मलेशिया पुगेका ३३ जना नेपाली पाँच दिनदेखि मलेसिया विमानस्थलमा अलपत्र

677 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ, असार ४(धादिङन्युज )  वैदेशिक रोजगारीका लागि मलेशिया पुगेका ३३ जना नेपाली पाँच दिनदेखि मलेसिया अन्र्तराष्ट्रिय विमानस्थलमा अलपत्र परेका छन् ।images malay

जेठ ३१ गते नेपालबाट मलेशिया उडेका ३३ जना मध्य १९ जना काठमाडौं बालाजुमा रहेको इनोभेटिभ सर्भिसबाट गएका थिए ।

शुक्रबार दिउँसो नेपालबाट मलेसिया उडेका ति सबैलाई शनिवार विहान मात्र मलेसियाको विमानस्थल पुर्‍याईएको थियो । बैंककमा केही बेर रोकिएका कारण शनिबार विहान मलेसिया पुगेका नेपालीहरु मंगलबार विहानसम्म पनि एयरपोर्टमा अलपत्र परेपछि उनिहरुले सहयोगका लागि आफन्तहरुलाई आग्रह गरेका छन ।

म्यानपावर कम्पनीले एयरपोर्ट पुग्नासाथ मलेशियाको कम्पनीले सम्पर्क गर्छ भने पाँच दिनसम्म पनि कसैले सम्पर्क नगरेको अलपत्र परेका धादिङका विराट दुवाडीले जानकारी दिनुभयो । भाषा नजान्दा अलपत्र परेका नेपालीहरुलाई थप समस्या परेको उहाँले बताउनुभयो । उहाँले नेपाल फर्काइदिन आग्रहसमेत गर्नुभएको छ ।

यस्तै पाँच दिन अघि नै अरु म्यानपावरबाट मलेशिया पुगेका १५ जना नेपालीलाई भने मलेशियाको अध्यागमन विभागका प्रहरीले नक्कली भिसा प्रयोग गरेको आरोपमा नियन्त्रणमा राखी छानविन गरिरहेको पनि दुवाडीले वताउनुभयो ।

उनीहरुले म्यानपावरलाई प्रतिव्यक्ति एक लाख ४० हजार रुपैयाँ वुझाएका थिए । इनोभेटिभ कम्पनीका प्रमुख हरि गुरुङ सम्पर्कमा छैनन् भने अर्का एजेण्ट टेक अधिकारीले आफुले इनोभेटिभ मार्फत १९ जनालाई मलेशिया पठाएको स्विकार गर्दै आफु कम्पनीको प्रतिनिधि नभइ मलेसियाका कम्पनीबाट कामदारको लागि भिसा खोजिदिने व्यक्ति भएको वताउनुभयो ।अधिकारीले शनिबार र आइताबार मलेसियामा सार्वजनिक विदा भएकाले रोजगारदाताहरु कामदारको सम्पर्कमा नआएको भएपनि मंगलबार बेलुकासम्म उनिहरुको उद्दार गरिसक्ने जानकारी दिनुभयो ।