पशुपति शर्माको गीत छापिएको पाठ्यपुस्तक खारेज

719 पटक पढिएको

सम्पादक: Dhadingnews.com

pashupati 1पशुपति शर्माको उरन्ठ्याउलो गीत छापिएपछि पाठ्यपुस्तक नै खारेजीमा परेको छ । पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृती नलिई पुस्तक बजारमा ल्याएपछि उक्त पुस्तक खारेजीमा परेको हो ।

पाठ्यपुस्तकको स्वीकृतीे प्रक्रिया पूरा नगरेको हुँदा उक्त पाठ्यपुस्तक स्वीकृत नगरिने पाठ्यक्रम विकास केन्द्रले जनाएको छ । शिक्षा मन्त्रालयले पाठ्यक्रम विकास केन्द्रलाई पत्र लेखि कार्वाही प्रक्रिया अगाडी बढाउन भनेपछि पाठ्यक्रम विकास केन्द्रले कार्वाही प्रक्रियालाई अगाडी बढाउन बाध्य भएको हो ।

शिक्षा मन्त्रालयले पत्र लेखि गीतको बारेमा मन्त्रालयको ध्यान आकर्षण भएको र के, कसरी यस्तो गीत पाठ्यपुस्तकमा छापिएको हो यसको जवाफ मागेको मन्त्रालय स्रोतले बतायो ।

कक्षा ७ को सामाजिक अध्ययन तथा जनसंख्या शिक्षा पाठ्यपुस्तकको पेज ५९ मा आजकाल मेरो के बस्यो वानी, पढाईतिर झ्याप्पै ध्यान नजानी, क्याम्पस पढ्न आउने, सरले उता पढाउने हाम्ले आँखा झिम्क्याउने चित्त बुझाउने …..
बोलको दोहोरी गीत छापिएको फेला परेपछि यस बिषयको समाचार नेपाली कलाले उठान गरेको थियो ।

अल्फाबेट बुक्स प्रा.लि.काठमाण्डौंले पाठ्यक्रम विकास केन्द्र सानोठिमी भक्तपुरबाट स्वीकृत भनि ल्याएको पाठ्यपुस्तक हो । तर उरठ्याउलो गीत छाप्ने प्रकाशकले बजारमा ल्याएको उक्त पाठ्यपुस्तक पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृत नभएको अर्को रहस्य खुलेको छ ।

शिक्षा मन्त्रालयले पत्र लेखेको र उक्त पाठ्यपुस्तक पाठ्यक्रम विकास केन्द्र, सानोठिमीबाट स्वीकृत नभएको केन्द्रले पुष्टि गरेको छ ।
केन्द्रका निर्देशक दिवाकर ढुंगेलले मन्त्रालयबाट पत्र आएको र पत्रमा पाठ्यपुस्तकमा छापिएको गीतको कुरा उल्लेख भएको बताए । समाचार प्रकाशित भएपछि केन्द्रले पनि कार्वाहीको प्रक्रिया बढाएको छ निर्देशक ढुंगेलले भने–क्षेत्रिय शिक्षा निर्देशनालय र शिक्षा कार्यालयबाट जानकारी मागको लागि शिक्षा विभागलाई पत्र लेखिसकेका छौं ।
उनले उक्त पाठ्यपुस्तक पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृत पाठ्यपुस्तक नभएको स्पष्ट पारे ।
यहाँबाट स्वीकृत भएको पाठ्यपुस्तक होइन, यसरी गैरकानूनी रुपमा पाठ्यपुस्तक बिक्री गर्ने प्रकाशकलाई कार्वाही हुन्छ, हामी कस्तो कार्वाही गर्ने भन्ने बिषयमा छलफलगरी प्रक्रिया पुर्याउँदै छौं ।
geet_nepalikalaउनले पाठ्यक्रम विकास केन्द्रबाट अस्वीकृत पाठ्यपुस्तक पढाइरहेका विद्यालयलाई समेत कार्वाही हुनसक्ने बताए ।

संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ मा विद्यालयमा नेपाल सरकारबाट स्वीकृत पाठ्यक्रम, पाठ्यपुस्तक तथा पाठ्यसामग्री लागू गर्नुपर्नेछ भन्ने बुदालाई विद्यालयको काम कर्तव्य भनि लेखेको छ ।
केन्द्रका प्रबक्ता गणेश भट्राईले मन्त्रालयले प्रकाशकलाई कार्वाही गर्न भन्दै पत्र केन्द्रमा पत्राचार गरेको बताए ।
मन्त्रालयलाई स्वीकृत नभएका पाठ्यपुस्तक भन्ने जानकारी नभएर गीतको मात्रै कुरा लेखेको हुनसक्ने संकेत गर्दै भट्राईले भने यस विषयले सबैको ध्यान तानेको उल्लेख गरे ।

उनले पाठ्यपुस्तक नै स्वीकृत नगरी पाठ्यक्रम विकास केन्द्रको नाम छापेको हुँदा प्रकाशक कार्वाहीको दायरामा आउने बताए ।
कक्षा ७ को सामाजिक अध्ययन तथा जनसंख्या शिक्षा पाठ्पुस्तकको युनिट २ को हाम्रा सामाजिक मूल्य र मान्यता -Social Norms and Values_  को छैठौं पाठ नेपाली लोक संस्कृति -Folk Cultures of Nepal_  को लोक गीतहरु -Folk Songs_  भागमा उक्त गीत उदाहरणको रुपमा दिइएको छ । उक्त पाठ्यपुस्तक लेखकको रुपमा पेशल लुइटेल छन् भने सम्पादकको रुपमा एल पि शर्मा (भेटवाल) छन् ।

अल्फाबेट बुक्स प्रा.लि.काठमाण्डौंले बजारमा ल्याएको कक्षा ७ को उक्त पाठ्यपुस्तकको मूल्य ३ सय ६० राखिएको छ ।

संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ मा जिल्ला शिक्षा कार्यालयले विद्यालयहरुमा पाठ्यपुस्तका लगायतका सामग्री विक्रिमा रोक लगाउने र जिल्ला अन्तर्गतका संस्थागत विद्यालयहरुको अनुगमन एवम् निरीक्षणको लागि निरीक्षण टोली खटाई पाठ्यपुस्तक लगायतको निरीक्षण गरी गराई नियमानुसार गर्न लगाउने र सोको प्रगति क्षेत्रिय शिक्षा निर्देशनालय र शिक्षा विभागमा पठाउने भनेको छ । तर शिक्षा कार्यालयबाट जिल्लामा पाठ्यपुस्तकको अनुगमन भएको देखिदैन नेपाली कला डट कमले खबर लेखेको छ ।

कृष्ण मल्ल बुटवल