धादिङको ग्रामीण बस्तिमा रोगको सुरुवात

840 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 धादिङ – महा भुकम्पले गाँउ नै खण्डहर बनाएको पिडासंगै धादिङको ग्रामीण बस्ति लापाका स्थानीयहरुमा फोरी आर्को समस्या थपिएको छ । अहिले लापाका स्थानीयहरुमा विभिन्न रोगका प्रकोप देखा पर्न थालेको छ । विषेस गरी बालवालीकाहरुमा पखाला लाग्ने, ज्वरो आउने र पेट दुख्ने रुघा खोकि लगाएतका समस्या देखा पर्न थालेको हो ।                     IMG_9570बालवालीका र बृद्ध–बृद्धा यो समस्याबाट ग्रस्त बने पछी लापालीहरु उपचारको चिन्तामा छन् । अहिले गाँउका सवै जसो बालवालीकाहरुमा यस्तो समस्या आउन थालेको स्थानीय लापालीहरुको भनाई रहेको छ । तत्काल त नेपाली सेना र हिमालयन हेल्य केयरले उपचामार सहायोग गरिरहेको छ भने स्वास्थ्थ चौकी समेत नभएका कारण उपचामार कठिनाई आएको छ । भुकम्पले स्वास्थ्थ चौकी भत्कीए पछी विरामिहरुलाई भत्केकै विद्यालय भनवनको भुईमा राखेर उपचार गर्न बाध्य बनेको छ । अहिले सो क्षेत्रमा जिल्ला स्वास्थ्थे कार्यालय धादिङ, हिमालयन हेल्य केयर र नेपाली सेनाको टोलीले उपचारमा सहयोग गरेका छन् । भुकम्पका काराण बस्ने घर नभएको र सहज तरिकाबाट बस्नका लागी त्रिपालको पनि व्यबस्था नभएकोले बालवालीकाहरु र बृद्ध–बृद्धाहरुलाई चिसोका कारण यस्तो समस्या उत्पन्न भएको हुनसक्ने अनुमान त्यहाँका स्थानीयहरुको छ । घर भत्किएसंगै अन्नपात सबै पुरीएको र खानेकु समेत खान नपाउनु र दिन प्रतिदिन त्यहाँका वाताबरण प्रदुषित बन्दै जान थाले पछी यस्तो समस्या देखा पर्न थालेको हो ।                                         अहिले सो स्थानमा नेपाली सेना र हिमालयन हेल्य केयर भन्ने एक स्वास्थ्थ संस्थाले सामान्य उपचार पछी गम्भिर विरामिहरुलाई सेनाको सहयोगमा हेलिकप्टरको सहायतो जिल्ला सदमुकाम धादिङ र काठमाण्डौ थप उपचारको लागी लग्ने ब्यवस्था भने गरेको छ । हिमालयन हेल्य केयरले भने भुकम्पबाट क्ष्यती पुगेका स्थानहरुका करिव एक करोड पचास लाख बरावरको औषधी पठाई सकेको छ भने चिकित्सकहरुको टोली समेत खटाएको बताईएको छ । नेपाली सोनाले भने ओषधी उपचारको क्रममा गाँउमा नै उपचार हुन नसक्नेहरुलाई थप उपचारका लागी काठमाण्डौ र धादिङ लउाउने ब्यवस्था गरेको छ । मानिसहरु घरमा बस्नका लागी ब्यवस्थि स्थान नभएको र जथाभावी दिशा पिसप गर्न थालेकोले पनि यस्तो भएको हुनसक्ने अनुमान चिकित्सकहरुको छ । त्यसै पानी उमालेर खनु पर्ने र बासी खाने कुराहरु नखन समेत चिकित्सकहरुले आग्रह गरेको छ । अहिले लापाका बालवालीकाहरुमा यो समस्या बड्दै जान थालेको छ । कतिपय स्थानीयहरु बस्ने ठाँउको अभावका कारण गाइै भैसीको गोठमा गाइै बस्तुसंगै बस्न बाध्य भएका छन् । जस्का कारण फोहरका कारण रोगको प्रकेप बड्न सक्ने अनुमान स्वास्थ्थ कर्मिहरुको छ ।