नेपाली श्रष्टाहरू भारततर्फ

811 पटक पढिएको

सम्पादक: Dhadingnews.com

माधव अधिकारी
काठमाडौं ,१५ जेठ

नेपाली श्रष्टाहरूको एउटा समूह विहीबारदेखि भारत यात्रामा निस्केको छ । सिलिगुडी, कालिम्पोङ् र सिक्किममा काविता उत्सव गर्न सो समूह भारततर्फ लागेको हो । देवकोटा लुसुन प्रज्ञाप्रतिष्ठानको परिकल्पना र प्रेस क्लब आफ सिक्किमको औपचारिक निमन्त्रणामा भ्रमणको आयोजनका गरिएको हो । कार्यक्रमलाई सिलिगुडीमा कवि भक्त राई स्मृति मण्डप र कालिम्पोङ्मा सडक कविता समूहले सह–संयोजन गर्दैछन् ।
यात्रामा समालोचक निनु चापागाइँ, कवितहरू विवश पोखरेल, हरिगोविन्द लुइँटेल, कृष्ण प्रसाइँ, प्रतीक ढकाल, भूपिन, ज्योति जङ्गल, हेमन्त विवश, महेश पौड्याल, हेमन यात्री, सीमा आभास, हेम प्रभास, र राबत तथा पत्रकार पर्वत पोर्तेल समेल छन् । श्रष्टाहरूले सिलिगुडी, कालिम्पोङ् र गान्तोकमा कविता उत्सव सम्पन्न गर्नेछन् ।

नेपालीभाषी श्रष्टाहरूका बीच प्रेम, सदभाव र आपसी समझदारी बढाउनु कार्यक्रमको उद्देश्य रहेको कार्यक्रमका सह–संयोजक महेश पौड्यालले बताए । “हामी भारतका अन्य नेपाली भाषी क्षेत्रमा पनि निकट भविष्यमा यस प्रकारका उत्सव सम्पन्न गर्नेछौं,” पौड्यालले भने ।