पाँच जिल्ला पहिलो पूर्ण साक्षर बन्ने होडमा

643 पटक पढिएको

सम्पादक: Dhadingnews.com

educationकाठमाडौं । आफू कार्यरत जिल्लालाई ‘पहिलो पूर्णसाक्षर जिल्ला’का रुपमा घोषणा गरी गौरव प्राप्त गर्ने प्रतिस्पर्धामा जिल्ला शिक्षा अधिकारीहरु उत्रिएका छन् ।

राष्ट्रसंघीय शैक्षिक, सांस्कृतिक तथा वैज्ञानिक संगठन युनेस्कोले कम्तीमा ९५ प्रतिशत साक्षर भएमा पूर्ण साक्षरका रुपमा घोषणा गर्न सक्ने प्रावधान कार्यान्लयनमा ल्याएको गोरखापत्रमा खबर छ ।

सोअनुरुप नेपाल सरकारले गत चैतमा साक्षरता प्रतिशत ९५ पुगेमा पूर्णसाक्षर जिल्लाका रुपमा घोषणा गर्न सकिने भनेर निर्णय गरेको थियो । जिल्ला शिक्षा अधिकारीहरु सोही निर्णयलाई टेकेर पूर्णसाक्षर जिल्लाका रुपमा घोषणा गर्न प्रतिस्पर्धामा उत्रिएका हुन् ।

ललितपुर, सिन्धुपाल्चोक, चितवन, धादिङ, मुस्ताङलगायतका जिशिअले आगामी असारभित्रै पूर्णसाक्षर जिल्ला घोषणा गर्ने अन्तिम तयारीमा छन् । तर कसले पहिलो हुने गौरब प्राप्त गर्नेछ भन्ने चासोको विषय बनेको छ ।