गोपाल फ्युवाद्वारा लिखित ‘म्हन्दङ’ पुस्तकको विमोचन

1098 पटक पढिएको

प्रकाशित मिति: २०७३, १५ असार बुधबार २१:०३

सम्पादक: धादिङ न्यूज

 

 

 म्हन्तङ संरक्षण सम्बर्धन समाज दार्खा-, कुरीको आयोजनामा  गोपाल फ्युवाद्वारा लिखित ‘म्हन्दङ’ पुस्तकको विमोचनसम्पन्न भएको छ । समाजका अध्यक्ष रामसिङ गुरूङको अध्यक्षतामा भएको कार्यक्रममा बुद्ध र उनको शिक्षाको बारेमा चर्चा गरेका थिए ।

13329899_10208709834999879_901776626_nम्हन्तङ गुम्बाका लामाहरूको सहभागितामा पूजापाठ तथा वाङ कार्यक्रम पनि भएको थियो । कार्यक्रममा लोकसाहित्य अनुसन्धानकर्ता गोपाल फ्युवाद्वारा लिखित म्हन्दङ नामक पुस्तकको विमोचन गरिएको थियो । सो पुस्तक कृष्णबहादुरद्वारा प्रकाशित र म्हन्दङ संरक्षण सम्बर्धन समाजद्वारा व्यवस्थापन गरिएको हो । म्हन्दङमा भएको विषयवस्तुबारे दार्खाको कुरी गाउमा चर्चा परिचर्चा समेत गरिएको थियो । कार्यक्रममा स्थानीय ज्यष्ठ नागरिक तथा लामाहरूलाई सम्मान गरिएका थिए । सास्कृतिक कार्यक्रम समेत भएको सो कार्यक्रममा स्थानीय तान्वा, गान्वा, व्हाइपोम्पो, बुद्धिजीवीहरूको समेत सहभागिता रहेको र भव्यताका साथ सम्पन्न भएको संस्थाका उपाध्यक्ष बिमल तामाङले बताए । म्हन्दङ पुस्तिका पेशाले शिक्षक दार्खा  धादिङका गोपाल फ्युवा हाल सर्लाहीमा कार्यरत हुनुहुन्छ । तर उहाले ल्हप्सङकर्पोको तामाङ समुदायबारे लेख्न छाड्नु भएको छैन ।

13330304_10208709829759748_1744298812_nतामाङ लोकसाहित्यको अध्ययन अनुसन्धानमा रमाउनु हुने वहाले यस पटक म्हन्दङ शीर्षकको पुस्तिका समुदायलाई समर्पन गर्नु भएको छ । म्हन्दङ ल्हप्सङकर्पोको एक ऐतिहासिक स्थल हो । धार्मिक मान्यतामा समेत पुज्य यस स्थल खोजको शुभारम्भ फ्युवाले गर्नु भएको हो । म्हाने दोरामा गुम्बा गन्दा म्हन्दङ पर्नु र झाक्री, लम्बुले सह्रीग्रङ्पको बेला समेत पर्नुले यसको ऐतिहासिकता प्रष्ट हुन्छ । आकर्षक कभर डिजाइन रोशन फ्युबाले गरेका हुन् । त्यसमा चित्राङ्कन इन्द्र तामाङ बारूदले गरेका हुन् । म्हन्दङ संरक्षण संवर्धन समाजले वितरण तथा व्यवस्थापन गरिएको पुस्तकलाई स्थानीय समाजसेवी कृष्णबहादुर गुरूङ (केबि लोप्चन)ले विनाशकारी भूकम्प २०७२ मा परी निधन हुनु भएका आफ्ना पिता ओमबहादुर गुरूङको सम्झनामा प्रकाशन गर्नु भएको हो । पुस्तकको अङ्ग्रेजी सम्पादन मेके फ्युवाले गर्नुभएको हो ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२०७३, १५ असार बुधबार २१:०३ मा प्रकाशित