एमाओवादी धादिङको अध्यक्षमा रामवहादुर भण्डारी

708 पटक पढिएको

सम्पादक: Dhadingnews.com

केशव अधिकारी SAM_3210 copyधादिङ–एकीकृत नेकपा माओवादी धादिङको अध्यक्षमा रामवहादुर भण्डारी चयन हुनुभएको छ । असार १४ र १५ गते बसेको पार्टीको जिल्ला समिति बैठकले भण्डारीको अध्यक्षतामा १७ सदस्यिय सचिवालय समितिको समेत गठन गरेको छ । एमाओवादीे धादिङ जिल्ला समितिका जेष्ठ सदस्य एवम सो पार्टीका संस्थापक नेता चक्रबहादुर भण्डारीको अध्यक्षतामा बसेको बैठकले रामवहादुर भण्डारीको अध्यक्षतामा जिल्ला कार्य समितिको चयन गरेको हो । बहुपदिय प्रणालीमा गएपछि पहिलो पटक गठन भएको जिल्ला समितिको उपाध्यक्षमा राजु नेपाल,सचिवमा धनवहादुर बुर्लाकोटी,सह सचिवमा मनराज भण्डारी र कोषाध्यक्षमा विरवहादुर तामाङ चयन हुनु भएको छ । यसैगरी बैठकले जिल्ला सम्मेलनवाट गठन भएको ३८ सदस्यिय कार्य समितिमा थप १४ जनालाई मनोनित गरेर १७ सदस्यीय सचिवालय समितिको समेत व्यवस्था गरेको वताईएको छ । जिल्ला सम्मेलनबाट निर्वाचित ३८ जना जिल्ला समितिमध्ये पुष्पविक्रम मल्ल केन्द्रीय सदस्यमा निर्वाचित भएपछि मल्लको स्थानमा समेत नयां सदस्य मनोनित गरिएको थियो । पार्टीको जिल्ला अध्यक्षको जिम्मेवारी सम्हाले लगत्तै भण्डारीको नेत्तृत्वमा आईतवार पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी जिल्ला समितिको वारेमा जानकारी गराईएको हो । जिल्ला समितिको सचिवालय चयनका लागि कार्य समितिका सदस्यहरुका बिच मतदान समेत भएको एक जिल्ला सदस्यले वताए । मतदान प्रक्रियावाट चयन गरिएको १७ सदस्यिय सचिवालय समितिमा रामबहादुर भण्डारी,राजु नेपाल,धनबहादुर बुर्लाकोटी,मनराज भण्डारी,चम्पासिंह तामाङ, सिर्जना रिजाल,कृष्ण थपलिया,रामबहादुर थापा,सन्तोष सिटौला रहेका छन । त्यसैगरी सुवास अधिकारी,ठाकुर पुडासैनी, राजन रेग्मी,शंकर अधिकारी,दिपक विश्वकर्मा,सोम्बले तामाङ (अक्कल),रामसिंह तामाङ र झम्क परियार रहेको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो । जिल्ला समितिको पदाधिकारी चयनका लागि बसेको जिल्ला समितिको बैठकमा एमाओवादीका पोलिटब्यूरो सदस्य तथा ताम्सालिङ राज्य समिति इञ्चार्ज नारायण दाहाल को प्रमुख आतिथ्य एवम पोलिटब्यूरो सदस्य तथा धादिङ ईञ्चार्ज हितबहादुर तामाङ, केन्द्रीय सदस्य तथा केन्द्रीय शिक्षा विभाग सदस्य पुष्पविक्रम मल्ल र सोही पार्टीका केन्द्रीय सल्लाहकार परिषद सदस्य बेदनिधि अधिकारीको आतिथ्य रहेको वताईएको थियो ।

को हुन रामवहादुर भण्डारी ?

एकीकृत नेकपा माओवादी भित्र ज्युंदो शहिदको उपनामले चिनिनु हुने रामवहादुर भण्डारी पुराना वामपन्थी कार्यकर्ता हुनुहुन्छ । २०१५ साल कात्तिक १० गते आगिन्चोक गाविसमा जन्मनु भएका भण्डारी निम्नमध्यम वर्गिय किसान परिवारको प्रतिनिधित्व गर्नुहुन्छ । २०३६ सालमा अखिल नेपाल किसान संघ २००७ को सदस्य भएर कम्युनिष्ट पार्टीमा आवद्ध हुनुभएका भण्डारी तत्कालिन वामपन्थी संगठन नेकपा चौम,संयुक्त जनमोर्चा नेपाल, नेपाल कम्युनिष्ट पार्टी माओवादी हुंदै वर्तमान एकीकृत नेकपा माओवादीमा आवद्ध हुनुहुन्छ । शशस्त्र युद्धका वेला दुई भाई छोरा गुमाउनु भएका ( हाल सम्म वेपत्ता) भण्डारी आंफैले पनि निकै कठिन जिवन यात्रा पार गर्नु भएको थियो । भुमिगत संगठन नेकपा माओवादीको जिल्ला स्तरीय नेता भएको आरोपमा २०५५ साल जेठमा नेपाल प्रहरीले भण्डारीको ज्यान लिने आशयले गोली हानी आक्रमण गरेको थियो । गोली लागेर घाईते हनुभएका भण्डारीलाई उपचारकै क्रममा स्थानीय प्रशासनले हिरासतमा राखी जेल पठाएको थियो । ३ बर्ष २ महिना ७ दिन जेल जिवन विताउनु भएका भण्डारीले यस अघि किसान संघको जिल्ला सदस्य हुंदै जिल्ला अध्यक्षको जिम्मेवारी समेत सम्हालि सक्नु भएको छ । त्यसैगरी शशस्त्र द्धन्द्धका वेला तत्कालिन नेकपा माओवादीको जिल्ला जनसरकार प्रमुख हुंदै पार्टी खुल्ला राजनितिमा आएपछिजिल्ला समितिको सह इन्चार्ज र राज्य समितिको सचिवालय सदस्य समेत भईसक्नु भएको छ । यसै गरी पार्टी निकट रहेको शहिद तथा वेपत्ता परिवार समाजका केन्द्रिय सदस्य समेत रहनु भएका भण्डारी स्थानीय शान्ति समिति धादिङको संयोजक समेत हुनुहुन्छ ।