काठमाण्डौमा बाल क्लबको सम्मेलन- बालबालिकाले बनाए परिर्वतनको योजना

628 पटक पढिएको

सम्पादक: Dhadingnews.com

 माधव अधिकारी

10473945_10202055193082302_1662804395_nकाठमाण्डौ- धादिङ, ललितपुर र काठमाण्डौका चारवटा बाल क्लबको सम्मेलन राजधानीमा सम्पन्न भएको छ । भेलामा सहभागी बालबाकिाले सामाज र बालबालिकाको स्थितिमा परिर्वतन ल्याउन र्कायोजना बनाएका छन् । धादिङमा गठित वनफूल बाल क्लब, चाईल्ड यूनिटी बाल क्लब, ललितपुरको वनफूल बाल क्लब र काठमाण्डौस्थित एपेक्स बाल क्लबका ५० जना प्रतिनिधिले सामाजिक परिर्वतन र बाल हकहितका बारेमा ब्यापक छलफल गरी योजना बनाएका हुन् । उनीहरुले क्लबको प्रगति प्रतिवेदन प्रस्तुत गरी विगतका कामको समीक्षा पनि गरे । उत्साही बालबाकिालाई यो अवसर जुटाएको थियो, अमेरिकी दुूतावास अन्र्तरगत सञ्चालित युवा परियोजना ‘रिचिङ आउट युथ’ ले । सम्मेलनमा साथीसँग मनका कुरा रेडियो कार्यक्रमका सञ्चालक आयुष जोशी, बाल साहित्यकार तथा समालोचक महेश पौड्याल ,युवा अधिकारकर्मी अब्दुस मियाँ ,सन्तोष ओझा ,उर्सुला सिंह र कञ्चन खरेलले बालबालिकालाई विविध बिषयमा प्रशिक्षण दिएका थिए । अमेरीकी दूतावास प्रतिनिधि मीना कैनीको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन समारोहमा बाल साहित्यकार कार्तिकेय घिमिरेले बालबालिका परिर्वतनका संवाहक भएको बताए । आयोजक ‘रिचिङ आउट युथ’ का संयोजक प्रवीण श्रेष्ठ सभापति रहेको कार्यक्रममा विमला भट्टराईले स्वागत मन्तब्य राखेकी थिइन् । सम्मेलनको सञ्चालन गणेश ढुङ्गानाले गरेका थिए । ‘रिचिङ आउट युथ’ले धादिङको कालीदेवी मा.वि. र ललितपुरस्थित भीमसेन मा.वि.मा बाल क्लब गठन गरी सहजीकरण गर्दै आएको छ ।