एमाले महाधिबेशन प्रतिनिधि छनौटमा धादिङमा जिफण्ट अध्यक्ष थापा निर्विरोध, ओली पक्षवाट शुभ संकेत देखिएको प्रतिकृया

878 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ–एमालेको नवौं महाधिबेशनमा सहभागी हुने जिल्लाका प्रतिनिधि चयनका लागि धादिङ जिल्लामा एमाले कार्यकर्ताहरुले उम्मेदवारी दर्ता गराएका छन । जिफन्ट अध्यक्ष विमल थापा सर्वसम्मतवाट महाधिवेशन प्रतिनिधिमा चयन भएका छन । थापा संगै उम्मेदवारी दिएका नेपाल स्वतन्त्र यातायात मजदुर संगठनका अध्यक्ष छविलाल श्रेष्ठको प्राविधिक कारणले उम्मेदवारी फिर्ता भएपछि थापा निर्विरोध भएका हुन । थापा ओली पक्षधर हुन । थापाको चयन पछि ओली पक्षका युवा नेता नरेश खतिवडाले धादिङमा प्रतिनिधि चयनमा ओली पक्षधरलाई शुभ संकेत देखिएको प्रतिकृया दिएका छन ।
प्रतिनिधि चयनका लागि शुक्रवार जिल्लाको क्षेत्र नम्बर २ र ३ मा मनोनयन दर्ता सम्पन्न भएको छ । क्षेत्र नम्बर १ को भुगोल दुर्गम रहेका कारण शनिवारमात्रै प्रक्रिया शुरु हुने वताईएको छ । प्रतिनिधि चयन हुनका लागि क्षेत्र नम्बर ३ मा ७ जनाका लागि २० जनाले नाम दर्ता गराएका छन । एक महिला सहित सात जना प्रतिनिधि छनौट हुने क्षेत्र नम्बर ३ मा टापवहादुर श्रेष्ठ, भुमि त्रिपाठी,शिव कंडेल,देव त्रिपाठी,मिनराज कंडेल,गिरीराज कंडेल,गोविन्द कंडेल,कृष्ण पन्त, नेत्रराज पौडेल,कृष्णहरी श्रेष्ठ र वालकृष्ण आचार्यले नाम दर्ता गराएका छन । यसैगरी विनोद पाण्डे,अप्सरा उप्रेती,माया कंडेल,अम्विका रुपाखेती,सरस्वती श्रेष्ठ,राजेन्द्र अर्याल,नविन रिजाल,शुरेश आचार्य र ध्रुव शर्माले पनि प्रतिनिधि चयनका लागि नाम दर्ता गराएका छन । प्रतिस्पर्धामा उत्रिएका मध्ये भुमि त्रिपाठी,नेत्रराज पौडेल,गिरीराज कंडेल,कृष्णहरी श्रेष्ठ,कृष्ण पन्त,अम्विका रुपाखेती र ध्रुव प्रसाद शर्मा ओली पक्षधर मानिन्छन ।
SAM_2905चौध गाविस रहेको धादिङ क्षेत्र नम्बर ३ को प्रतिनिधि चयन भेला शनिवार बैरेनीमा सम्पन्न हुने भएको छ ।
यसैगरी २ महिला सहित १० जना प्रतिनिधि चयन हुने क्षेत्र नम्बर २ मा २८ जनाले नाम दर्ता गराएका छन । यसरी नाम दर्ता गराउनेहरुमा गुरुप्रसाद वुर्लाकोटी,शिवराज सापकोटा,हरीप्रसाद शर्मा,वेदवहादुर खांड,अर्जुनकुमार श्रेष्ठ गोर्खाली,रामप्रसाद अधिकारी,सविता अर्याल,कृष्णप्रसाद अर्याल,धर्मजित तामाङ,खुनराज थापामगर,सुवाष खतिवडा,जगन्नाथ तिमिल्सिना,जगन्नाथ नेपाल,अमृता रेशमी रहेका छन । त्यसैगरी केदारनाथ खतिवडा,गुणराज खतिवडा,गंगादेवी श्रेष्ठ,जानुका सिम्खडा,जीतलाल गुरुङ,खेमप्रसाद लोहनी,लक्ष्मण शर्मा,गोकर्ण रुपाखेती,रमेशकुमार आचार्य,पार्वती खांड चाम्लिङ,धर्मवहादुर अर्याल,हेमराज छत्कुली,खेमवहादुर पाठक र देवेन्द्र अधिकारी रहेका छन ।
एक नगरपालिका सहित १२ गाविस रहेको क्षेत्र नम्बर २ वाट महाधिवेशन प्रतिनिधिमा चयन हुनका लागि २८ जनाले नाम दर्ता गराएपनि प्रतिस्पर्धामा भने पुरुष तर्फ खेम लोहनी,जगन्नाथ नेपाल,केदारनाथ खतिवडा, लक्ष्मण शर्मा,रमेश आचार्य,गोकर्ण रुपाखेती,जितलाल गुरुङ,जगन्नाथ तिमिल्सिना का साथै गुरुप्रसाद वुर्लाकोटी,अर्जुनकुमार श्रेष्ठ गोर्खाली,कृष्ण अर्याल, रामप्रसाद अधिकारी, खेमवहादुर पाठक,सुवाष खतिवडा र धर्मजित तामाङ बिच प्रतिस्पर्धा हुने एमाले कार्यकर्ताहरुले वताएका छन । प्रतिस्पर्धामा रहेका मध्ये पहिलो समुह ओली पक्ष र दोश्रो समुह नेपाल पक्ष नजिक रहेको वताईएको छ ।क्षेत्र नम्बर २ मा दुई जना महिला प्रतिनिधिका लागि गंगादेवी श्रेष्ठ,जानुका सिम्खडा,पार्वती खांड चाम्लिङ र सविता अर्यालका बिच कडा प्रतिस्पर्धा हुने देखिएको छ । महिला समुहमा पनि पहिलो समुह ओली पक्ष र दोश्रो समुह नेपाल पक्ष रहेको एमालेका एक जिल्ला सदस्यले वताए । SAM_2903
जिल्लाभरीवाट दलित तर्फदुई जना प्रतिनिधिका लागि पांच जना प्रतिस्पर्धामा उत्रने भएका छन । मैदानमा उत्रिएका दलितहरुमा कुलमान विक,कृष्ण दुधराज,गोपि सुनार ,चतुरवहादुर विक र ध्रुवराज विक रहेका छन । क्षेत्र नम्वर २ र दलित तथा मजदुरको तर्फवाट प्रतिनिधि चयन भेला धादिङबेसी स्थित एमाले पार्टी कार्यालय र क्षेत्र नम्बर १ को सल्यानटारमा हुनेछ ।