त्रिशूली नदीमा साहसिक जलयात्रा महोत्सव

992 पटक पढिएको

सम्पादक: Dhadingnews.com

rafting at trisuliबेल्खु/ नेपाल एसोशिएसन अफ र्‍याफ्टिङ एजेन्टस -नारा)को आयोजनामा शनिवार त्रिशुली नदीमा साहसिक जलयात्रा महोत्सव सम्पन्न भएको छ । नेपालको पर्यटन उद्योगकोे महत्वपर्ूण्ा अंगको रुपमा मानिएको साहसिक जलयात्रा नाराको रजत महोत्सवको अवसर पारेर शनिवार त्रिशूली नदीमा आयोजना गरिएको हो । नेपालमा साहसिक जलयात्रा पर्यटनको विकास, विस्तार, संरक्षण र पर््रवद्धन गर्ने उद्देश्यले सन् १९८९ मा स्थापना भएको नेपाल एसोशिएसन अफ र्‍याफ्टिङ एजेन्टस्ले -नारा) संस्थाले यस बर्षरजत महोत्सव भनाएको छ रजत महोत्सव २०६९ को अवसरमा धादिङको त्रिशूली नदिमा २२ किलोमिटर जलयात्रा गरिएको थियो । नेपाल एशोसियसन अफ र्‍याफ्टिङ एजेन्टस् -नारा) को आयोजनामा भएको जलयात्रामा धादिङको बेल्खुखोलादेखि मलेखु सम्मको २२ किलोमिटर त्रिशुली नदी ेक्षेत्रमा जलयात्रा गरिएको नाराका अध्यक्ष नानीकाजी थापाले बताउनुभयो ।

एक सय भन्दा बढिले जलयात्राको मजा लिएका थिए । जलयात्रामा विभिन्न सञ्चार माध्यमका प्रतिनिधि, विभिन्न कार्यालयका कर्मचारी, व्यवसायी लगायतको सहभागिता रहेको थियो । हरेक बर्षमनाइने साहसिक जलयात्रा महोत्सव अर्न्तर्गत यसबर्षपनि धादिङको त्रिशुली नदीलाई छनोट गरिएको नाराका अध्यक्ष थापाले बताउनुभयो । काठमाण्डौबाट नजिक पर्ने, र र्‍याफ्टिङको लागि पनि उपयुक्त नदी भएका कारण त्रिशुली नदीलाई छानिएको थापाको भनाई छ । साहासिक जलयात्रा महोत्वस सगरमाथा दिवससंग पनि सम्बन्धित रहेको बताउंदै थापाले पर्यटन विकासमा विस्तार गर्ने लक्ष्यका साथ यो महोत्वस आयोजना गरिएको बताउनुभयो । ‘बाह्य पर्यटनमा उतार चढाव आइरहेको समयमा आन्तरिक पर्यटकलाई आकषिर्त गरी पर्यटन पर््रबर्धनमा विस्तार गर्ने उ्देश्य हो, थापाले भन्नुभयो ।
त्यसो त र्‍याफ्टीङमा सहभागिहरु भने त्रिशुली नदीमा भैरहेको अतिक्रमण र प्रदुषणबाट निकै दिक्क भएका देखिन्थे । र्‍याफ्टीङमा निकै रमाइलो भएपनि त्रिशुली नदीमाथिको अतिक्रमण र जथाभावी रुपमा भैरहेको प्रदुषणले निकै चिन्तित बनाएको जलयात्राका सहभागीहरुको भनाई छ ।

जिल्लामा स्थानीय स्तरमा त्रिशुली नदिलाई सफा र स्वच्छ राख्न स्थानीय संस्था क्रियाशिल रहेको भएपनि एकल प्रयासले मात्र यस कार्य त्यति प्रभावकारी बन्न भने सकेको छैन । त्रिशुली नदिमाथि भएको अतिक्रमण रोक्न र यसबाट हुने प्रचुर सम्भावनालाई ध्यानमा राखेर त्रिशुली बचाउ साझा अभियान क्रियाशिल रहेको संस्थाका संयोजक उत्तम कडेंलले बताउनुभयो । कडेलले आन्तरिक पर्यटक पर््रबर्धन तथा विस्तारको लागि सबैको सहयोगमा त्रिशुली नदिलाई जोगाउनुपर्ने कंडेल बताउनुहुन्छ ।