अघि संचारकर्मीहरु सहितको टोलीले तिप्लिङ गाविसको विभिन्न स्थानको स्थलगत भ्रमण समेत गरेको छ ।