गहुंखोला र आसपासको वस्तिमा विजुली

815 पटक पढिएको

सम्पादक: Dhadingnews.com

गहुंखोला,१ असार (धादिङन्युज )।  धादिङ जिल्लाको पिडा गाविसको वडा नम्बर ७ को गहुंखोला र आसपासको वस्तिमा केही महिना यता  विजुली बल्न थालेको छ ।images

स्थानीयवासीको अग्रसरतामा गाउंमै  १० किलोवाट क्षमताको दरियांलखोला लघु जलबिद्युत्त आयोजनाको निर्माण सम्पन्न भई नियमित विजुली उत्पादन हुन थालेपछि गहुंखोलावासीको विजुली वाल्ने रहर पुरा भएको हो ।
राष्ट्रिय प्रशारण लाइनवाट विजुली वल्न अझै निकै बर्ष कुर्नुपर्ने भए पछि गहुंखोलावासीले ०६७ मंसिरवाट दरियांलखोला लघु जलबिद्युत्त आयोजनाको निर्माण शुरु गरेका थिए । गाउनजिकैवाट बगिरहेको खोलाको पानीलाई सदुपयोग गर्दै विजुली निकाल्न गाउंवासी अग्रसर भएपछि आयोजना सम्पन्न गर्न विभिन्न सरकारी तथा गैर सरकारी निकायले पनि गाउंवासीलाई सहयोग गरेका थिए । गाउंमा विजुली वाल्ने रहर वोकेका गाउंवासीलाई आयोजनाको लागि सामाजिक जागरण ल्याउन  सहयोगी हातहरुको समुह सहास नेपालद्धारा धादिङ जिल्लामा संचालित स्थानीय प्रयासमा जिविकोपार्जन सुधार परियोजनाले सहयोग पु¥याएको थियो ।
आयोजना निर्माण शुरु भएको दुई बर्षमा निर्माणका चरण पुरा गर्दै बिजुली उत्पादन गर्न थालेको दरियांलखोला लघु जलबिद्युत्त आयोजना कुल ४८ लाख ५५ हजारको लागतमा सम्पन्न भएको निर्माण समितिका अध्यक्ष बगरवहादुर तामाङले वताउनुभयो ।
अध्यक्ष तामाङका अनुसार आयोजनाको  निर्माण कार्य  सम्पन्न गर्न बैकल्पिक उर्जा प्रवर्धन केन्द्रवाट १२ लाख ५० हजार, गरीवी निवारण कोषको ७ लाख,सहयोगी हातहरुको समुह सहास नेपालवाट ५ लाख, पिडा गाविसको ३ लाख ५० हजार ,स्थानीय समुदायवाट २ लाख र समुदायको जनश्रमदान १८ लाख ५५ हजार खर्च समेत गरी कुल ४८ लाख ५५ हजार खर्च भएकोे हो । आयोजना निर्माण सम्पन्न भएपछि गहुंखोला र आसपासका गरी ८३ घर चेपाङ, १५ घर तामाङ र ८ घर दलित समुदाय लाभान्वित भएका छन ।
स्थानीय प्रयासमा जिविकोपार्जन सुधार परियोजनाको पहलमा यस अघि जिल्लाकै जोगिमारा गाउ विकास समिति वडा नम्वर ५ माङराङमा २.५ किलोवाट क्षमताको माउती खोला लघु जलविद्युत आयोजनाको निर्माणकार्य सम्पन्न भई सञ्चालनमा आएको छ । आयोजना सम्पन्न भएपछि विकटमा रहेको माङराङ गाउंका  चेपाङ, मगर र दलित समुदाय गरी ४० परिवारले नियमित रुपमा लोडसेडिङ मुक्त विजुली वाल्दै आईरहेको सहास नेपालका जिल्ला संयोजक हरिराम लोहनीले बताउनु भयो ।