बेलायतमा व्यासको जन्मभूमिबारे प्रचारात्मक अभियान

757 पटक पढिएको

प्रकाशित मिति: २०७०, १५ जेष्ठ बुधबार ०८:०१

सम्पादक: Dhadingnews.com

 

 

काठमाडौँ । बेलायतमा चारवेद र अठार पुराणका रचयिता वेदव्यासको जन्मभूमिसँग सम्बन्धित विभिन्न फोटोको प्रदर्शनी एवम् प्रचारात्मक कार्यक्रम गरिएको छ ।

फोटो पत्रकार महासङ्घ नेपालका महासचिव एवम् सेतीमादी दैनिक तनहुँका सम्पादक पत्रकार डम्बर अधिकारी व्यासको जन्मभूमि तनहुँको सदरमुकाम दमौलीलाई विश्वमाझ चिनाउने अभियानअन्तर्गत ‘व्यास वाज बर्न इन दमौली’ अभियान लिएर बेलायत पुग्नुभएको हो ।

बेलालयतका विभिन्न स्थानमा वेदव्यासको जन्मथलो दमौली, मादी सेती दोभान, व्यास गुफा र त्यहाँ रहेको पाञ्चायन मन्दिरलगायत व्याससँग सम्बन्धित स्थान तथा त्यसको धार्मिक महत्वबारे ती कार्यक्रममा प्रचार गरिएको बताइएको छ ।

पछिल्लो पटक पत्रकार अधिकारीले बेलायतको अल्टरसटस्थित क्विन्स एभिन्यू खेल मैदानमा आयोजित भेलामा उक्त अभियानबारे जानकारी गराउनुभएको छ ।

पत्रकार अधिकारीले यस अगाडि पनि वेदव्यासको जन्मथलो दमौलीलाई चिनाउनका लागि राजधानी काठमाडौँ, पोखरा र दमौलीमा वेदव्याससम्बन्धी फोटो प्रर्दशनी गरिसक्नुभएको छ । रासस



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२०७०, १५ जेष्ठ बुधबार ०८:०१ मा प्रकाशित