सूचना प्रविधिको क्षेत्रबाट समाजलाई योगदान पुर्याएवापत अष्ट्रेलियाबाट प्रदान गरिने अन्तरास्ट्रिय अवार्डमा यसपटक नेपालको तर्फबाट धादिङको कृषि रेडियो १०५ मेगाहर्ज मनोनयनमा

749 पटक पढिएको

सम्पादक: Dhadingnews.com

394104_408428372557100_417831237_n

धादिङ,२० जेठ् । धादिङको जिबनपुरबाट प्रशारण हुँदै आईरहेको नेपालकै पहिलो र एकमात्र कृषि रेडियो, (कृषि रेडियो १०५ मेगाहर्ज)  हरेक बर्ष अष्ट्रेलिया स्थित Information Society Innovation Fund (ISIF)ले सूचना प्रविधिको क्षेत्रबाट समाजलाई योगदान पुर्याएवापत प्रदान गर्ने अवार्डमा यसपटक नेपालको तर्फबाट  मनोनयनमा पर्न सफल भएको छ ।
सन् २०१२ मा  यो अवार्ड नेपालकै महाविर पुन ले नेतृत्व गर्नुभएको वायरलेस ईन्टरनेट परियोजनाले प्राप्त गरेको थियो ।
यस पटक पनि नेपालको सूचना प्रविधि र त्यसमाथि पनि कृषकको रेडियोले यो प्रतियोगितामा सहभागीता जनाउन पाएकोमा  रेडियो संचालक सस्था गाउँले संचार सहकारी सस्था लि र  धादिङबासीको लागि मात्र होईन आम नेपालीको लागि पनि  खुशीको खबर बनेको छ ।  कृषि रेडियोलाई यो वर्षको एशियाकै उत्कृष्ट सामाजिक सेवा प्रदायकका  रुपमा संसारभर चिनाउन  सामाजिक संजाल मार्फत मतदान गर्न सकिने कृषि रेडियो धादिङ १०५ मेगाहर्जले जनाएको छ ।  आफ्नो  फेसबुक वा ईमेलमा गएर   http://www.isif.asia/projects/projects/view/353 लिंक मार्फत  मतदान गर्न सकिने बताईएको छ ।