शुरु भयो महिला हिंसा विरुद्धको १६ दिने अभियान

1331 पटक पढिएको

प्रकाशित मिति: २०७३, ११ मंसिर शनिबार ०६:३४

सम्पादक: धादिङ न्यूज

15178160_1351849094834930_4124362240796404106_n

महिला हिंसा बिरुद्ध धादिङमा कार्यरत संस्था सहयात्री समाज नेपाल द्धारा जारी प्रेस नोट
सहयात्री समाज नेपाल सदियौं देखि महिलाहरुमाथि भईरहेको हिंसा, विभेद र शोषणका विरुद्ध महिलाहरुमार्फत सामाजिक परिवर्तन र विकास तथा सशक्तिकरणका लागि महिलाहरुद्वारा २०६४ सालमा स्थापना गरिएको एक गैरसरकारी संस्था हो । संस्था दर्ता ऐन २०३४ अन्र्तगत जिल्ला प्रशासन कार्यालय धादिङमा दर्ता भएको यस संस्थाले ग्रामीण समुदायमा महिला अधिकार, महिला माथि हुने हिंसा विरुद्धको अभियान समावेशीकरण, अधिकारमुखि अवधारणा, सामाजिक न्याय, सार्वजनिक सरोकारका विषयमा वहस, पैरवी जस्ता कार्यक्रम संचालन गर्ने कार्यलाई उच्च प्राथमिकता दिदै आएको छ ।
यसै सन्र्दभमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान विश्वभर मनाउन थालिएको २५ वर्ष भैसकेको छ । नोभेम्बर २५ देखि डिसेम्बर १० सम्मको १६ दिनलाई महिलामाथि हुने हिंसा विरुद्धको अन्र्तराष्ट्रिय दिवसको रुपमा विश्वभर मनाउने गरिन्छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको पृष्ठभुमीलाई हेर्दा सन् १९६० मा डोमिनिकन गणतन्त्रको तात्कालिन त्रुजिलो तानाशाही सरकारले मिरावेल परिवारका तीन राजनीतिक कार्यकर्ता दिदीवहिनीलाई निर्मम तरिकाले गरेको हत्यालाई महिलामाथि हुने राजनीतिक हिंसा वा महिला माथि हुने हिंसाको रुपमा लिएर महिलावादिहरुले तिनै ३ दिदिवहिनी पेटिया, मिनर्भा र मारियाको संझनामा विभिन्न कार्यक्रम गर्दै यो दिवस मनाउन शुरु गरेको पाइन्छ । यो १६ दिने अभियान महिलाहिंसा विरुद्ध आवाज उठाउने त्यस्ता साहसी महिलाहरुलई सम्मान गर्ने, उनीहरुको हिंसा विरुद्धको प्रतिरोधलाई ऐक्यवद्धता जनाउने उत्सवका रुपमा लिने थलोको रुपमा समेत विकसित भएको छ ।
यो वर्ष “घर शान्ति नै विश्व शान्तिको आधारः सबैका लागि सुरक्षित शिक्षा” भन्ने अन्र्तराष्टिय नारा का साथ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान संसारभर मनाउन लागिएको छ । महिलामाथि हुने हिंसा मानवअधिकारको हनन् हो अपराध हो भन्ने कुरा अझै सम्म पनि स्थापित हुन सकिरहेको छैन । महिलामाथि हुने हिंसा क्षम्य छैन भनी संसारभरीका महिलाहरुले एकजुट भएर अधिकारका लागि विभिन्न आन्दोलनहरु अघिवढाई रहेका छन् । संसारको इतिहासलाई हेर्ने हो भने धेरै पटक धेरै राष्टमा विभेदका विरुद्ध, भेदभावका विरुद्ध वा राजनीतिक परिर्वतनका निमित्त थुप्रै आन्दोलनहरु भएका छन् । यस्ता आन्दोलनहरुमा सदैव महिलाहरुले नै निर्णायक भुमिका खेलेको सत्य हाम्रा सामु छ । महिलाहरुले गरेको यो योगदानलाई विश्वमा नै कदर हुन सकिरहेको छैन । जसको फलस्वरुपमा महिलाहरुले अझैपनि धेरै देशहरुमा भेदभाव विना, सम्मानित र हिंसामुक्त जीवना बाँच्न पाइरहेका छैनन् । सामाजिक मुल्यमान्यताका नाममा महिला र पुरुषवीच स्थापित शक्ति संवन्धलाई वेवास्ता गर्दै महिलाहरुलाई राज्यको दोस्रो नागरिकका रुपमा व्यवहार गरिरहिएको छ । उनीहरुलाई स्रोत र साधनको पहुँच भन्दा निकै टाढा राखिएको छ ।
यो वर्ष अन्र्तराष्ट्रिय रुपमा नै सबैको लागि सुरक्षित शिक्षाको सवाललाई उठाइएको छ । यो सवाल एकदमै गम्भिर सवालको रुपमा संसारभरी नै रहेको छ । यस भित्र पनि बालिकाहरुको शिक्षा अझै चुनौतिपूर्ण रहेको छ । म्हिला हिंसा विश्वका हरेक कुनामा भईरहेको हुन्छ र यसलाई विश्वव्यापी रुपमा सार्वजनिक स्वास्थ्य,सामाजिक निति र मानव अधिकार जस्तै गरी सम्बोधन गरिन थालिएको छ । विश्वमा ३० प्रतिशत महिलाले आफ्नो जीवन साथीबाट शारीरिक वा लैंगिक हिंसा भोगेका छन् । २७ प्रतिशतले जीवनसाथी बाहेक अरुबाट भोगेका छन् । लगभग १००–१४० मिलियन महिलाहरु प्रजनन् अंग भंग बाट प्रभावित भएका छन भने ४० मिलियन महिलाहरु १८ वर्ष पुग्नु अघि विवाह गर्न बाध्य छन् । ग्क्ष्क् अनुसार २४ मिलियन बालबालिका कहिल्यै कक्षाकोठामा छिर्दैनन् । महिला हिंसा लैंगिक असमानताका कारण जरा गाडेर बसेको छ । अहिले पनि महिलाहरु समाजमा अधिनस्थ अवस्थामा छन् । हाम्रो समाजले नै पुरुषलाई महिलालाई भन्दा धेरै शक्ति दिन सिकाउँछ , बच्चैदेखि हामी हाम्रो समाजले दिएको लैंगिक भुमिका सिक्छौं जसले हामी शिक्षा,रोजाई र स्वायत्ततामा नराम्रो प्रभाव पार्दछ ।
घरमा पनि हाम्रो समाजले महिलाहरुलाई धेर समय घरायसि काममा विताउन बाध्य बनाउँछ । जसले गर्दा शैक्षिक तयारीमा धेरै समय निकाल्न सक्दैनन् । “इअतयदभच मा क्ष्लतभचलबतष्यलब िम्बथ इँ न्ष्च िऋजष्मि को अवसरमा ग्ल्क्ष्ऋभ्ँ ले निकालेको प्रतिवेदन अनुसार ५ देखि १४ वर्षका बालिकाहरु ४० प्रतिशत समय अनुउत्पादक ,घरायसि काममा पानी र दाउरा खोज्दा आफ्नै उमेर समुहका बालबालिकाले भन्दा १६० मिलियन धेरै घण्टा बिताउँछन् । प्रायः बालबालिकालाई १८ वर्ष नपुग्दै विवाहको लागि र दाईजोको लागि विद्यालयबाट निकालिन्छ । विद्यालय जाँदा पनि उनीहरु अपहरण, बलात्कार र उत्पिडनको सिकार हुन्छन् । विद्यालयमा पनि विभिन्न स्तरमा महिलाहरु भेदभाव र हिंसाको सिकार हुन्छन् । पुरुष विद्यार्थी र शिक्षकहरुबाट थिचोमिचोे र यौनिक हिंसाको सिकार हुने गरेको पाइन्छ । महिनावारीको समस्या र अन्य सुविधाहरुको अभावले गर्दा पनि उनीहरु विद्यालय छोड्न बाध्य हुन्छन् । हिंसा बाहेक विभिन्न विषयहरुमा महिला भन्दा पुरुष शक्तिशालि भएको दावी गरिएको हुन्छ जसले भेदभाव अझै बढाउँछ । महिला माथिको भेदभाव समाजमा उनीहरुको समान सहभागिताको अवरोध हो र यसले घर, समाज र विद्यालयको विकासमा पनि प्रभाव पार्दछ । शैक्षिक क्षेत्रमा पनि उनीहरु शिक्षाको पहुँचमा भेदभाव र हिंसा अनुभव गर्छन् र उनीहरुको समाजको अधिनस्त अवस्थालाई झन् बलियो बनाउँछ ।
हाम्रो जिल्लाको कुरा गर्ने हो भने सहयात्री समाज नेपालको तथ्यांकलाई हेर्ने हो भने आर्थिक वर्ष ०७२÷०७३ मा ४४३ घटनाको अभिलेखिकरण गरेको छ । जस मध्ये १३२ घरेलु हिंसा, १११ कुटपिट, ६८ गालीगलौज र दुर्व्यवहार, १६ वटा बलात्कारका घटना रहेका छन् । यसै गरी ४ वटा वलात्कार प्रयास, १२ यौन दुरव्यवहार, २२ वटा नागरिकता संग सम्बन्धित समस्या, ४३ वटा बहुविवाहका घटना रहेका छन् भने १३ वटा घटना आर्थिक प्रलोभनमा पारिएको, ३ वटा मानसिक यातना, ५ वटा बोक्सिको आरोप, ३ मानवबेचविखन र ११ वटा अन्य घटना रहेका छन् । जिल्लामा लैङ्गिक हिंसाबाट प्रभावित भएका पीडितहरु मध्ये २६९ आफ्नो श्रीमान बाटै पिडित भएका छन् भने ५४ जना परिवारका सदस्यबाट, १६ जना मुख्य हेरचाहाकर्ता, ३७ जना छिमेकीबाट, २६ जना आफन्तबाट पीडित भएका छन् । यसै गरी १७ जना गाउँको चिनेको मान्छेबाट , १३ जना साथीबाट र ११ जना नचिनेको मान्छेबाट पीडित भएका छन् । प्रभावितको उमेरलाई हेर्ने हो भने १९ जना १६ वर्ष भन्दा मुनिका बालिकाहरु हिंसाबाट पिडित भएका छन् । भने १६ देखि २५ वर्ष भित्रका १३७ जना किशोरी तथा महिलाहरु हिंसा प्रभावित भईरहेका छन् ।
त्यसैले हाम्रो यो वर्ष सबैलाई अनुरोध छ मौनता तोडौं, बाधा हटाउँ

 १६ दिने महिला हिंसा विरुद्धको अभियान 

शुक्रवार देखि महिला हिंसा विरुद्धको १६ दिने अभियान शुरु भएको छ । हरेक बर्षको अंग्रेजी महिना नोभेम्बर २५ देखि डिसेम्बर १० तारिकसम्म मनाइने महिला हिंसा विरुद्धको अभियानमा यसपटकको नारा भने   ‘घर शान्ति नै विश्व शान्तिको आधारः दिगो विकासका लागि लैङ्गिक हिंसा रहित समाज’ भन्ने रहेको छ । संयुक्त राष्ट्रसङ्घका विभिन्न महासन्धिहरूको पक्षराष्ट्र भएको नेपालमा महिलाहरूको अवस्था भने सन्तोषजनक मान्न सकिने अवस्थामा छैन । यद्यपि महिलासँग सम्बन्धित कानुनी प्रावधान एवम् राजनीतिक सहभागिताको अवस्थामा भने केही सुधार भएको छ । यति हुँदाहुँदै पनि नेपालका महिला बिभिन्न खाले संरचनात्मक एवम् लैङ्गिक हिंसाबाट आक्रान्त हुँदै आएका छन ।
लैङ्गिक हिंसा अन्त्यको प्रयासस्वरुप सन् १९९१ मा सेन्टर फर ओमन्स ग्लोबल लिडरसिपको सहयोगमा २० देशका २३ उत्साहित महिलाको समूहले लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानको सुरुआत गरी विश्वलाई अभियानमा जुट्न आह्वान गरेको थियो । यससँगै शुरु भएको लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान हरेक बर्ष  १६ दिनसम्म चल्दै आउँछन् तर यस्ता अभियान कार्यक्रममा मात्र सीमित बन्ने गरेका उदाहरण महिला हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेकै बेला  हुने गरेका महिला विरुद्धका हिंसाहरुले देखाउँछ ।

अहिले पनि महिला हिंसा बिरुद्धको अभियान चलाउने पूर्व तयारी गरिरहेकै बेला देशकै राजधानीबाट  यूवतिमाथि सामुहिक बलात्कार हुने घटनालाई सामान्य मान्न सकिन्न । बुधवार राति इमाडोलमा प्रेमीसँग हिँडिरहेकी एक युवतीलाई अपहरण गरी कोठामा लगेर सामुहिक बलात्कार  गरेको घटना सार्वजनिक भएको छ ।  यो त देखिएको घटना भएपनि कैयौ घटनाहरु त आपसी मिलोमतोमा सार्वजनिक समेत हँुदैनन् भने कतिपय त समाजबाट हेपिने र कसैले केही भन्लान् कि भनेर घटनालाई रहस्यमै सीमित राखिन्छ ।
नेपाल सरकारको वैधानिक कानून २००४ सालदेखि नेपालको संविधान २०७२ सम्मका संविधानले व्यक्तिको मौलिक हकलाई कानूनीपूर्ण समानतालाई स्वीकार गर्दै कानूनको समान संरक्षकको हकदार बनाई, धर्म, लिङ्ग, वर्ण र जातजातिको आधारमा कुनै किसिमको भेदभाव नगरिने गरी लैङ्गिक समानताको आधारभुत चरित्रलाई सुव्यवस्थित र विशेष व्यवस्था गरी सारभुत समानता र सकारात्मक विवेद गर्न सकिने गरी संरक्षण गरेको छ । तर पनि देशमा पितृ सत्तात्मक व्यवस्थाका कारण सदियौ देखिको लैङ्गिक विभेदको शिकार यथावत नै छ ।

सन् १७८९ को फ्रान्सेली राज्यक्रान्ति पछि विश्वमै लैङ्गिक समानताको मुद्दा उठे पनि लैङ्गिक विभेदको कारण महिलाहरू आजसम्म पनि हिंसा र दुव्र्यवहार  भोग्न बाध्य छन् भलै हिंसाका रुपहरु फरक किन नहोस् ।  छाउपडी, बोक्सीको आरोपमा मलमूत्र खुवाइनेदेखि पछिल्ला दिनहरुमा त बलात्कारका घटनामा बृद्धि भइरहेको छ । आफ्नै बाबुबाट बलात्कृत हुनु, प्रेमीबाट बलात्कृत हुनु, कामबाट फर्कदा फर्कदै बाटैमा सामुहिक बलात्कारको शिकार बन्नु र ज्यान गुमाउनुपर्ने सम्मको अवस्था आउने गरेका छन् ।

महिला हिंसा बढेकै हो ? 

राष्ट्र संघका अनुसार विश्वमा तीनजना महिला मध्ये एक जना मानसिक वा शारीरिक रुपमा कुनै न कुनै बेला हिंसामा पर्ने गरेका छन्  ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को प्रकाशन मानव अधिकार वर्ष पुस्तकका पछिल्ला तीन वर्षको रेकर्ड हेर्ने हो भने महिलाविरुद्ध हिंसाको अवस्था क्रमशः बढ्दो क्रममा देखिन्छ । वर्ष पुस्तक २०१२ मा कूल ६ सय ४८ महिला हिंसाका घटनाहरु अभिलेख भएकोमा २०१३ मा ८ सय ९९ रहेको थियो भने २०१३ मा यो संख्या बढेर २ हजार ३ सय ४४ पुगेको देखिन्छ ।
त्यस्तै ओरेक नेपालको प्रकाशन महिला हिंसासम्बन्धी वर्ष पुस्तक अन्वेषीको पछिल्लो तीन वर्षको तथ्यांकले पनि महिलाविरुद्ध हुने हिंसाको निरन्तर भइरहेको बृद्धि देखाउँछ । अन्वेषी २०१२ मा कूल १ हजार ५ सय ८१ महिलाविरुद्ध हिंसाका घटना रहेकोमा २०१३ मा १ हजार ७ सय ३ रहेको थियो भने २०१४ मा यो संख्या निकै बढेर ३ हजार ३ सय ५० पुगेको देखिन्छ ।

महिलाहिँसाको  कारणको रुपमा बढ्दै छ सम्बन्ध विच्छेद 

पछिल्लो समयमा सम्बन्ध विच्छेदका घटनाहरुमा बृद्धि भइरहेका छन् । सम्बन्ध विच्छेदले पारिवारिक विखण्डन बढेको चर्चा चलिरहे पनि सम्बन्ध विच्छेद बढ्नुका पछाडि महिलाविरुद्ध हुने हिंसा पनि कारक तत्वको रुपमा रहेको कुरामा धेरैको ध्यान पुग्न सकेको देखिँदैन ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२०७३, ११ मंसिर शनिबार ०६:३४ मा प्रकाशित