नेपाली महिला बनिन् अष्ट्रेलियाकी धनी

718 पटक पढिएको

प्रकाशित मिति: २०७०, १५ जेष्ठ बुधबार ०८:०३

सम्पादक: Dhadingnews.com

 

 

काठमाडौँ। नेपाली मूलका शेष घलेसँगै उहाँकी श्रीमती जमुना गुरुङसमेत अष्ट्रेलियाका दुई सय धनाढ्यको सूचीमा पर्नुभएको छ । पहिलोपटक धनाढ्यको सूचीमा पर्ने जमुना सूचीको १ सय ८१ औं नम्बरमा हुनुहुन्छ भने शेष १ सय ८० औं नम्बरमा हुनुहुन्छ । २ सय जनाको सूचीमा जमुनासँगै १४ महिला छन् । सूची तयार पारेको अष्ट्रेलियाको बिजनेस रिभ्यु विक्लीका अनुसार घले दम्पत्तिको सम्पत्ति २६ करोड ५० लाख डलर रहेको छ । यो वर्ष शेष घलेको सम्पत्ति १ करोड डलर बढेको भए पनि उहाँ अघिल्लो बर्षभन्दा १४ स्थान तल झर्नुभएको छ । अघिल्लो बर्ष घले १ सय ६६ स्थानमा हुनुहुन्थ्यो ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२०७०, १५ जेष्ठ बुधबार ०८:०३ मा प्रकाशित