पुर्व आईजीपी बोहरा र अभिनेत्री शर्माले गरे इंगेजमेन्ट

1318 पटक पढिएको

सम्पादक: Dhadingnews.com

boharaकाठमाडौ -नेपाल प्रहरीका पूर्व आईजीपी मोतीलाल बोहोरा र अभिनेत्री मिथिला शर्माबिच शनिबार राजधानीमा इंगेजमेन्ट भएको छ ।  इंगेजमेन्ट कार्यक्रममा  पारिवारिक सदस्यहरुको उपस्थिति थियो ।  ७४ वर्षका बोहोरा र ५० वर्षीया शर्मा केही समयअघि विवाह गर्न सहमतीमा पुगेका थिए । उनिहरुले ‘कोर्ट म्यारिज’ गर्ने तयारी गरेका छन् ।
पूर्वप्रहरी महानिरीक्षक बोहोराकी पत्नी कलाको एक वर्षअघि निधन भएको थियो । अभिनेत्री शर्मा भने अहिलेसम्म अविवाहित छन् । शर्माले लामो समयसम्म नृत्यांगना र निर्देशक भएर नेपाल पुलिस क्लबमा काम गरेकी थिइन् ।