एमाओवादीमा आफन्त र नातागोताको बर्चस्व

582 पटक पढिएको

सम्पादक: Dhadingnews.com

– १४९ सदस्यीय केन्द्रीय समितिमा ३० भन्दा बढी ‘ठूला नेता’का परिवारिक सदस्य
– केन्द्रीय समितिमा श्रीमान–श्रीमतीका जोडी मात्रै दस
– एक परिवार एक केन्द्रीय सदस्यको आवाज सम्बोधन हुँदो हो त १४ नयाँ अनुहार केन्द्रीय सदस्यमा पुग्ने थिए ।

perisdandada
काठमाडौं, ७ जेठ । भर्खरै ‘पूर्णता’ पाएको एकीकृत नेकपा माओवादीको केन्द्रीय समितिमा ठूला नेताका पारिवारिक सदस्यको संख्या एकचौथार्ईभन्दा बढी हुन गएको छ ।

विराटनगरमा सम्पन्न एकीकृत नेकपा (माओवादी)को प्रथम राष्ट्रिय सम्मेलनपछि फेरि एकपटक त्यस पार्टीमा पारिवारिक वर्चश्वमा कायम भएको छ ।
एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षीय नेताहरूले विराटनगर सम्मेलनले पार्टीलाई नया“ विचार र गति दिएको दावी गरिरहेका छन् । तर, नेपालका राजनीतिक पार्टीहरूमध्ये एमाओवादी सबैभन्दा बढी परिवारवाद हावी भएको पार्टी बन्न पुगेको छ ।

आफूअनुकूल बहुमत खडा गर्न यसरी नातागोतालाई पार्टीमा हावी गराइएको आरोप छ अध्यक्ष प्रचण्डमाथि । यसले पार्टीलाई थप अधोगतितिर धकेल्ने पार्टीका एक केन्द्रीय सदस्य बताउ“छन् ।

पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईको समूहले केन्द्रीय समिति बहिष्कार गरे पनि पार्टी मुख्यालय पेरिसडा“डामा वैशाख २७ गते पत्रकार सम्मेलन गरी अध्यक्ष प्रचण्डले केन्द्रीय सदस्यहरूको सूची सार्वजनिक गरेका थिए । त्यस सूचीमा केन्द्रीय सदस्यमा प्रस्तावित १५ जनाको नाम समावेश गरिएको थिएन । टोपबहादुर रायमाझीले १५ जनाको प्रस्तावित नाम फिर्ता लिएपछि ८४ जनालाई सर्वसम्मतिमा केन्द्रीय सदस्य बनाइएको थियो ।
दुबै पक्षबीच ‘कुराकानी मिलेपछि’ मंगलबार केन्द्रीय समिति विस्तार गरेर १४९ सदस्यीय बनाइको छ ।

तर, रमाइलो के छ भने १४९ केन्द्रीय सदस्यमध्ये ३० भन्दा बढी ठूला नेताका परिवारका सदस्य हुन् । श्रीमान–श्रीमतीका दस जोडी पनि केन्द्रीय समितिमा आएका छन् । उनीहरू यसअघि पनि पटक–पटक केन्द्रीय सदस्य भइसकेका छन् ।

एमाओवादीले विराटनगर सम्मेलनबाट परिवारका एक जनालाई मात्र केन्द्रीय सदस्य मनोनित गर्ने नीति लिएको भए कम्तिमा १४ नया“ अनुहारले केन्द्रीय समितिमा स्थान पाउने थिए ।

विराटनगर सम्मेलनबाट प्रचण्डले भाई नारायण दाहाललाई केन्द्रीय सदस्य मनोनित गरेका छन् । त्यसैगरी, केन्द्रीय समितिमा मनोनित वर्षमान पुन–ओनसरी घर्ती, लिलामणी पोखरेल–शशी श्रेष्ठ, शक्तीबहादुर बस्नेत–सत्या पहाडी, विश्वभक्त दुलाल–अञ्जना विशंखे, विश्वनाथ साह–सीता पोखरेल, गणेशमान पुन–कमला रोका, रेखा शर्मा–कृष्णध्वज खड्का पति–पत्नी हुन् ।
अग्नी सापकोटा र कृष्णप्रसाद सापकोटा दाजुभाई हुन् भने हरिवोल गजुरेल र झक्कुप्रसाद सुवेदी सम्धी–सम्धी हुन् ।

स्रोतका अनुसार एउटै परिवारबाट पटक–पटक केन्द्रीय सदस्य मनोनित नगर्न र नेतृत्व परीक्षण हुन बा“की नया“ अनुहारलाई अवसर दिन प्रतिनिधिहरूले ठूलै आवाज उठाएका थिए । तर, प्रचण्ड र उनी निकटकाहरूले वास्तै गरेनन् । यस्तो आवाज उठाउनेलाई ‘अराजक’ भन्दै प्रत्यक्ष–अप्रत्यक्ष रूपमा धम्क्याइएको काठमाडौं जिल्लाबाट विराटनगर सम्मेलनमा प्रतिनिधित्व गरेका एक प्रतिनिधि बताउ“छन् ।

जेठ ६ गते विस्तारित एमाओवादी केन्द्रीय समितिमा थप तीन जोडी परेका छन् । डा. बाबुराम भट्टराई–हिसिला यमी, देवेन्द्र पौडेल–वलावती शर्मा, देवेन्द्र पराजुली–कल्पना धमलाको जोडीले प्रवेश पाएका हुन् । ८४ जनाको केन्द्रीय समितिमा सात जोडी थिए ।
विस्तारका क्रममा साली–भिनाजु पनि एमाओवादीको केन्द्रीय समितिमा पुगेका छन् । देवी खड्का र गंगा कार्की साली भिनाजु हुन् । रोचक के भने साली देवी बाबुराम भट्टराई गुृटबाट र भिनाजु गंगा प्रचण्ड गुटबाट केन्द्रीय सदस्य भएका हुन् । गुटकै कारण यी साली–भिनाजुबीच बोलचाल बन्द छ ।
केन्द्रीय सदस्य मनोनित हुने भाग्यमानी चूडामणि खड्का प्रचण्डका सम्धीका ज्वाईँ अर्थात् महाज्वार्इँ हुन । खड्का प्रचण्डका स्वकीय सचिव पनि हुन् ।
‘यसअघिका केन्द्रीय सदस्यहरूको नेतृत्व परीक्षण भइसकेकाले उनीहरूलाई कुनै विभागीय जिम्मेवारी दिएर नया“लाई अवसर दिनु पर्छ भन्ने आवाजको कदर भएन,’ पूर्वकेन्द्रीय सदस्यसमेत रहेका ती प्रतिनिधि भन्छन् ।
उनका अनुसार परिवारै राजनीतिमा आवद्ध हु“दा अपारदर्शी आय र भ्रष्टाचार हुने भएकोले परिवारबाट एक जना मात्र पूर्णकालीन हुने र अरूले आयआर्जनको उपाय अपनाउनु पर्ने सुझाव पनि विराटनगर सम्मेलनमा दिइएको थियो । तर, यो सुझावलाई पनि शीर्ष नेतृत्वले वास्ता नगरेको एमाओवादीको केन्द्रीय समितिमा पुगेकाहरू नै बताउँछन् ।

–पुलेसो समाचार