पढदै पढाउंदै किशोर किशोरी
576 पटक पढिएको
धादिङ / केहि बर्ष अघि सम्म स्वास्थ्य बिषयको पढाई हुंदा अधिकांश छात्राहरु यौन तथा शारीरिक विकासक्रमको पाठ पढाई हुने समयमा कक्षा कोठा वाट बाहिरिने गदर्थे । हिजो आज बिद्यार्थीहरु यौन तथा शारीरिक बिकासक्रमका वारेमा पढाई हुंदा कक्षा कोठा बाट बाहिरिने होइन उनिहरु आंफै यस बिषयमा खुलेर कुराकानी गर्नुका साथै आफ्नो उमेर समुहका साथीहरुसंग मिलेर अरुलाई समेत किशोर अवस्थामा देखिने परिवर्तनहरुका वारेमा पढ्दै र पढाउंदै गर्न थालेका छन ।
किशोर अवस्थाको बेलामा केटा केटीहरुमा हुने प्रमुख शारीरिक परिवर्तनका वारेमा जानकारी आदान प्रदान गरि उनिहरुमा आउन सक्ने समस्याको समाधान गर्न धादिङ जिल्ला स्वास्थ्य कार्यालयले जिल्लाको १० वटा बिद्यालयमा परिक्षणका रुपमा साथी शिक्षा कार्यक्रम सञ्चालनमा ल्याएको छ । स्थानीय स्वास्थ्य चौकीसंग समन्वय गरि सञ्चालनमा ल्याईएको साथी शिक्षा कार्यक्रममा साथी शिक्षकको भूमिका बिद्यार्थीहरु स्वयंले निर्वाह गर्ने गरेका छन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चालु आर्थिक बर्षका लागि तय गरेको बार्षिक कार्यक्रमको आधारमा जिल्ला स्वास्थ्य कार्यालय धादिङले जिल्लाको नौविसे,थांक्रे,जिवनपुर,मैदी,सुनौलावजार,वेनिघाट,गजुरी,सल्यानटार,
बुढाथुम र गजुरी गाविसमा रहेको स्वास्थ्य चौकीमा किशोर किशोरी सूचना केन्द्र स्थापना गरि सोही केन्द्र मार्फत नजिकैको माध्यमिक बिद्यालयमा साथी शिक्षा कार्यक्रम शुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालय धादिङका परिवार नियोजन सुपरभाइजर अधिकृत मच्छिन्द्रनाथ न्यौपानेले बताए । बिश्वका विकसित देशहरुमा किशोर किशोरीलाई लक्षित गरेर बिद्यालय तहदेखिनै यौन तथा प्रजनन स्वास्थ्य सम्वन्धि शिक्षा लागु गर्ने गरिए पनि हाम्रो देशमा अझैपनि यौन तथा प्रजनन स्वास्थ्य सम्वन्धि आधारभुत बिषयलाई पाठ्यक्रममा राख्न नसकिएको अवस्थामा किशोर किशोरीहरु स्वयं आफ्नो वारेमा खुलेर सकारात्मक छलफल गर्नु निकै राम्रो सवाल भएको न्यौपाने बताउंछन ।
‘शारीरिक स्वरुप भनेकोे कुनै पनि व्यक्तिको आफ्नै शरीर र त्यसको बनावटप्रतिको धारणा वा भावनाहरु नै हो । शारीरिक स्वरुपप्रति सकारात्मक हुनु स्वस्थ विकासको लागि जरुरी छ । आफ्नै शरीरप्रति नकारात्मक धारणा भएमा आत्मसम्मान र आत्मविश्वासमा कमी हुनुका साथै तथा हीनताबोध समेत हुने भएकाले किशोर किशोरीलाई यसवाट जोगाउन पनि बिद्यालय तहको साथी शिक्षक कार्यक्रम निकै प्रभावकारी देखिएको पशुपती मावि साङकोषका प्रधानाध्यपक मोहनबहादुर कंडेलको भनाई छ । पशुपती माविले पनि साथी शिक्षा कार्यक्रम सञ्चालन गरिरहेको र कार्यक्रम सञ्चालन भएपछि किशोरकिशोरीहरुमा आफ्नो शरीरप्रति सकारात्मक धारणाको विकास हुनुका साथै सकारात्मक व्यक्तित्व विकासमा मद्धत पुगेको कंडेलले बताए ।
परिक्षणका रुपमा शुरु गरिएको साथी शिक्षा कार्यक्रम सञ्चालनका लागि जिल्ला स्वास्थ्य कार्यालयले छनौटमा परेको बिद्यालयका स्वास्थ्य बिषयका शिक्षक , बिद्यालयमा गठन गरिने किशोर किशोरी समुहका दुई जना बिद्यार्थी र नजिकैको स्वास्थ्य संस्थाका एक जना स्वास्थ्यकर्मिलाई आधारभूत तालिम दिएर श्रोत व्यक्तिको रपमा तयार गरेको बताईएको छ । किशोरावस्था भनेको कुनै व्यक्ति बाल्यकालबाट वयष्क हुने परिवर्तनशील अवस्था भएकोले यस बेलामा किशोर तथा किशोरीहरुको प्रजनन, मानसिक, बौद्धिक आथिर्क तथा अन्य क्षेत्रमा विकास हुंदै उनिहरुमा परिपक्वता देखिने भएकाले बिद्यालय तहमा यस वारेमा जानकारी दिंदा बढि प्रभावकारी हुने देखेर परिक्षणका रुपमा साथी शिक्षा कार्यक्रम शुरु गरिएको पनि न्यौपाने बताउंछन । किशोर किशोरी भन्नाले सामान्यतया १० वर्ष उमेरदेखि १९ वर्ष सम्मको उमेर समूह पर्ने र यतिवेला उनिहरुमा यौनसम्बन्धी परिवर्तन एकदमै छिटो छिटो हुने भएकाले पनि किशोर किशोरीलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गर्नुपरेको जिल्ला स्वास्थ्य कार्यालय धादिङका बरिष्ठ जनस्वास्थ्य प्रशासक मोहम्मद दाउद बताउंछन ।
किशोर किशोरीको यौनिकतासम्बन्धी अधिकार स्थापित गर्न कार्यक्रमले टेवा पु¥याएको दाउदको भनाई छ । किशोरकिशोरीमा उमेरअनुसार हुने शारीरिक एवम्् मानसिक परिवर्तन सुरुमा हुने महिनावारी, स्तनको आकार बढ्ने, स्तनको समस्या, तल्लो पेट दुख्ने, महिनावारी नियमित नहुने, यौन जिज्ञासा, गर्भधारण गर्ने उमेर यौनका बारेमा हुने गलत धारणाको निराकरण, परिवार नियोजनका साधनको प्रयोग जस्ता यौन तथा प्रजननसम्बन्धी आधारभूत जानकारी समुदायमा लैजानका लागि यस्ता खाले कार्यक्रम सवै माध्यमिक विद्यालयमा हुनुपर्ने ज्योती उच्च मावि केवलपुरका साथी शिक्षक देवकी पोखरेल बताउंंिछन ।
धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।
२०७०, २० असार बिहीबार २२:३९ मा प्रकाशित