“सर्जकसंग एक साँझ”मा साहित्यकार र चलचित्रकर्मी

599 पटक पढिएको

सम्पादक: Dhadingnews.com

बोष्टन / अमेरिका

10559267_10202415134355319_1428451402_nसिर्जना उत्सव बोष्टनले मंगलबार साहित्यकार तथा चलचित्रकर्मी बीच भेटघाट कार्यक्रम गरेको छ/ अमेरिका भ्रमणका क्रममा बोष्टन आइपुगेका साहित्यकार डा. खगेन्द्रप्रसाद लुइँटेल र नयनराज पाण्डेका साथमा चलचित्रकर्मी राजेन्द्र केसीले साहित्य र चलचित्रका बारेमा चर्चा गरे  / कार्यक्रममा डा. लुइटेलले अमेरिकामा नेपाली साहित्यका बारेमा बोल्दै नेपाली साहित्यका अमेरिका कुरा भित्र्याउन आग्रह गरे / उनले भने – अब साहित्यका माध्यमले यताका कुरा उताकालाई बाड्नु पर्छ /

कार्यक्रममा नयनराज पाण्डेले आफ्नो लेखन यात्राका बारेमा जानकारी गराउदै नेपाली साहित्यमा आख्यान विधाको अवस्था बारे जानकारी गराए / कार्यक्रममा उनले छोटा कविताले पार्ने प्रभाव बारे बोल्दै आफ्ना केहि कविता सुनाए/

चलचित्र विकास बोर्डका सदस्य राजेन्द्र केसीले बिदेशमा नेपाली चलचित्रको बजार सम्भाव्यताको खोजि भैरहेको बताउदै अमेरिकामा पनि राम्रो सम्भावना  देखेको बताए/

साहित्यकार दीपा राई पुनको संयोजनमा भएको उक्त कार्यक्रममा दिनेशराज भण्डारी, गोवर्धन पूजा, अनु शाहा, धनबहादुर लेप्चा, ममता कार्मचार्य, ज्ञानप्रकाश शर्मा,  बिष्णुमाया परियार , दीपा राई पुन,  प्रदीप थापालगायतले सिर्जना वाचन तथा मन्तव्य व्यक्त गरे/