नेपाल र चीनबीच महत्वपूर्ण तीनवटा सम्झौतामा हस्ताक्षर

674 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाण्डौ, १२ असार(धादिङन्युज ) । नेपाल र चीनबीच मंगलबार महत्वपूर्ण तीनवटा सम्झौतामा हस्ताक्षर भएको छ ।चिनियाँ स्टेट काउन्सिलर याङ जेइचीको उपस्थितिमा मंगलबार नेपाल र चिनियाँ अधिकारीबीच दुईपक्षीय आर्थिक साझेदारी, चुनावमा चीन सरकारले गर्ने प्राविधिक सहयोग र सशस्त्र प्रहरी एकेडेमी निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । चीनले संविधानसभा चुनाव र प्रहरी एकेडेमीका लागि करिव चार अर्ब सहयोग गर्न लागेको हो । अर्थमन्त्रालयका सचिव शान्तराज सुवेदी र चिनियाँ वाणिज्य मन्त्रालयका उपमन्त्री जियान जेङवेले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।
त्यसअघि याङ जिइचीले मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीसँग सिंहदरबारमा भेटवार्ता  गर्नुभएको थियो । उहाँहरू दुई देशबीचको सम्बन्ध र चीनले नेपाललाई विभिन्न क्षेत्रमा गर्दै आएको सहयोगबारे छलफल भएको थियो । चिनियाँ स्टेट काउन्सिलर याङको यो भ्रमणले नेपाल र चीनबीचको सम्बन्ध अरू प्रगाढ भएको परराष्ट्र मन्त्रालयले मंगलवार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।