एमआरपी भर्नेको दुःख – जानेर पनि फाराम भर्न सक्दिनँ भने पढ्नुको के अर्थ?

657 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

step-to-printमेरो नाम सुब्रत नेपाल हो। म युएईको कुनै एक राज्यमा अवस्थित एक कम्पनीमा कार्यरत छु। धेरै नपढे पनि अनपढ चाहीँ हैन। सुन्छु,बुझ्छु,पढ्छु र लेख्छु पनि। नेपाली, अङ्रेजी र अलि अलि अरबी भाषा। टेक्नोलोजीको माध्यमले बिश्व सानो सानो बन्दै गईरहेको बेलामा म पनि इन्टरनेटको सामान्य तर आफूलाई चाहिने जति ज्ञान राख्दछु।

तर अहिले मलाई के अनुभव भइरहेको छ भने मैले आजसम्म पढेको बेकार रहेछ। मैले जानेको इन्टरनेटले मलाई काम नदिएपछि मैले इन्टरनेट सिकेको पनि झन बेकार रहेछ। किनकी म मेरो काम आँफै गर्न सक्दिन। जान्दिन हैन, जानेर पनि सक्दिन भने पढ्नु को के अर्थ?

प्रसँग, एम आर पी पासपोर्ट बनाउन नेपाल एम्बेस्सी जाँदाको हो। एमआरपी पासपोर्ट बनाउनको लागि म गत साता नेपाल एम्बेस्सी गएको थिएँ। जानु भन्दा पहिले मैले नेपाल एम्बेस्सीको वेबसाइट पढेँ, जहाँ एमआरपी को फारम कसरी भर्ने भनेर लेखिएको छ। मैले त्यसै त्यसै गरे।

मैले मेरो कम्प्युटरमा बसेर मेरो आफ्नो फारम भरें। बाउको नाम, ठेगाना, जन्ममिति, पुरानो पासपोर्टको विवरण जे जे उल्लेख गर्नु पर्ने हो सब लेखेँ। अनि भने जस्तै गरी प्रिन्ट पनि गरें। बेलुका स्टुडियोमा गएर फोटो खिचेँ। भने अनुसारको साइजको अनुहार ठूलो भएको बोर्डर नभएको फोटो बनाएँ। अनि भरेको फाराम ३-४ प्रति (हस्ताक्षर गरेको र नगरेको दुबै) र फोटो बोकेर नेपालको राजदुताबासमा हानिएँ।

बिहान ५ बजे कोठाबाट हिँडेको १० बजेतिर दुताबास पुगेँ। सबै जना कहाँ कसो गर्ने भनेर खोज्दै थिएँ, म भने पढेको मान्छे, फारम र फोटो पनि हातमै छ भनेर भित्रभित्रै पुलकित थिएँ। सरासर काउन्टरमा गएँ। पैसा र फारम बुझाएँ।

एक जना बहिनीले सुरुमै सोधिन- कहाँ भरेको फारम?

मैले भनेँ- मैले आँफै।

ए ल हुन्न। ऊ त्यहाँ जानुस्, फारम भर्नुस्। अनि फोटो पनि खिच्नुस् र आउनुस्- उनले भनिन्।

मैले तपाईंहरुको वेबसाइटमा गएर भने बमोजिम नै कम्प्युटरमा भरेर ल्याएको हुँ। सबै जस्ताको त्यस्तै छ, फोटो पनि भने जतिकै साइजको छ। फोटोमा अनुहारको साइज भने जति र बोर्डर पनि नभएको छ, हुनुपर्ने हैन र ?

मेरो भनाई के झरेको थियो, उनले भनिन्- तपाईंको फाराम म राखिदिन्छु तर पासपोर्ट भने आउँदैन।

त्यसो भए म हातले लेख्छु नि हुन्न भनेर सोध्दा पनि हुन्न रे।

अनलाइनबाट सिधै भर्ने अथवा बार कोड रिडिङ सिस्टम नभएसम्म हातले लेख्नु र कम्प्युटरमा टाइप गर्नुको भिन्नता मैले चाँही देखेको छैन। उनले कसरी देखिन्, उनी नै जानुन्।

अब हुन्न, पासपोर्ट नै आउँदैन भनेपछि मैले फेरि सँगै कम्पाउन्डभित्र नै रहेको टापिङ सेन्टरमा गएँ। फारम भराएँ, फोटो पनि खिचाएँ। त्यति गरेबापत २० दिर्हाम शुल्क तिरेँ। भिडमभिड थियो। झन्डै आधा घण्टा लाग्यो। फाराम बुझाएँ, त्यस्तै साढे एघार बजेतिर। ३ बजे मेरो पासपोर्ट फिर्ता पाएँ। अनि म पढ्नु र पढ्नको लागि मेरो अभिभावकले गरेको लगानीलाई धिक्कार्दै आफू बसेको ठाउँमा फर्केँ। यातायातको असुविधा र ट्राफिक जामले गर्दा राति ११ बजे मात्रै कोठामा आइपुगेँ। साथीहरुले बनाएको खाना सेलाएर बसेको थियो। खाएँ र सुतेँ।

मलाई पढेर पनि अनपढ हुनुमा धिक्कार थियो। पढिसकेपछि एउटा फाराम भर्न जान्दिनँ भने के पढ्नु र जस्तो लागिरह्यो।

अहँ, हैन। एकजना मित्रसँग भलाकुसारी गर्ने मौका मिल्यो। मनको बह पोखेँ। उनको केही न केही हदसम्म एम्बेस्सीमा पहुँच छ।

कुरो त यस्तो पो रहेछ-

दुताबासमा दैनिक ५०० देखि १००० सम्म सेवाग्राही आउँछन् रे। शुक्रबारको दिन त दुई तीन हजार हुन्छन् रे। कहिले हो सात हजार पनि पुगे रे। ल ५०० नै आए, र ती सबैले २०/- शुल्क तिरे भने दैनिक कति होला? मात्र १०,०००/- । महिनामा कति हुने भो? ३ लाख। बिजुली र त्यहाँ काम गर्ने कामदारको तलब गरेर १ लाख रे। अनि अरु दुताबास कर्मचारी लाई ५० हजार। राजदुतलाई त १ लाख ५० हजार रे। दिर्हाम है। भएन र मालामाल। यो त कम्तिमा पो रे!! राजदुताबास परिसरभित्र कसले दियो दुकान खोल्न? कति भाडामा लगाएको हो? केही छ हिसाब किताब? यो भ्रस्टाचार भित्र पर्दैन? युएईबाट टाढा नेपालमा रहेको अख्तियारलाई के थाहा?

अनि त्यहाँ काम गर्ने कामदार चाँही खै कसैको सेटिङमा आएका रे। भिसा सेटिङ।

कोही छ बोल्ने? एनआरएन छ? पार्टीका संगठन छन्? जिल्लाका नाममा खुलेका समाज छन्? जनजाति कता छन्? सब चाकरी मै रमाउने, को बोल्ने? सबैलाई यिनै भ्रस्टाचारी राजदुतको प्यारो हुनु छ। के मतलब?

(नेपालको फेसबुकबाट साभार)