यत्ति पनि भएन !
817 पटक पढिएको
लन्डन बस्ने रोशन राईलाई म चिन्दैनथेँ। उनले पनि मलाई चिन्दैनथे। तर पनि केही वर्षपहिले उनले मेरो फेसबुकमा एउटा सन्देश पठाए। उनले जोगीमाराका सानी प्रजा र कमनमाया प्रजाको फोटो खिच्ने फिल्म निर्माता मोहन मैनालीलाई खोजेका रहेछन्। फेसबुकमा भेटिएको म त्यही मोहन मैनाली हुन सकौंला कि भन्ने झिनो आशले उनले मलाई त्यो सन्देश पठाएका रहेछन्। त्यसैले, उनले म्यासेजमा लेखेका थिए— तिमी मैले खोजेको मोहन मैनाली होइनौ भने यो म्यासेज पठाएकोमा माफी माग्छु।
संयोगले म उनले खोजेकै मान्छे थिएँ। उनलाई आफूले बनाइरहेको वेबसाइट ‘आयो गोर्खाली’मा राख्नका लागि मैले खिचेको सानी प्रजा र कमनमाया प्रजाको फोटो चाहिएको रहेछ।
यो म्यासेज मकहाँ आइपुग्दा उनका लागि फाइदा भयो। उनले आफूले खोजेको फोटो पाए।
यो म्यासेज मकहाँ आइपुग्दा मलाई पनि फाइदा भयो किनभने त्यसमा मलाई काम लाग्ने एउटा कुरा थियो। त्यसमा भनिएको थियो, ‘संयोगवश, ब्रिटिस सेनाबाट अवकाशप्राप्त मेरा बुबा मणिप्रसाद राई र उनका वेल्सबासी साथी मार्टिन पवेलले केही वर्षयता जोगीमाराका मानिसलाई आफूले सक्दो सहयोग गर्दै आएका छन्। उनीहरूलाई यो काम गर्ने प्रेरणा ‘जोगीमाराका ज्यूँदाहरू’ले दिएको थियो, जुन मलाई लाग्छ तिमीले बनाएका हौ।’
हो, त्यो भिडियो डकुमेन्ट्री मैले बनाएको थिएँ। त्यसमा कालिकोटको कोटवाडामा विमानस्थल बनाइरहेका बेला माओवादी भनी मारिएका धादिङको जोगीमाराका १७ जना मानिसका परिवारको अवस्था देखाइएको थियो। डकुमेन्ट्री बनाउनुअघि मैले उनीहरूकै बारेमा ‘हिमाल खबरपत्रिका’ र ‘नेपाली टाइम्स’मा लामा फिचर लेखेको थिएँ।
फिचर छापिएपछि नेपाल र अमेरिकामा बस्ने नेपाली तथा नेपालमा काम गर्ने केही संस्थाहरूले जोगीमाराका मानिसलाई सहयोग गरेका थिए। तर मैले बनाएको डकुमेन्ट्री हेरेर चाहिँ कोही, कसैले, कसैलाई सहयोग गरेको थाहा पाएको थिइनँ।
आम सञ्चारका क्षेत्रमा काम गर्ने अरू मानिसजस्तै हामी पत्रकार पनि आफूले उठाएका विषयमा अरूले ध्यान दिऊन् र त्यस्ता विषयमा केही न केही काम होस् भन्ने चाहन्छौं। डकुमेन्ट्री बनाउँदा पनि यस्तै सोच्छौं। तर जब आफ्ना डकुमेन्ट्रीले उठाएका विषयमा कहीँ, कसैले सुनेजस्तो, ध्यान दिएजस्तो लाग्दैन तब निराश हुन्छौं। बेकारमा यत्रो मेहनत गरिएछ भन्ने लाग्छ।
‘जोगीमाराका ज्यूँदाहरू’ धेरै ठाउँ देखाइयो। डकुमेन्ट्री हेरिसक्दा प्रायः सबै दर्शक जोगीमाराका मानिसले पाएको दुःखबाट दुखित बन्थे। ती मानिसले पाएको दुःख संसारलाई दुरुस्त देखाउन सकेछु भनेर मेरो मन गर्वले फुल्थ्यो। तर डकुमेन्ट्री हेरिसकेपछि नेपाली दर्शकहरूसँग भएका सबै छलफलमा सोधिएको एउटा प्रश्नले मेरो मन खिन्न हुन्थ्यो। कहिल्यै नछुट्ने त्यो प्रश्न थियो— यी मानिसका बारेमा डकुमेन्ट्री त बनाइस्। अब यिनलाई कसरी सहयोग गर्छस्?
यस प्रश्नको अर्थ हुन्थ्यो— दुःख पाएका मानिसका बारेमा जसले डकुमेन्ट्री बनायो तिनलाई सहयोग गर्ने जिम्मा पनि त्यसैको हो। बाँकी संसारको काम डकुमेन्ट्री बनाउनेलाई ‘ती मानिसलाई कसरी सहयोग गर्छस्?’ भनी र्या खर्याुख्ती पार्नुमात्र हो।
यस्ता बेलामा मैले बनाएको डकुमेन्ट्री हेरेर सात समुद्रपारि बस्ने केही मानिसले डकुमेन्ट्रीमा देखाइएका गाउँलेलाई सहयोग गर्न प्रेरणा पाए भन्ने खबर जति खुसीको खबर अरू के हुन सक्थ्यो र?
अलिपछि रोशनले फेरि खबर गरे— मेरा बुबा अन्तिम खेप सहयोग पुर्या्एर भर्खरै जोगीमाराबाट फर्किए। मार्टिनले स्कुललाई चाहिँ पछि पनि सहयोग गरिराख्ने विचार गरेका छन्।
यस्तो सुखद समाचार कमैमात्र सुन्न पाइन्छ। मेरो अर्को डकुमेन्ट्री ‘पुनेको प्यान्ट’मा यस्तै निराशा हात लाग्यो। ‘पुनेको प्यान्ट’ बाजुरा पाण्डुसेनका पुनेको परिवारको वास्तविक कथा हो जसका बाबुलाई अरू सात जना गाउँलेसँगै २०५९ साल कात्तिकमा सरकारले मारेको थियो। लडाइँ र खराब मौसमले ल्याएको भोकमरीका बारेमा रिपोर्टिङ गर्न हामी जुन दिन उनको गाउँ पुगेका थियौं त्यही दिन ती मानिस मारिएका थिए। त्यसपछिका सात वर्षमा मैले पुनेलगायतका पाण्डुसेनमा मारिएका किसानका परिवारलाई तीनपटक भेटेँ।
पुनेको परिवारमा पुनेकी आमा, दुई दाजु र तीन दिदीबहिनी बस्थे। पुनेको बाबु मारिएको सात वर्षपछि हामी उनको घर पुग्दा पुने स्कुल जान छाडेको निकै दिन भएको थियो। कारण थियो— स्कूल जाँदा लगाउने प्यान्ट नहुनु। प्यान्ट तीन–चार ठाउँ फाटुन्जेल त पुने त्यही प्यान्ट लगाएर स्कुल जाँदै थिए। त्यसभन्दा बढी ठाउँमा फाटेपछि चाहिँ उनलाई त्यो प्यान्ट लगाएर स्कुल जान लाज लाग्यो।
पुनेका जेठा दाजु प्रेमले पहिल्यै स्कुल छाडिसकेका थिए। उनले आफ्ना भाइबहिनीका लागि जाँच फि तिर्न चाहिने १३० रुपैयाँ ऋण खोज्न थालेको निकै दिन भएको थियो। पाएका थिएनन्।
पुनेका माइला दाजु मन अलि अनौठा थिए। उनले पालेजस्तो जुल्फी बाजुरा जिल्लाभरमा कसैको नहुँदो हो। झट्ट हेर्नेले लफंगा भएछ यो भन्थे। तर कुरा त्यसो थिएन। उनी घरपरिवारलाई सक्दो सघाउँथे। दिउँसो स्कुलमा केटोकटीका लागि खाजा पकाउने मानिसलाई काम सघाउँथे। यसबापत पाएको, केटाकेटीले खाइसकेर उब्रेको अलिकति खाजा घर लान्थे।
‘तपाईंहरूको पनि काम यही फोटो खिच्ने, यहाँका केटाकेटी यस्ता रहेछन् भनेर अन्त देखाउने मात्रै हो? लेखपढ गर् भनीकन अलि सहयोग गरिदिए त हाम्रा केटाकेटी पनि स्कुल जाँदा हुन्,’ तेस्रोपटकको भेटमा पुनेकी आमा लालजनाले भनेकी थिइन्।
पुनेमात्र होइन पुनेका बाबुसँगै मारिएका आठैजनाका छोराछोरीका लागि सबैभन्दा बढी चाहिएको कुरा राम्रो पढाइ थियो। यसका लागि भएका केही कोसिस असफल भए। बाबु मारिएको केही दिनमा जन्मिएका पुनेका छिमेकी आशिष रावतलाई पढाउनका लागि उनका नजिकका नातेदार पूर्ण रावतले निकै कोसिस गरे। एउटा संस्थाले पढाइदिने त भएको थियो तर त्यस संस्थाले आशिषका बाबु मारिएका हुन् भन्ने प्रमाण माग्यो। तर दुर्भाग्य कस्तो भयो भने संसारमा बन्न सक्ने कुनै पनि प्रमाणलाई त्यस संस्थाले प्रमाणै मानेन। तै, पूर्ण रावतले उनलाई पढाउने व्यवस्था आफैं मिलाए।
पुनेको परिवारका हकमा त्यस्तो भएन। उनकी आमाले बिहे गरेपछि उनीहरूले आफ्नो अभिभावक आफैं हुनुपर्योा। दुई महिना पहिले एउटा खबर पढेँ— पुनेका दाजु मनले केही पहिले आत्महत्या गरेछन्। उनी बीस वर्ष पनि पुगेका थिएनन्।
पढ्ने राम्रो वातावरण पाएका भए उनले त्यसो गर्ने थिएनन्, भनिन्छ।
कहिलेकाहीँ यस्तो लाग्छ— मन जस्तालाई बाँच्ने वातावरण मिलाउन सकिँदैन भने फिचर लेखेको के सार भयो? डकुमेन्ट्री बनाएको के सार भयो? फेरि आफैंलाई सोधेँ— पत्रकारको काम सुधार गर्ने हो कि लेख्ने हो? हामीले लेखेका सबै कुराको प्रभाव पर्योि कि परेन नाप्ने आधार पनि त हामीसँग छैन (जोगीमाराको डकुमेन्ट्रीले केही मानिसलाई पीडितलाई सहयोग गर्ने प्रेरित गरेछ भन्ने कुरा मैले आठ वर्षपछि मात्र थाहा पाएँ)। हाम्रा कुरा कोही मानिसलाई मन परेको हुन सक्छ। यसबाट परिवर्तन आउन समय लाग्न सक्छ। पत्रकारले लेखेका कुराबाट प्रेरणा पाएर कुनै कुनामा बसिरहेको कोही मानिसले राम्रो काम थालेको हुन सक्छ। यस्ता काम थाल्नुअघि उसले पत्रकारलाई बताउनुपर्छ भन्ने पनि त केही छैन। मलाई यस्तो काम गर्न मन लाग्यो, त्यसो गर्न अनुमति पाऊँ भनी पत्रकारलाई भन्नु पनि त पर्दैन!
यस्तैमा डेभिड रान्डलको ‘द युनिभर्सल जर्नालिस्ट’ भन्ने पुस्तकको एउटा अंशको सम्झना आयो। त्यसमा उनले लेखेका छन्— सञ्चारमाध्यममा छापिएको कुनै एउटा सामग्रीले संसारमा परिवर्तन ल्याएका उदाहरण पाउन कठिन छ। एउटा यस्तो उदाहरण छ तर त्यो गल्तीले गर्दा लेखिएको थियो।
डेभिडले लेखेका छन्, ‘अप्रिल १८८८ मा लुडविग नोबेल बिते। उनी विस्फोटक पदार्थका आविष्कारक, सनकी तर आदर्शवादी अल्फ्रेड नोबेलका दाजु थिए। फ्रान्सको एउटा प्रभावशाली पत्रिकाले अल्फ्रेड मरेछन् भन्ने ठान्यो र उनको मरेपछि लेखिने जीवनी छाप्यो जसमा अल्फ्रेडलाई ‘काल बेच्ने व्यापारी’ (अल्फ्रेडले पुरानो फलाम कारखानालाई तोप कारखानामा बदलेका थिए र उनले आविष्कार गरेको विस्फोटक पदार्थले मान्छे मार्छ) भनिएको थियो। त्यो लेख पढेपछि अल्फ्रेड आफूलाई संसारले ‘काल बेच्ने व्यापारी’ भनेर पो सम्झने रहेछ भनेर झस्किए। उनले आफ्नो सम्पत्ति शान्ति, साहित्य र विज्ञानका क्षेत्रमा नोबेल पुरस्कारको स्थापना गर्नमा खर्च गरियोस् भनी चाहनुमा यो प्रमुख कारण थियो।’
आफूले लेखेका फिचर र बनाएका डकुमेन्ट्रीले अर्को नोबेल पुरस्कार स्थापना गर्नुपरेन। प्यान्ट नभएर स्कुल जान नपाएका पुनेको पिरलो हटाउन अनि अभावै अभावले घेरिएर सानैमा आत्महत्या गर्नुपर्ने मनको जस्तो अवस्था हटाउन समाजलाई प्रेरित गर्न सके पुग्ने थियो। त्यही पनि पो दुर्लभ हुँदै गयो।

– नागरिकन्यूज डट कमबाट