किशोरीलाई सामुहिक बलात्कार गर्नेलाई हिरासतमा राखेर अनुसन्धान गरिने

667 पटक पढिएको

सम्पादक: Dhadingnews.com

हेटौंडा, १२ असार(धादिङन्युज ) । हेटौँडाको नारायणी होटेल  एण्ड लजमा एक किशोरीलाई सामुहिक बलात्कार गरेको अभियोगमा पक्राउ परेकाहरुलाई जिल्ला अदालत मकवानपुरले हिरासतमा राखेर अनुसन्धान गर्नका लागि १० दिन म्याद थप गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार प्रारम्भिक चरणको अनुसन्धानमा पिडित युवतीकै आफ्नै भाई नाता पर्नेकै संलग्नतामा घटना भएको हो । पीडित युवतीको जाहेरीका आधारमा सामुहिक बलात्कारमा संलग्न भएका आरोपित युवाहरुलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । एक किशोरीमाथि ७ जनाले बलात्कार गरेको र अर्का एक किशोरी भने अभियुक्तहरुको फन्दाबाट मध्य रातमा उम्किएर  प्रहरीको शरणमा पुगेको जनाइएको छ । प्रहरीले हेटौँडा ४ का २५ बर्षिय सुयस ढकाल, हेटौँडा ५ का २२ वर्षिय लक्ष्मण खत्री, चित्लाङ ९ का २५ वर्षिय श्रीहरी अर्याल, भिमफेदी ६ का १७ वर्षिय विकास लामा र भारतको पश्चिम चम्पारण घर भई हाल हेटौँडामा बस्ने २४ वर्षिय गोपी सर्राफ, आमभञ्जयाङ ७ का होमबहादुर स्याङतान, पदमपोखरी  ५ का जिवन लामा र हटिया ३ राजदेवीका बरुण चौँलागाई पक्राउ परेका हुन् । घटनाको भत्सना गर्दै मकवानपुरका महिलाका क्षेत्रमा कार्यरत संघसंस्थाका प्रतिनिधिहरुले दोषीलाई कडा कारवाहीको माग गरेका छन् ।