धादिङमा अल्पाइन बधशालाले आधुनिक प्रविधिबाट मासु काट्न शुरु

630 पटक पढिएको

सम्पादक: Dhadingnews.com

राजेन्द्र बस्नेत-

धादिङ/उपत्यकामा मासुको माग बढेपनि स्वस्थ, सुरक्षित मासु उपभोक्ताले खान नपाएको गुनासो आईरहेका वेला धादिङमा अल्पाइन बधशालाले आधुनिक प्रविधिबाट मासु काट्न शुरु गरेको छ । काठमाडौ उपत्यकामा दैनिक १ हजार khasi६ सयदेखि १ हजार ८ सयसम्म खसीबोका बध हुने भएपनि व्यवस्थित बधशाला नहुँदा सुरक्षित मासु खाने अधिकारबाट वञ्चित उपत्यकावासीलाई लक्षित गरि अल्पाइन लाइभस्टक एण्ड वायो ट्रेड प्रा.लि.ले नेपालमै पहिलो पटक आधुनिक बधशालामा फ्रोजन मासु काट्न शुरु गरिएको कम्पनी सञ्चालक गोविन्द भट्टराईले बताए ।

पशु चिकित्सकको सिफारिसमा खसीबोका खरिद र बध गरिने भएकाले पूर्णरुपमा स्वस्थ मासु विक्रीका लागि वजारमा ल्याउएको सञ्चालक भट्टराईको दावी छ । दैनिक ३ सय खसीबोका बध गर्ने क्षमता रहेको बधशालामा अधिकांश काम मेसिनले गर्ने भएकाले उद्योगमा कम जनशक्ती भए पुग्ने छ ।

मासु ढुवानी गर्न रेफ्रिजेनेटर जडित १ वटा गाडी ल्याई सकेको छ । केही सातामा मासु ढुवानी गर्न  रेफ्रिजेनेटर जडित र घाँस बोक्न १ वटा गाडी ल्याउने कम्पनीले जनाएको छ । खसीबोका स्वास्थ्य परिक्षण, रेखदख, ढुवानी, मासु उत्पादन गर्ने मेसिनमा चलाउन, मासु ढुवानी र विक्री केन्द्रमा समेत काम गर्न करिव ५० जनाले रोजगारी पाउने  समेत कम्पनीले जनाएको छ ।

‘सबैका लागि सुरक्षित खाद्य र हामी सबै सुरक्षित खाद्यका लागि’ नेपाल सरकारको नाराका साथ यूवा उद्यमीहरुद्वारा काठमाडौ उपत्यकालाई लक्षित गरी सञ्चालन गरिएको अल्पाइन बधशाला धादिङ जिल्लाको भुमेस्थान गाविस वडा ८ खेस्टे खोलामा सञ्चालित छ ।