राम्रा सामुदायिक विद्यालयः अवलोकन र अनुभूति

740 पटक पढिएको

प्रकाशित मिति: २०७०, २० असार बिहीबार २२:१४

सम्पादक: Dhadingnews.com

 

 

 

हरि खनाल

देशैभरि प्रवेशिका परीक्षाको कमजोर नतिजालाई लिएर बहस हुने गर्दछ एउटा मौसममा । यस्तो मौसम जुनबेला प्रवेशिका परीक्षाको नतिजा सार्वजनिक हुने गर्दछ । यसैलाई आधार मानेर कतिपय आलोचकहरु सामुदायिक विद्यालयहरु समाप्त प्रायको अवस्थामा रहेको बताइरहेका छन् भने कतिपय विश्लेषकहरुले सामुदायिक विद्यालयको सेवा र प्रक्रिया हेरेर मूल्याङ्कन गर्नुपर्ने तर्क गरेका छन् । जे होस् हरेक वर्षमा एकपटक शिक्षाविद्रहरुले समेतले शिक्षाको चिन्ता गर्दछन् ।
एस.एल.सी. मात्र शैँिक्षक गुणात्मकताको सूचक अवश्य होइन । सिकाइ अङ्क ल्याउने कार्यको लागि मात्र होइन सिकाइ जीवनको लागि आवश्यक ज्ञान हासिल गर्नु र सीप सिक्नु हो । अङ्क सिकाइलाई नियमित बनाउने प्रक्रिया मात्र हो भन्ने लाग्दछ । एउटा सत्य कुरा के हो जीवनपयोगी सीपको अङ्कसँग गहिरो सम्बन्ध रहन्छ यदी सिकाइ क्रियाकलाप व्यावहारिक छ र मूल्याङ्कन पनि तदअनुकूल छ भने । यसपटक राम्रा विद्यालयहरु कहाँ छन् र कस्ता छन् भनेर खोज्ने कार्यमा सहभागी हुन पाइयो । विद्यालय खोज्ने क्रममा झापा देखि कञ्चपुरसम्म पुगियो । ती विद्यालयहरुको अवस्था देखेर लाग्यो हामीकहाँ मेहनत गर्ने सामुदायिक विद्यालयहरु छन् । दिनरात अरु कुरा नभनेर सिकाइ नै सर्वस्व ठान्ने शिक्षकहरु र प्रधानाध्यापकहरु पनि रहेछन् । धेरैले एउटा कुराको जानकारी छ , सरकारी कलेजहरु विशेषतः इञ्जिनियरिङ र महाराज गञ्जमा भर्ना नपाएपछिमात्रै धेरै विद्यार्थीहरु अन्य प्राइभेट प्राविधिक क्याम्पस खोज्छन तर सरकारी विद्यालय नपाएर निजी विद्यालयमा जाने अवस्था छ भनेर पत्याउन धेरैलाई गाह्रो पर्दछ । तर यस्तो सत्य कुरा देखियो यसपटकको भ्रमणमा । यो कुरा मेरो जिल्लामा किन नसुनाउँ भनेरमात्र यसमा छोटो गन्थन लेखिएको हो ।
हिमालय उच्च मा.वि. दमक झापाभित्र पस्दा कुनै ठूले धनाढ्यले खोलेको स्कुल वा कलेजजस्तो लाग्छ । शिक्षकको अनुशासन र विद्याथीको अनुशासन हेर्दा ठूलै शक्ति भएको अधिनायकवादी प्रिन्सिपलले चलाएको निजी विद्यालय हो कि भन्ने आशङ्का उब्जिन्छ तर जब भित्र पसेर स्थितिको अवलोकन गरिन्छ तब थाहा लाग्छ त्यो त सामुदायिक विद्यालय हो जहाँ प्रधानाध्यापक छन् सरकारी अनुदान पाउने । विद्यालयको गेट र वरपरका पूmलहरु निष्फिक्री फुलिरहेका छन् जसलाई केटाकेटीहरु हेर्छन् मात्र चिम्टने , कुल्चने प्रयास गर्दैनन् । एक टुक्रा कागज पनि विद्यार्थीहरु ठूलो गोल घेरामा बनाइएको सिमेण्टको डस्टविनमा लगेर फाल्छन् । यी सबै कार्य विद्यार्थीहरु स्वतःस्फुर्त गरिरहेका छन् । यहाँ कुनै लाठी नाच हुँदैन विद्यार्थी तह लगाउन । कक्षाकोठाहरुमा पचास साठीको हाराहारीमा विद्यार्थी छन् कतिपय कक्षामा त ह्याण्डमाइक नै प्रयोग गर्नुपर्छ र पनि कम्प्युटर र मल्टीमेडियाबाटसमेत कक्षा सञ्चालन हुन्छ । केटाकेटीहरुको खाजा खाने समय निश्चित छ । साना कक्षाका बालबालिकाहरुका ला िअभिभावकहरु खाजा बोकेर आउँछन् र घरमै खुवाए भैंm सामुन्नेमा बसेर खुवाउँछन् । ठूला र व्यस्त अभिभावकका बालबालिकाहरुका लागि खाजा बेच्न पसलेहरु छिर्छन् अपरान्ह एक बजेपछि । उनीहरुले ल्याउने खाजा तयारी तथा जङ्क प्रकारका छैनन् भएमा इको क्लबले समात्छ । खाजा खाइसकेपछि पनि स्कुल पहिलेजस्तै सफा हुन्छ र कक्षा चल्छ निर्वाध रुपमा ।
स्कुलभित्र राजनीतिक कुराकानी निषेध गरेका छन् शिक्षकहरुले । विद्यालय व्यवस्थापन समिति पनि सर्वसम्मत ढङ्गले गठन भएको छ र त्यसै प्रकारको आचारसंहितामा बाँधेका छन् आपूmहरुलाई । आश्चर्य मान्नुपर्छ, कुनै पनि दलले वा समूहले गरेको हड्ताल वा बन्दमा त्यो विद्यालय खुला हुन्छ । विद्यार्थी र शिक्षकहरु साइकल चढेर विद्यालयमा आउँछन् । यस विद्यालयमा भर्ना पाउन ठूलै दवाव दिँदा पनि नसकेकोले केही स्थानीयहरु दुखी भेटिए भने विद्यालयले चाहना राख्ने सबै विद्यार्थीहरुलाई भर्ना गर्न नपाएकोमा दुख माने त्यहाँका प्रधानाध्यापक श्री विदुुर खतिवडाले । यस वर्ष ५६.२ प्रतिशतमात्र विद्यार्थी प्रवेशिका परीक्षामा उत्तीर्ण हुनुलाई उनले आश्चर्य मानेका छैनन् । “हामीले जगैदेखि विद्यार्थी तयार पारेर अब कक्षा ८ सम्म ल्याइपु¥याएको छौं । जब तिनीहरु दश कक्षामा पुग्छन् त्यसबेलादेखि हामीले प्रवेशिका परीक्षामात्र होइन त्यो भन्दा माथिल्ला कक्षाका परीक्षामा पनि चिन्ता गर्न छोड्ने छौं ”प्रधानाध्यापकले दावी गर्छन् ।
यस्तै राम्रो विद्यालय भेटियो कास्की, पोखरामा । श्री बालमन्दिर उच्च माध्यमिक विद्यालय । यहाँ अध्ययन गर्नै विप्लव ढकालले हालसालैको प्रवेशिका परीक्षामा यहाँबाट परीक्षा दिने विद्यार्थी विकल्प ढकालले ९१.८७ प्तिशत ल्याएका रहेछन् । यहाँ पनि झापाको हिमालयमाजस्तै अवस्था आइलागे छ । विद्यार्थी धेरै भर्ना हुन चाहे तर विद्यालयले सकेन । एस.एल.सी. परीक्षामा कहिलै ७० प्रतिशतबाट तल नझरेको यस विद्यालयमा यस वर्ष.९६.६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका रहेछन् । देशैभरि प्रवेशिकापरीक्षाको परिणाम कम भइरहेको सन्दर्भमा यस विद्यालयको यो अत्युत्तम परीक्षाफललाई सलाम गर्नै पर्छ । “निश्चित रुपमा परीक्षाका लागि मेहनत गर्नुपर्छ तर रटेरमात्र होइन बुझेर पढेरमात्र सकिन्छ ।” भर्खर समुत्तीर्ण भएर गएका विद्यार्थीहरुको दावी छ ।  शिक्षक र विद्यार्थीहरु एकसाथ विद्यालयमा खाजा खान्छन् , शिक्षक र विद्यार्थी , प्रधानाध्यापक र शिक्षकबीच कुनै भेदभाव छैन । विद्यालयमा अतिरिक्त क्रियकलापका युनिटहरु छन् जसले निर्वाध रुपमा छुट्याइएको समयमा अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दछन् । निजी विद्यालयमा पढेको आप्mनो बच्चा निकै लाटो भएको अनुभव गरेका सेनाका एकजना पूर्व सिपाहीले यसपटक आफ्नो नानी त्यहीँ भर्ना गरेका रहेछन् । उनी भन्दै थिए पढ्नु भनेको लाटो हुनु त होइन नि । यहाँ आएपछि मेरो नानी धेरै कुरामा बाठो बन्न थालेको छ । प्रधानाध्यापक श्री सुशिल बस्नेत शिक्षकको एकता र विश्वास र साहसको प्रतीक देखिन्छन् ।
सरस्वती नमुना उच्च मावि, गेटा कैलाली प्रवेशिका परीक्षामा ५४ प्रतिशतको हाराहारीमा मात्र छ तर पनि त्यहाँ विद्यार्थीको चाप थेगी नसक्नु छ । विद्यालय व्यवस्थापन समितिको नेतृत्व महिला श्रीमती नर्मदा भट्टले गरेकी छिन् । विद्यालयको एउटा बस र टेम्पुले विहान पाँचबजेदेखि विद्यार्थी ओसार्छ । शिक्षक संघको केन्द्रीय उपाध्याक्ष भइसकेको प्रधानाध्यापक जोशी राजनीतिले शिक्षालाई हस्तक्षेप गर्न थालेको अनुभूति गरेपछि अध्यक्ष बन्ने लाइनसमेत त्यागेर नितान्त विद्यालयको मात्र हुन थालेको अनुभव सुनाउँछन् । आपूmहरु परीक्षामुखी पढाइ नगरेको बताउने उनी विद्यार्थीहरुको चौतर्फी विकासमा ज्यादा समय खर्चेको अनुभव सुनाउँछन् । विद्यालयको भ्रमण गरिरहँदा केही पूर्व विद्यार्थीहरु पनि भेटिएका थिए । उनीहरुलै त्यस विद्यालयलाई गौरवको रुपमा लिँदा रहेछन् ।
श्री बंगलामुखी राधाकृष्ण थारु उच्च मावि, गुलरिया बर्दिया त्यस्तै अर्को विद्यालयमा पर्दछ । जसमा यस वर्ष  ४ जनाले यसै विद्यालयबाट विशिष्ट श्रेणीमा प्रवेशिका परीक्षा उत्तीर्ण गरे । ६२.५ प्रतिशत त्यस विद्यालयको यस वर्षको  नतिजा थियो । गत वर्षको तुलनामा केही प्रतिशत परिणाम घटी आए पनि गुणात्मक रुपमा पछि नपरेको अनुभूति प्रधानाध्यापक भेजेन्द्र थापा र अन्य शिक्षकहरुमा रहेको छ । बालबालिकाहरुको अतिरिक्त क्रियाकलाप, पुस्तकालयको उपयोग, सन्दर्भ सामग्रीको प्रयोग आदि पक्षमा जोड दिने भएता पनि अत्यधिक विद्यार्थी संख्याको कारण कठिनाइ बेहोरिरहेको उक्त विद्यालयको परीक्षाको नतिजा मध्यपश्चिम क्षेत्रकै (सामुदायिक विद्यालयअन्तर्गत )उच्च भित्र पर्दछ । अठार बीसजनालाई प्रवेशिका परीक्षा दिन लगाएर १०० प्रतिशत नतिजा हासिल गर्नु भन्दा डेढ दुई सयलाई सहभागी गराएर ६० प्रतिशत ल्याउनु ठूलो कुरा हो बर्दियाका जिल्ला शिक्षा अधिकारी दिनेश श्रेष्ठले तर्क गरेका थिए ।
यी सबै विद्यालयहरुको उच्च गतिशिलता हेरिरहँदा आप्mनै जिल्लाको महादेवी वेसीस्थित जनजागृति माध्यमिक विद्यालयको अवस्था मश्तिष्कमा सलबलाइरह्यो । नेत्रावतीमा छापिएको थियो मजदुरका बालबालिकाहरु पढ्ने विद्यालय धादिङकै उत्कृष्ट सामुदायिक विद्यालय । केही महिना पहिले अर्थात बैशाखतिर त्यहाँ पुग्दा शिक्षक , प्रधानाध्यापकको सक्रियता, विद्यालय व्यवस्थापन समितिको सक्रियता र त्यसमा पनि राजेन्द्र रुपाखेतीजीको विद्यालयकै बारेमा गरिएको चिन्तन र कार्य देखेर म ज्यादै प्रभावित भएको थिएँ ।

कस्ता विद्यालय राम्रो देखिए ?
राम्रा मानिएका विद्यालयहरु सबैमा एउटै साझा विशेषता देखियो त्यो हो निजी स्रोतका शिक्षकको संख्या धेरै । अर्थात जहाँ निजी स्रोतमा अध्यापन गर्ने धेरै छन् त्यो विद्यालय । दोस्रो, जहाँ राजनीतिलाई प्रवेश निषेध गरिएको छ । तेस्रो, जहाँ शिक्षक छनौट गर्न आवेदन गर्दा जो पायो त्यही निवेदन दिन पनि डराउँछन् उल्टै विद्यालयले खोज्नुपर्छ । चौथो, जहाँको विद्यालय व्यवस्थापन समिति दिन रात विद्यालयकै चिन्ता गर्दछ । पाँचौं, जहाँ प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिको आचरण (आर्थिक, नैतिक, सामाजिक आदि) मा प्रश्न उठेको छैन अर्थात सबैले पत्याउँछन् । छैठौं, जहाँ विद्यालय समुदायिक जागरणको स्थलको रुपमा नेतृत्व गरिरहेको छ । सातौं, जहाँ विद्यार्थी र शिक्षकबीच कुनै दूरी छैन (बालमैत्री वातावरण) । आठौं, जहाँ शिक्षकको मनोवल उकास्न विद्यालय प्रशासन र विद्यालय व्यवस्थापन समिति सचेत छ । नवौं, जहाँ पाठ्पुस्तकमुखीमात्र पढाइ होइन जीवनपयोगी सीपमा पनि जोड दिइएको छ र दशौं, जहाँ स्रोतकेन्द्र र जिल्लाको प्राज्ञिक सहयोग पनि धेरथोरैमात्रामा पुगेको छ ।
यस्ता विद्यालयहरु हेरिरहँदा सामुदायिक विद्यालयप्रतिको सम्मान र आस्था पनि बढेको छ । आपूmले काम गर्ने संस्थालाई राम्रो बनाएर  गरिने गौरव अनुभूति राजनीति र अन्य शक्तिका आडमा देखाइने दम्भ भन्दा धेरै माथि हो कि भन्ने मेरो बुझाइ छ ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२०७०, २० असार बिहीबार २२:१४ मा प्रकाशित