उद्योग वाणिज्य संघ धादिङद्घारा उद्योग मन्त्रालयको ध्यानाकर्षण

1000 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ, २४ जेठ् ( धादिङन्युज )। धादिङ जिलाका उद्दमी ब्यबसायिहरुको साझा सस्था  उद्योग वाणिज्य संघ धादिङले  प्राईभेट फर्मको नविकरण सम्वन्धमा भएको अष्पष्ट कानुनको संसोधन गरि ब्यावसायीक राहात मुखी ब्यावहारिक तथा स्पष्ट कानुन निर्माण गरि कार्यान्वयन गराउनकालागि उद्योग मन्त्री समक्ष शुक्रबार ध्यानाकर्षण पत्र पेश गरेको छ ।
धादिङबेसीमा आयोजित एक कार्यक्रममा  घरेलु तथा साना उद्योग विकास समिति,शाखा कार्यालय, धादिङका कार्यालय प्रमुख शम्भु पौडेल मार्फत नेपाल सरकार उद्योग मन्त्रालयका  मन्त्री  समक्ष प्राईभेट फर्मको नविकरण सम्वन्धमा भएको अष्पष्ट कानुनको संसोधन गरि ब्यावसायीक राहात मुखी ब्यावहारिक तथा स्पष्ट कानुन निर्माण गरि कार्यान्वयन गराउनको लागि  ध्यानाकर्षण गराएको हो  ।
कार्यक्रममा  घरेलु तथा साना उद्योग बिभाग त्रिपुरेश्वर काठमाण्डौका महानिर्देशक देबेन्द्र शर्मा पौडेल  ,धादिङका  प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेल  , धादिङका  स्थानिय बिकास अधिकारी रमेश न्यौपानेका साथै  जिल्लाका  बिभिन्न सरकरी तथा  गैरसरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधिहरु , पत्रकारहरु तथा उद्योगि व्यावसायीहरुको उपस्थिती रहेको थियो ।
ध्यानाकर्षण पत्रमा के लेखिएको छ ?
नेपाल सरकारको मौजुदा कानूनमा उद्योग तथा ब्यावसायको नविकरण महल अन्तर्गत प्राईभेट फर्मको अवधि र नविकरण सम्वन्धमा प्राईभेट फर्म नविकरण गराउन चाहेमा फर्म धनिले उपनियम (१) वा (२) बमोजिमको अवधी समाप्त भएको मितिले ३५ दिन भित्र प्राईभेट फर्म नविकरण गराउनका लागि निवेदन दिनु पर्नेछ । यदी यसै बमोजिम नविकरण गराउन नसकेमा नविकरण गर्न नसकेको मनासिव कारण देखाई सो अवधी समाप्त भएको मितिले ६ महिना भित्र नविकरणको लागि दरखास्त दिएमा र त्यसरी दिएको दरखास्त जांच बुझगर्दा मनासिव देखिएमा सुरुको तिन महिना भित्र नियमानुसार दोब्बर दस्तुर तथा पछिल्लो तिन महिना भित्रमा तेब्बर दस्तुर लाग्ने छ भनि उल्लेख भएको छ ।
प्राईभेट फर्म नियमावलिको उपनियम ५ बमोजिमको म्याद भित्र पनि कुनै प्राईभेट फर्म धनिले प्राईभेट फर्म नविकरण गराउन दरखास्त नदिएमा के हुने भन्ने स्पष्ट किटानी नभएको देखिएकोले यस बाट आम उद्योगी व्यावसायीहरु अन्यौल ग्रस्त अवस्थामा गुज्रीरहेका छन् । यस्तै किसिमको अन्यौलग्रस्त अवस्थाका कारण ब्यावसायीहरु समस्यामा परिरहेका छन् । यस बिषयमा हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । मिति २०७० जेष्ठ २३ गते बसेको संघको कार्यसमितिको बैठकको निर्णय बाट यसका सम्वन्धमा यथासक्य चांडो ब्यावसायीक राहात मुखी ब्यावहारिक तथा स्पष्ट कानुन निर्माण गरि कार्यान्वयन गराउनुहुन घरेलु तथा साना उद्योग विकास समिति शाखा कार्यालय धादिङका कार्यालय प्रमुख मार्फत नेपाल सरकार उद्योग मन्त्रालयका मन्त्री ज्यूको गम्भिर ध्यानाकर्षण गराउन चाहान्छौ ।
पत्र बुझ्दै   घरेलु तथा साना उद्योग बिभागका महा  निर्देशकले ब्यावसायीहरुले उठाएका सवालहरुको सन्दर्भमा यथासक्य छिटो समाधान खोज्ने बताउनु भएको थियो ।