आज वर्षकै लामो दिन

793 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाडौं, असार ७ – आज २१ जुन । सामान्यतः आजको दिन पृथ्वीमा दक्षिणी गोलाद्र्धमा दिन छोटो र उत्तरी गोलाद्र्धमा दिन लामो हुने गर्छ ।

नेपालमा सूर्योदय र सूर्यास्तकोबीचको समय अनुसार आजको दिन झण्डै १४ घण्टाको हुनेछ । भोलिदेखि दिन छोटो र रात लामो हुनेछ ।

आजदेखि औपचारिक रुपमा गर्मी शुरु भएको मानिन्छ । सूर्यलाई परिक्रमा गर्ने क्रममा आफ्नो अक्षमा पृथ्वीको ढल्काईका आधारमा सूर्यको प्रकाश धेरै समय पर्ने भएकाले सामान्यतयाः २१ जुनमा दिन लामो हुन्छ । अन्तर्राष्ट्रिय समय अनुसार लामो दिन जुन २०, २१ या २२ तारिख मध्य कुनै एक दिन पर्छ ।

यो वर्ष अधिकवर्ष परेकाले लामो दिन एक दिन अगाडी सरेको नेपाल खगोलीय समाजका सचिव सुरेश भट्टराइले बताउनुभयो ।

सूर्यको प्रकाश बढी समय पर्ने भएपनि आजको दिन बढी गर्मी भने नहुने उहाँको भनाइ छ । डिसेम्बर २१ तारिखमा भने सूर्यको प्रकाश पृथ्वीमा कम पर्ने भएकाले दिन सबैभन्दा छोटो र रात लामो हुने उज्यालो अनलाइनले आफ्नो खबरमा लेखेको छ ।