यूएईमा ज्यान गुमाएका कटुञ्जे गाविस वडा नम्बर ६ का धनबहादुर तामाङको परिवारलाई ४० लाख सहयोग

691 पटक पढिएको

सम्पादक: Dhadingnews.com

 

दुबई – वैदेशिक रोजगारीका लागि यूएईमा ज्यान गुमाएका धादिङको कटुञ्जे गाविस वडा नम्बर ६ का धनबहादुर तामाङको परिवारलाई युएईमा कार्यरत नेपालीले आर्थिक सहयोग गरेका छन् ।

यूएईमा ज्यान गुमाएका धादिङको कटुञ्जे गाविस वडा नम्बर ६ का धनबहादुर तामाङको परिवारलाई उहाँ कार्यरत कम्पनीमा रहेका नेपालीले ४० लाख रुपैयाँ आर्थिक सहयोग गरेका हुन् ।

तामाङको केही समय अघि हृदयघातका कारण ज्यान गएको थियो । कम्पनीका सेक्युरिटी अफिसर रामेछापका टंकप्रसाद कडेंलको सक्रियतामा सकंलन गरिएको करिब ४० रुपैयाँ मृतकका परिवारलाई बुधबार हस्तान्तरण गरिएको हो । तीन वर्ष अघि युएई पुगेका तामाङको दुई महिना अघि सुतेकै अवस्थामा ज्यान गएको थियो ।

कम्पनीमा कार्यरत नेपालिहरुको अग्रसरतामा कम्पनी बाहिरका नेपाली र कम्पनीमै कार्यरत बङगाली, भारतीय, पाकिस्तानी कामदारबाटसमेत गरी करिब २९ हजार यूएई दिराम्स सकलन गरिएको हो । त्यस्तै कम्पनी मालिकले १२ हजार यूएई दिराम्स सहयोग गरेका थिए ।