कहिले कहिले भए एमालेको महाविधेशन

1082 पटक पढिएको

सम्पादक: Dhadingnews.com

कहिले कहिले भए एमालेको महाविधेशन

 

काठमाडौं, १५ असार – एमालेको नवौं महविधेशनको यही १९ गतेबाट राजधानीमा हँदैछ ।

नवौं महाविधेशन व्यापक चर्चा र परिचर्चा भइरहेको बेला नेपाल कम्युनिष्ट पार्टीको  प्रथम महाविधेशन भने २०१० माघ १७ म भूमिगत रुपमा भएको इतिहास छ ।

ललितपुरको पाटनमा उद्घाटन भएर काठमाडौं र पाटनमा नौ दिन चलेको महाधिवेशनले मनमोहन अधिकारीलाई महासचिवमा निर्वाचित गरेको थियो । पहिलो महाधिवेशनको चार वर्र्षपछि दोस्र्रोे महाधिवेशन २०१४ साल जेठ १५ देखि २५ मा काठमाडौंको फोहरा दरबारमा खुला रुपमा सम्पन्न भयो । यो महाधिवेशनमा डा केशरजंग रायमाझी महासचिवमा निर्वाचित भए ।

दुई–दुई वर्र्षमा महाधिवेशन गर्ने निर्णय दोस्रोे महाधिवेशनले ग¥यो तर त्यसको पाँच वर्र्षसम्म डा. रायमाझी महासचिव भइरहे । तेस्रोे महाधिवेशन २०१९ साल वैशाख ४ देखि १५ सम्म सञ्चालन भयो । महासचिवमा तुलसीलाल अमात्य छानिए । महाधिवेशनले ५१ सदस्यीय राष्ट्रिय परिषद् र ७ सदस्यीय सचिवालय निर्वाचित ग¥यो । यही महाधिवेशनले डा. रायमाझीलाई कारबाही ग¥यो ।

कारबाही गरेपछि २०२३ मा डा. रायमाझीको समूहले पुनः तस्रोे महाधिवेशन ग¥यो ।      तस्रोे महाधिवेशनद्वारा गठित केन्द्रीय कार्यकारिणी  समिति विवादका कारण निष्क्रिय रहेको अवस्थामा २०२४ सालमा पुष्पलाल श्रेष्ठ पक्षबाट केन्द्रीय समिति बनाउँदै २०२५ साल जेठमा तस्रोे सम्मेलन गरी बेग्लै पार्टीको घोषणा भयो । पुष्पलाल महामन्त्री बने ।

मोहनविक्रम सिंहको नेतृत्वमा २०३१ साल भदौ ३० देखि असोज ७ गतेसम्म भारतमा चौथो महाधिवेशन भयो । फुट र गुटमा रुमलिएको कम्युनिस्ट आन्दोलन अघि बढिरहेको समयमा २०३५ पुस १३ मा नेकपा (माले) स्थापना भयो ।

स्थापनासँगै सिपी मैनाली महासचिव बने । २०३९ मा मालेको महासचिव झलनाथ खनाल बने । उनी २०४६ भदौ ९ सम्म महासचिव रहे । २०४६ साल भदौ ९ देखि १४ सम्म सिराहामा भूमिगत रुपमै चौथो महाधिवेशन भयो । मदन भण्डारी महासचिव निर्वाचित भए ।

२०४६÷०४७ को ऐतिहासिक जनआन्दोलन सफल भएपछि माले र माक्सवादी एकीकरण भए । यो एकीकरणपछि पाचौं राष्ट्रिय महाधिवेशन भयो । मनमोहन अधिकारी अध्यक्ष र मदन भण्डारी महासचिव बने ।

एकीकरणपछि बनेको नेकपा एमालेले छैटौं महाधिवेशन २०५४ माघ १२ देखि १८ सम्म नेपालगञ्जमा सञ्चालन ग¥यो । महाधिवेशनले मनमोहन अधिकारी अध्यक्ष र माधवकुमार नेपाल महासचिव बने । एमालेको पार्टीको सातौं राष्ट«िय महाधिवेशन २०५९ माघ १८ देखि २२ सम्मा जनकपुरमा सम्पन्न भयो ।

यो महाधिवेशनले माधवकुमार नेपाललाई महासचिवमा निर्वाचित ग¥यो । आठौं महाधिवेशन २०६५ फागुन ५ देखि १४ सम्म बुटवलमा सम्पन्न भयो । महाधिवेशनले झलनाथ खनाललाई अध्यक्षमा निर्वाचित ग¥यो ।

केपी शर्मा ओली १ सय २८ मतान्तरले पराजित भए । अब यही असार १९ देखि २४ गतेसम्म काठमाडौंमा नवौं महाधिवेशनको अन्तिम तयारी भइरहेको छ ।

-(ओएनएस)