खनाल सन्तुलित, नेपाल रक्षात्मक, ओली ढुक्क

727 पटक पढिएको

सम्पादक: Dhadingnews.com

jnकाठमाडौँ, – नेकपा (एमाले) को नवौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा पार्टीका शीर्ष नेताहरुले पार्टीको आन्तरिक एकतालाई बलियो बनाउँदै जनताको हित हुने गरी सामाजिक रुपान्तरणमा पार्टीलाई राष्ट्रिय राजनीतिको मूलधार बनाउने उद्घोण गर्नुभएको छ । उहाँहरुले अब उत्पादन, निर्माण र रुपान्तरणको पार्टी बन्नुपर्ने तथा जनताको बहुदीय जनवादलाई दक्षिण एसिया हुँदै विश्वमा फैलाउने काम एमालेले गर्नुपर्ने समान मत पनि व्यक्त गर्नुभयो । नेताहरुबीच समूहगत चुनावी प्रतिस्पर्धा र प्रचार देखिएका बेला उद्घाटनका सत्रमा उहाँहरुले पार्टी एकतावद्ध र सुदृढ हुने जनाएर प्रतिनिधिलाई पनि त्यही भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको छ ।

अध्यक्ष झलनाथ खनालले एकतावद्ध राजीतिक दस्तावेज प्रस्तुत हुने महाधिवेशन ऐतिहासिक हुने जनाउँदै पार्टीलाई वैचारिक र राजनीतिक रुपमा एकढिक्का गराउने उद्घोष गर्नुभयो । कम्युनिष्ट आन्दोलनको इतिहासमा एमाले निरन्तर लोकतन्त्र र परिवर्तनका निम्ति लडिरहने पार्टीका स्पमा स्थापित भएकाले अब यसको प्रतिस्पर्धामा कुनै पार्टी आउन नसक्ने ठोकुवा गर्नुभयो । लोकतन्त्रलाई सामाजिक न्यायसहित सबै शोषण, दमन, अन्याय, अत्याचार र विभेद्लाई अन्त्य गरेर एमालेले मुलुकको अगुवाई गर्ने बताउनुभयो । खनालले भन्नुभयो, ‘जनताको जिविका, समाजवाद र अधिकार तथा दीगो शान्ति स्थापना गर्ने पार्टी एमाले नै हो । जसले राणातन्त्र र राजतन्त्रके विरुद्धमा लडेर आएको छ ।’
एमाओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन एमालेले चुनौती मोलेर विभिन्न प्रयास गरेको उल्लेख गर्दै उहाँले लोकतान्त्रि समाजवाद स्थापनाको बाटोमा अब हामी शान्तिपूर्णरुपमा अगि बढ्ने चरित्रलाई कायम राखी निरन्तर आफ्नो भूमिका निर्वाह गर्ने बताउनुभयो ।
खनालले पार्टी एक ढिक्का भएन भने क्रान्तिका उपलब्धिलाई जोगाएर लान नसक्ने जनाउँदै भन्नुभयो , ‘महाधिवेशनले यस कार्यधारलाई बुझेर जबजको मार्गदिर्शेमा समाजवादको भविष्यतर्फ दृढ भएर अघि बढ्नका लागि पार्टीमा एकताको विकल्प छैन ।’
उहाँले नेतृत्व निर्माणका सवालमा एकता, अग्रगति र प्रगतिको महाधिवेशन बनाएर देशको रुपान्तरणका लागि एमालेले अगुवाई गर्नुपर्ने बताउनुभयो ।

बरिष्ठ नेता माधवकुमार नेपाल नेपालमा समाजवाद र कम्युनिष्ट आन्दोलनको भविष्यलाई पाँचौ महाधिवेशनले नयाँ उचाई दिएको उल्लेख गर्दै उहाँले पूँजीवादी क्रान्ति र पार्टीको नवनिर्माणका लागि नवौं महाधिवेशन ऐतिहासिक हुने बताउनुभयो । नेपाली समाज पूँजीवाद गएको भन्ने विचारमा एमालेले अरु कम्युनिष्ट दललाई पनि ल्याउन सक्नुपर्ने जनाउँदै यस विचारमा सहमत भए कम्युनिष्ट पार्टीबीच एकता हुन सक्ने धारणा राख्नुभयो ।
पुष्पलाल, मदन भण्डारी र मनमोहन अधिकारीले देखाएको बाटोमा निरन्तर अघि बढ्न सक्नुपर्ने तथा जनताका पीडालाई ध्यानमा राखेर जनताको अधिकारका पक्षमा दृढतापूर्वक क्रियाशील हुन आव्हान गर्नुभयो । उहाँले भन्नुभयो, ‘जनता र कार्यकर्ता एकाकार हुन सकेमा मात्रै एमाले सक्षम पार्टी हुनेछ ।’
उहाँले महाधिवेशनले एकतावद्ध सन्देश दिन सक्ने भन्दै तर प्रतिस्पर्धाबाट तर्सनु नहुने बताउनुभयो । उहाँले सबै नेताको उचित व्यवस्थापन गर्दै सबै नेताको सम्मानसहित पार्टीको गतिशीलतालाई ध्यानमा राख्नुपर्छ भन्नुभयो ।

संसदीय दलका नेता केपी शर्मा ओलीले नवौं महाधिवेशन भव्यताका साथ अनुकूल निर्णयका औचित्यपूर्ण र न्यायपूर्ण एकताका आधारमा अघि बढ्ने बताउनुभयो । राष्ट्रिय हित, सार्वभौकसत्तालाई ध्यानमा राखेर विश्वका शक्तिसँग पारस्परिक हात फैलाउने जनाउनुभयो । मुलुक राजनीतिक आर्थिक संक्रमणको अवस्थामा रहेको अवस्थामा एमाले जबजको मान्यताका आधारमा मुलुकको शान्तिपूर्ण रुपान्तरणमा अब यसकै अगुवाई आवश्यकता रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘पहिलो संविधानसभा असफल हुनुको कारण खोजेर उग्रपन्थी, दक्षिणपन्थी र यथास्थितिवादीका स्वार्थलाई पूरा हुन नदिई मौलिक र राष्ट्रिय दृष्टिकोण बोकेको एमालेको भूमिकाले मात्रै मुलुक सुहाउँदो संविधान दिएर परिवर्तनलाई संस्थागत गर्न सक्दछ ।’

पार्टीका उपाध्यक्ष वामदेव गौतमले अन्तरपार्टी जनवादका नाममा अराजकता गर्नु नहुने भन्दै दुनियाँका अगाडि आफ्ना विचार र योजनाबारे छलफल गरेर त्यसको कार्यान्वयनका लागि सही र सुदृढ नेतृत्व चयन महाधिवेशनबाट बाहिरिनुपर्छ भन्नुभयो । उहाँले नेतृत्व चयनमा विवाद नहुने जनाउँदै भन्नुुभयो, ‘हामी आम कार्यकर्ताको भावनामा चोट पुग्ने गरी कुनै काम गर्ने छैनौ । एकता गरेर देखाइदिनेछौ ।’ तीन वर्ष पहिलो पार्टीको सुदृढीकरण गर्ने १२ बुँदे प्रस्तावका आधारमा पार्टी दोस्रो शक्ति भएको स्मरण गर्दै उहाँले महाधिवेशनले नयाँ एकताको सन्देश दिएमा मुलुकलाई अगुवाई गर्ने पार्टीका रुपमा स्थापित गर्ने बताउनुभयो ।
गौतमले राजतन्त्र ढलेर गणतन्त्र आउनु युगान्तकारी परिवर्तन भएकाले नेपाली समाजलाई समाज दिलाउने अबको दायित्व रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘समाजको विकासको आधारभूत तत्व वर्ग संघर्ष हो यसको माध्यमबाट श्रमजीवी वर्गको नेतृत्वमा वैज्ञानिक समाजवाद स्थापना गर्ने कुुरा महत्वपूर्ण हो । राजनीतिक क्रान्ति पूरा भयो । अब शान्तिपूर्ण र वैधानिक बाटोबाटै मुलुकको सामाजिक अग्रगमनमा जान सकिन्छ ।’
उहाँले २१ औं शताब्दीमा समाजवादमा जाने बाटो फौज वा युद्ध हुन नसक्ने बताउँदै जनताकै बीचबाट प्रतिस्पर्धामा श्रेष्ठ भएर समाजवादमा जान सकिने धारणा राख्नुभयो ।
एमाले सरकारमा सामेल नहुँदा संविधान नबन्ने, सरकार अस्थिर हुने र नेपालमा अस्थिरता हुने देखिएकाले काँग्रससँग मिलेर संयुक्त सरकार गठन गरेको जनाउँदै उहाँले व्यवस्थापिका संसद्बाट पारित भएको सरकारको नीति तथा कार्यक्रममा पनि एक वर्ष संविधान बनाउने तथा मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्रमा लाने, स्थानीय निकायको निर्वाचन गर्ने, मुलुकलाई शान्तिमा रुपान्तरण गर्ने उल्लेख भएको बताउनुभयो ।
उपाध्यक्ष विद्यादेवी भण्डारीले जबजको मार्गदर्शनमा त्यसको सही कार्यान्वयनकर्ता पार्टीका रुपमा एमालेलाई रुपान्तरण गर्न महाधिवेशन महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।

पौडेल र नेम्वाङको शुभकामना

नेपाली काँग्रेसका कार्यबाहक सभापति रामचन्द्र पौडेलले राज्यका शक्तिलाई एक ठाउँमा नराखी जनताका बीचमा पुर्याउनु आवश्यक रहेको बताउनुभएको छ । नेकपा (एमाले) को नवौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा आफ्नो पार्टीका तर्फबाट शुभकामना दिँदै उहाँले राज्यको शाकसीय स्वरुप निर्धारणका क्रममा सबै शक्ति मिलेर समावेशी व्यवस्था ल्याउन पनि आग्रह गर्नुभयो ।
नेपालको स्वाभिमान, विकास तथा लोकतन्त्रको संस्थागत विकासका लागि अबको पुस्तालाई सफल बनाउने गरी राजनीतिक दलले आफूलाई प्रस्तुत गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो । अहिले मुलुक एमाले भृकुटीमण्डबाट निस्कँदा संविधान निर्माणका विवादित विषयमा कस्ता निचोडका साथ बाहिर निस्कन्छ भनेर हेरेर बसेको पनि उहाँले बताउनुभयो ।
उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रबाट मुलुक पछि फर्कन नसक्ने पनि बताउनुभयो । पौडेलले उत्पीडनमा रहेका जनतालाई मुक्ति दिलाउनु नै संविधानसभाको मूल लक्ष्य भएकाले त्यसलाई ध्यानमा राखेर नयाँ र समावेशी संविधान बनाउन आवश्यक छ भन्नुभयो ।

सहमतिमा नेतृत्व चयन होस्ः नेम्वाङ
यसैगरी संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले संविधानसभामा रहेर र बाहिर रहेका दललाई संविधान निर्माणको प्रक्रृयामा सहमतिमा ल्याउन सक्ने गरी एमालेको महाधिवेशन सम्पन्न होस् भन्ने कामना गर्नुभयो । उहाँले आफ्ना सभासद्लाई संविधान निर्माणका काममा महत्वपूर्ण भूमिका निर्वाह गर्न निर्देश गर्न पनि आग्रह गर्नुभयो ।
उहाँले एमालेले आफ्नो वैचारिक प्रतिवेदन सहमतिका आधारमा प्रस्तुत भएकाले नेतृत्व चयनमा पनि सहमति गर्न सुझाव दिनुभयो । एमालेका शीर्ष नेताहरु मिलेमा देश हल्लन्छ भन्ने अध्यक्ष झलनाथ खनालको भनाईलाई सम्झँदै नेम्वाङले भन्नुभयो, ‘देश हल्लिए हल्लियोस् हामी थामौला तर तपाईहरु मिल्नुहोस्  ।’

विभिन्न नेताबाट एमाले महाधिवेशनमा शुभकामना
उद्घाटन सत्रमा संविधानसभाभित्र र बाहिरका विभिन्न पार्टीका नेताहरुले शुभकामना दिने क्रममा एमाले नेपालको लोकतन्त्रको रक्षा गर्न र समयमा संविधान जारी गर्ने कार्यमा निर्णायक शक्ति बन्न सकोस् भन्ने आग्रह गर्नुभएको छ । साथै उहाँहरुले अग्रगामी र वामपन्थी शक्तिबीचको एकतामा पनि जोड दिनुभएको छ ।
भृकुटीमण्डपमा जारी उद्घाटन कार्यक्रममा एमाओवादीका नेता नारायणकाजी श्रेष्ठले वैचारिक मतभेदका बीच कम्युनिष्ट पार्टीबीच अग्रगामी संविधान निर्माण र मुलुकको समृद्धिका लागि एक ठाउँमा उभिन आवश्यक रहेको बताउनुभयो ।
उहाँले हरहालतमा एक वर्षमा नयाँ संविधान जारी गराउने र स्वदेशमा रोजगारी सिर्जना गराउने वातावरणका लागि महाधिवेशनले निचोड निकाल्न सकोस् भन्ने आग्रह गर्नुभयो ।
पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाले परिवर्तनका एजेण्डालाई संस्थागत गर्न सबै पक्षबीचको सहकार्यमा जोड दिँदै यस युगान्तकारी दायित्वलाई पूरा गर्न एमालेलाई शुभकामना दिनुभयो । अर्का पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले सत्यका लागि लड्ने र परिवर्तनका लागि अझै केही गर्न सक्ने युवा जोस् बोकेको पार्टी भएकाले एमालेले त्यस भूमिकालाई निर्वाह गर्न आग्रह गर्नुभयो । मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले पहिचा र संघीयतासहितको संविधान अहिलेको आवश्यकता भएकाले यसबाट पछि नहट्न सुझाव दिनुभयो । उहाँले लोकतन्त्रका मामलामा एमाले काँग्रेसभन्दा अगाडि रहेको धारणा राख्नुभयो ।
नेकपा (माले) का महासचिव सिपी मैनालीले तत्काल वाम एकता सम्भव नभएपनि अग्रगामी एजेण्डमा मिलेर जान आवश्यक रहेको बताउनुभयो । नेकपा माओवादीका उपाध्यक्ष सिपी गजुरेलले एमालेले माओवाद र विचारधारालाई छाड्न नहुने तथा अहिले नै जनवादी क्रान्ति पूरा भएको निष्कर्ष निकल्न नहुने बताउनुभयो ।
राष्ट्रिय प्रजातन्त्रत्र पार्टीका अध्यक्ष पशुपतिशमशेर राणाले जनताको बहुदलीय जनवाद नेपालमा मात्र नभई विश्वमै कम्युनिष्ट पार्टीलाई लोकतान्त्रिकरण गराउने विचार भएकाले यसलाई समृद्ध बनाउन सुझाव दिनुभयो ।
यस्तै राप्रपा नेपालका महामन्त्री चन्द्रबहादुर गुरुङ, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा (संयुक्त) का अध्यक्ष चन्द्रदेव जोशी, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलगायतले महाधिवेशन सफलताको कामन गर्नुभयो ।
नेपालमा शान्ति भएमा भारतमा पनि शान्तिः जोली

शुभकामना मन्तव्य दिँदै भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय जोलीले नेपालमा शान्ति र विकास भएका भारतमा पनि शान्ति र विकास हुन बताउनुभएको छ ।
प्रमुख जोलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपाका अध्यक्ष राजनाथ सिंहको महाधिवेशन सफलताको कामना सुनाउँदै नेपाल सशक्त र समृद्ध होस्, लोकतन्त्रमा बलियो होस् र यहाँको आर्थिक विकास होस् भन्ने पक्षमा भारत सदैव रहेको र वर्तमान सरकारको धारणा पनि त्यही रहेको स्पष्ट गर्नुभयो । भारतीय प्रधानन्त्रीले भारत र नेपालबीचको मित्रता, सद्भावना र भाइचारा तथा रोजगारीको सन्देश दिएको उल्लेख गर्दै उहाँले नेपालमा नयााँ औद्योगिक क्षेत्र बन्न आवश्यक रहेको बताउनुभयो ।
आर्थिक विकासका लागि ऊर्जाको विकास गर्न पनि उहाँको जोड थियो ।
कार्यक्रममा भारतका विभिन्न कम्युनिष्ट पार्टीका प्रतिनिधि, नेपालस्थित चीनिया दुतावासका चार्ज डे अफेयर्स, कम्बोडिय पिपुल्स पार्टी, कम्युनिष्ट पार्टी अफ रसियन फेडरेशन, वर्कश पार्टी अफ बंगलादेशसहित टर्की, भियतनाम, कोरिया, श्रीलंका लगायतका मुलुकका पार्टीका प्रतिनिधिले शुभकामना दिनुभएको थियो ।

-रातो सुर्यवाट