पशुविमा कार्यक्रम संचालन गर्न पशु विमा उपसमितिको गठन

857 पटक पढिएको

सम्पादक: Dhadingnews.com

index 1
धादिङ,२६ जेठ ( धादिङ न्युज) ।खाल्टे गाविसका किसानहरुले पशुधन सुरक्षाका लागि गाविसस्तरमा पशुविमा कार्यक्रम संचालन गर्न पशु विमा उपसमितिको गठन गरेका छन ।
गरिबी निवारण कोषको सहयोगमा चन्द्रज्योती एकीकृत ग्रामीण विकास समाज ( सिर्डस ) धादिङले खाल्टे गाविसमा संचालन गरिरहेको गरिबी निवारण कार्यक्रम अन्र्तगत गठित गाविसस्तरीय गरिबी निवारण सामुदायिक संस्थाहरुको सञ्जालले पशु विमा उपसमितिको  गठन गरेको हो । गाविस स्तरीय संजालको सहयोगी संस्थाको रुपमा उपसमिति क्रियाशिल रहने वताईएको छ ।
पशुधन सुरक्षा कार्यक्रम संचालनका लागि गरिबी निवारण कोष तथा अन्य सरोकारवाला निकायहरु संग समन्वय गरि अघि बढ्ने उद्धेश्यका साथ गठन गरिएको समितिको अध्यक्षमा सरिता गुरुङ,उपाध्यक्षमा प्रेमकुमारी मगर,कोषाध्यक्षमा देवकी थापा मगर,सचिवमा धनवहादुर गुरुङ रहनु भएको छ । गाविसभरीका २३ वटा गरिबी निवारण सामुदायिक संस्थाका तर्फवाट प्रतिनिधित्व गर्दै नौ सदस्यिय समितिको गठन गरिएको हो । समिति गठनका लागि आयोजित बैठकमा खाल्टे गाविसका सचिव बिरवहादुर दुवाडी,सिर्डस धादिङका सामाजिक परिचालक पार्वती रेग्मी लगायतको उपस्थिती रहेको थियो ।