दोहोरो नागरिकता र मतदानको माग

653 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाडौँ, १२ जेठ । नेपालमा रहेका अल्पसङ्ख्यक जातजातिको आर्थिक तथा सामाजिक रुपान्तरण गर्ने उद्देश्यले नेप्लिज एसोसिएसन अफ नर्थन क्यालिफोर्निया (एनएएनसी)ले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ ।
आज यहाँ आयोजित पत्रकारसम्मेलनमा उक्त एसोसिएसनका अध्यक्ष उत्तम कार्कीले नेपालमा भएका प्राकृतिक विपद्, बाढी र आगलागिका पीडित र चेपाङलगायत पिछडा जातिको उत्थानका लागि काम गरिरहेको बताउनुभयो ।

संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियामा बसोबास गर्ने करिब २५ हजार नेपाली सदस्य रहेको सो एसोसिएसन सन् १९९४ स्थापना गरिएको हो । एसोसिएसनले सनफ्रान्सिस्को बेएरियामा एक कम्युनिटी सेन्टर निर्माण गर्ने लक्ष्य राखेको छ ।

अध्यक्ष कार्कीले संस्थाको भावी कार्यक्रमअन्तर्गत रोजगारीको सिलसिलामा विदेशिएका नेपालीले दोहोरो नागरिकता र मतदान गर्ने अधिकार सुनिश्चित गर्न पनि माग गर्नुभयो । रासस